‘अरे बाबा मैले बुझेको छु, तपाईले पनि बुझ्नु जरुरी छ’
अरे बाबा मैले बुझेको छु ।
तपाईले पनि बुझ्नु जरुरी छ।
मैले के बुझेको छु थाह छ ?
मैले हाम्रो थारु समाजको रितितिथी रहस्य चालचलन बोली
भाव स्वभाव कलासंस्कृति संस्कार रितिरिवाज धर्म बुझेको छु ।
अरे बाबा मैले बुझेको छु ।
तपाईले पनि बुझ्नु जरुरी छ ।
मैले के बुझेको छु थाहा छ ?
मैले हाम्रो थारु समाजको एकता कहिले हुदैनन् भन्ने कुरा
बुझेको छु । किन कि नामको लागि मर्ने काम को लागि सधै
पछि हट्ने आफैमा वादबिवाद गर्ने राम्रो संग बुझेको छु ।
अरे बाबा मैले बुझेको छु ।
तपाईले पनि बुझ्नु जरुरी छ ।
मैले के बुझेको छु थाह छ ?
मैले आम थारुजातिको परिवेश बुझेको छु, आम थारु जातिले एकता हौं केही समाजका लागि सहकार्य गरि अधिबढौं भन्ने कुरामा जोडदिएका छन तर सर्वसहमतीमै कमि देखिएको छु।
अरे बाबा मैले बुझेको छु ।
तपाईले पनि बुझ्नु जरुरी छ ।
मैले के बुझेको छु थाह छ ?
मैले आम थारु नेताकार्यकर्तालाई एकताको मुल खाँचो छ
भनेर आलोचना गरेको छु, कतिले सम्मान गरे कतिले बदनाम गरे तर म आफ्नो सिद्धान्तमा अटल भएरै चेतना गराएको छु ।
अरे बाबा मैले बुझेको छु ।
तपाईले पनि बुझ्नु जरुरी छ ।
मैले के बुझेको छु थाह छ ?
मैले मोरङ सुनसरीका केही थारु युवायुवतीहरुलाई मार्मिक
सान्दर्भिक साहित्य लेखरचना लेखेर बोलेर आँखा खोलेको छु
थारुहरु एकजुट भएर समाजकालागि केही गरौंला भन्ने नाराको
साथ बाटो खोलेको छु त्यही बाटोमा हिड्ने साहस गरेको छु,।
अरे बाबा मैले बुझेको छु ।
तपाईले पनि बुझ्नु जरुरी छ ।
मैले के बुझेको छु थाह छ ?
थारु एकता न भए कहाँ सकिन्छ हामी केही गर्न,
एकता कै बल ले हामी चाहे जे पनी सकिन्छ गर्न,
एकता के हो दिनुपर्छ एउटा हात को उदाहरण,
एकता भए मात्र भइन्छ सुन्दर समाजको वातावरण,
थारु युवा साहित्यकार सुरेश चौधरी ग्रामथान १ खुनियाँकटा













