मतको महत्व, सत्य र सुझाव
यतिबेला प्रतिनीधि सभा र प्रदेश सभाको सँगै चुनाव हुँदैछ । दलले प्रतिनीधि सभाको लागि १ र प्रदेश सभाकालागि २ जना उम्मेदवार हरेक क्षेत्रबाट उठाएका छन् । कुन क्षेत्रमा कुन कुन दलकाको को उम्मेदवार छन् ? दिमागमा राख्न प्रायःलाई गार्हो छ । लिष्ट नलिएर अच्छा खासा मान्छेलाई पनि जिल्लाको सबै क्षेत्रका उम्मेदवारहरुको नाम भन्न गार्हो छ ।
बामपन्थी गठबन्धन, लोकतान्त्रिक गठबन्धन, संघीय समाजबादी, राजपा, बिबेकशील साझा पार्टी, नयाँशक्ति, राप्रपा, जनमुक्ति पार्टी धेरै दलले उम्मेदवारी दिएका छन् । गठबन्धन बिना पनि उम्मेदवारी दिएको अबस्था छ । पहाडमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका बिच प्रतिस्पर्धा छ भने तराईमा लोकतान्त्रिक गठबन्धन, बाम गठबन्धन र थाम (थारु, मधेशी) गठबन्धनका बिचमा र कतिपय स्थानमा संघीय समाजवादी फोरम र राजपा बिच प्रतिस्पर्धा जारी छ ।
यस अबस्थामाचुनावभनेको के हो ? हाम्रो मतको महत्व के छ भनेर बुझ्न निकै जरुरी छ । लोकतन्त्रमा चुनावको महत्व ठूलो हुन्छ । निश्चित समय अवधिकालागि जनताले गोप्य रुपमा कागजवा इलेक्ट्रोनिक साधनद्वारा राम्रो मान्छेको पक्षमा मत जाहेर गर्नु, छनौट गर्नु र आफैंमाथि शासन गर्ने अधिकार दिनु नै चुनाव हो । चुनावको लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप १ मतले पनि सत्ता परिबर्तन गर्न सक्छ । तर अचेतनाका कारण सबैले मतको सदुपयोग गर्न सक्तैनन् । आफ्नो अमूल्यमत, मासु, दारु र रुपियामा बिक्री गर्न पुग्दछन् र निश्चित अवधिकालागि फेरी दुःख पाउँछन् । मतदान अघि नसोच्ने र मतदानपछि पश्चाताप गर्ने हाम्रो बानी छ । अन्य बेला अधिकारकालागि वकालतगर्ने, बन्द, हडताल गर्ने, चक्काजाम गर्ने, दबाबमूलक आन्दोलन गर्ने र शान्तिपूर्ण महाआन्दोलनको रुपमा आउने चुनावमा मत बेच्ने र पुनः उनै स्वार्थीहरुद्वारा शासितहुने हाम्रो बानी छ ।
लोकतन्त्रमा त्यही बानी, अचेतना र गरिबीको फाइदा शासकहरु उठाउँछन् । उनीहरु अरुबेला उठेको आवाजलाई चुनावको माध्यमबाट दमन गर्दछन् । डर, त्रास, भ्रम र धनले चुनावलाई आफ्नो पक्षमा पार्दछन् । अर्थात साम, दाम, दण्ड, भेदको तरीका अपनाई पुनःशासन सत्तामा पुग्दछन् र जनतामाथि शासन गर्दछन् । फेरी चुनाव आइसक्यो । अर्थात चुन्ने समय आइसक्यो । हाम्रा अगाडि राम्रा र नराम्रा दुबै खाले मान्छे आफूलाई चुन्न र शासनकालागि पठाइदिन हात जोडेर खडा छन् । अब कसलाई रोक्ने र कसलाई पठाउने ? कसलाई हराएर दण्डित गर्ने र कसलाई जिताएर पुरस्कृत गर्ने ? त्यो अधिकार तपाईं, हाम्रो हातमा छ । अब स्मरण गर्नुस्, कसले मीठो, गुलियो भाषण गर्दछ, आश्वासन बाँड्छ, शासनमा गएपछि तपाईंकै घाँटीमा छुरी चलाउँछ ? कसले तपाईंको आन्दोलनलाई तुहाउँछ ? कसले तपाईंको संगठनलाई धरापमा पार्छ ? को बारम्बार सत्तामा पुग्दछ र तपाईंलाई गुमराहमा पार्दछ ? कसले तपाईंको अधिकारको लागि लड्छ ? कसले आन्दोलनको अगुवाई गर्दछ ? यी सबैको बिश्लेषण गर्नुस् र भोट दिनु अगावै हजार चोटी सोच्नुस् ।
अब स्मरण गर्नुस्, कसले मीठो, गुलियो भाषण गर्दछ, आश्वासन बाँड्छ, शासनमा गएपछि तपाईंकै घाँटीमा छुरी चलाउँछ ? कसले तपाईंको आन्दोलनलाई तुहाउँछ ? कसले तपाईंको संगठनलाई धरापमा पार्छ ? को बारम्बार सत्तामा पुग्दछ र तपाईंलाई गुमराहमा पार्दछ ? कसले तपाईंको अधिकारको लागि लड्छ ? कसले आन्दोलनको अगुवाई गर्दछ ? यी सबैको बिश्लेषण गर्नुस् र भोट दिनु अगावै हजार चोटी सोच्नुस् ।
आन्दोलन किन गरियो ? के का लागि गरियो ? गठबन्धन भनेको के हो ? के गठबन्धनले तपाईंको माग मुद्दाको सुनुवाई गर्ने हो ? के तपाईंका माग मुद्दालाई लत्याउने र दुख दिने मान्छे ती गठबन्धनमा छैनन् ? थारुहरु जेलमा किनछन् ? किन निर्बासित जीवन बिताइरहेका छन् ? थारुवान प्रदेशको मुद्दा कसले उठायौ ? किन छोड्यौ ? के गणतन्त्र भनेको एक राजालाई फाल्ने र हजार राजालाई पाल्ने हो ? के गणतन्त्र भनेको तराईमाथि पहाडले र थारु मधेशी जनजातिमाथि ब्राम्हन क्षेत्रीले शासनगर्ने पद्धति हो ? के उत्पीडित जातिका ेमाग गठबन्धन हो ? के थारुहरुको माग भनेको थरुहटको माग मुद्दालाई बिसर्जन गर्ने हो ? असलीमाग के हो ? हजार बार सोच्नुस्, त्यसले तपाईलाई मत कसलाई र किन दिने भन्ने कुरामा सहयोग गर्नेछ । तपाई गम्भिर रुपमा चिन्तन मननन गरेका कारणले नेताहरु तपाईं हामीलाई भेंडा, बाख्रा, पशु सम्झने र लट्ठीले जता मन लाग्यो, उतै हाँक्ने प्रयास गर्दछन् । चिन्तन मनन गर्नुस्, उठाउनुस् मतको बलियो हतियार र सखाप पार्नुस्, तिनलाई । हामीलाई गुमराहमा राखेर जहिले नि सत्ताको स्वाद चाख्नेहरुलाई दण्डित गर्नुस् । हतारमा जिताउने अनि फुर्सदमा पछुताउने बानी छोड्नुस् ।
तपाईंको गाउँ ठाउँ, क्षेत्रमाको को उठेको छ ? त्यो ब्यक्तिको बानी ब्यहोरा कस्तो छ ? सहयोगी असहयोगी के छ ? त्यसको संगठनको मूल एजेण्डा के हो ? त्यसको संगठनले हाम्रो मागको सुनुवाई किन गरेन ? कतै त्यसको संगठन पनि हाम्रो माग मुद्दालाई तुहाएको त होइन ? त्यसकै संगठनले कतै हाम्रा मान्छेलाई बन्दी जीवन र निर्बासित जीवन बिताउन सहयोग त गरेन ? यी सबै कुराको बिश्लेषण गर्नुस् ।
मतको माध्यमले तपाईं जुनदललाई ठूलो बनाउनु हुन्छ, त्यही दलले नै प्रदेशमा र केन्द्रमा सरकार बनाउँछ । त्यसैले जुन दललाई जिताउँदा तपाईंको मागको सुनुवाई हुन्छ, त्यसलाई जिताउनुस्, हुँदैन भने नजिताउनुस् । त्यसैगरी जुन ब्यक्ति तपाईंको माग मुद्दालाई बोकेर अगाडि बढ्ला भन्ने बिश्वास छ, त्यसलाई जिताउनुस् । ५ बर्षसम्म पछुताउने र रुने काम नगर्नुस् ।
यो खासमा ब्यक्ति छान्ने चुनाव होइन, पार्टी छान्ने चुनाव हो । तर ब्यक्ति नहेर्नुस् भन्न खोजेको होइन । तपाईंहरु, स्वार्थी नेताका कारण अहिले रनभुल्लमा पर्नु भएको छ । नचाहँदा नचाहँदै पनि तपाईंको क्षेत्रमा तपाईंले नसोचेको चिन्हमा छाप लगाउने, मत दिनुपर्ने अबस्था आएको छ । तपाईंलाई कुनै उम्मेदवार मन परेको छैन, भोट हाल्ने ईच्छा पनि छैन । सबै उम्मेदवार चोरै हुन् भन्ने पनि लागेको । त्यो अबस्थामा तपाईं बदमास उम्मेदवारहरुमा पनि अलि ईमान्दार बदमासलाई छान्नुस् । किन कि मतको माध्यमले तपाईं जुनदललाई ठूलो बनाउनु हुन्छ, त्यही दलले नै प्रदेशमा र केन्द्रमा सरकार बनाउँछ । त्यसैले जुन दललाई जिताउँदा तपाईंको मागको सुनुवाई हुन्छ, त्यसलाई जिताउनुस्, हुँदैन भने नजिताउनुस् । त्यसैगरी जुन ब्यक्ति तपाईंको माग मुद्दालाई बोकेर अगाडि बढ्ला भन्ने बिश्वास छ, त्यसलाई जिताउनुस् । ५ बर्षसम्म पछुताउने र रुने काम नगर्नुस् ।
अन्तमा के मात्रै भनौं भने तपाईंको घर आँगनमा थरी थरीका उम्मेदवार आएका छन् । देशमा बहुदलिय ब्यबस्था आएको पनि २७ बर्ष पुरा भैसकेको छ । थरुहट आन्दोलन भएको पनि १० बर्ष पुरा भैसकेको छ । धेरै नेता, सांसद, सभासदको आनीबानी, चालामालाबारे तपाईं अनभिज्ञ हुनु हुन्न । कुन संगठन आफ्नो नीति, सिद्धान्त छोड्यो ? कुन उम्मेदवार स्वार्थकालागि जे पनि गर्दछ ? कसले हक अधिकारको लागि बोल्छ र बाल्यो, लड्यो तर सुबिधाबाट बञ्चित रह्यो ? को जनतालाई भरयाङ् बनाएर सत्तामापुग्यो र बिस्र्यो ? सबै तपाईंलाई थाहा छ । कहाँ कुन पार्टी, ब्यक्तिलाई जिताउँदा फाइदा होला, को को लड्दा कसलाई फाइदा होला ? त्यो पनि तपाईंलाई थाहा छ । त्यसलाई बिचार गर्नुस् । यो चुनावले प्रदेशको स्थायी राजधानी कहाँ बनाउने ? प्रदेशमा बोलिने भाषा के हुने ? प्रदेशको मुख्य सांस्कृतिक चाडपर्व कसलाई मान्ने ? संघ र प्रदेश संचालनकालागि मुख्य नीति के हुने ? आदि कुराको निक्र्यौल गर्नेछ । तपाईंको मतले तपाईंकै अधिकारलाई कुण्ठित नगरोस् । तपाईंको माग मुद्दा सदाकालागि नथन्कियोस्, दण्डित गरिनु पर्नेलाई पुरस्कृत र पुरस्कृत गर्नु पर्नेलाई दण्डित नगरोस्, यही मेरो सुझाव छ । धन्यवाद !













