गजल
थरूहटको लागि घरपरिवार लुटाएर देखाउ।।
क्रन्तिकारी बोलीले जनता जुटाएर देखाउ।। •••••
भिखारी बनाउछौ एक छाक खाना दिएर।
हिम्मत छ भने निर्दोष कैदी छुटाएर देखाउ।। •••••
कति दिन दिन्छौ दुई चार पैसा सहयोग।
परिश्रमी हातबाट हटकडी तुटाएर देखाउ।। •••••
फाँसिए थारू चक्रब्यूमा अभिमन्यू जस्तै यहाँ।
अँध्यरो कालकोठरीको पर्खाल फुटाएर देखाउ।। •••••













