महिलालाई आर्थिकरुपले सशक्त बनाउन पिक्निक पार्क
कैलारी गाउँपालिका वडा नं. ७ अन्तरगत पर्ने बसन्ता जैविक मार्गको छेउमा पिक्निक पार्क निर्माण हुदैछ । सुइती सामुदायिक वन र खौरहवा शिव सामुदायिक वनका उपभोक्तहरुलाई आर्थिकरुपले सशक्त बनाउन सो पार्कको योजना ल्याएको हो ।
दलित महिला अधिकार मञ्च नेपालले च्भ्क्क्ष्क्त् परियोजनाबाट सुइती सामुदायिक बन र खौरहवा शिव सामुदायिक बनलाइ उद्यम निर्माणकोलागि रु दुई÷दुई लाख रुपैया नगद नगद सहयोग गरिएको हो ।
साथै सो पार्कको परियोजनाबाट ५० हजारको सहयोगमा २ वटा रिचार्ज पोखरी पनि निर्माण हुदै छ । उक्त निर्माणमा दुबै समुदायिक वनले पनि ४ लाख ५० हजार रुपैयाँ लगानी गर्दैछ । ९ लाखमा पोखरी सहितको पिक्निक पार्क निर्माण गरि सो क्षेत्रका उपभोक्तले वन संरक्षण पनि हुने साथै आर्थिक आयआर्जनपनि हुने बताउँछन् ।
कैलारी गाउँपालिका ७ स्थित महिला वातावरण सञ्जालका अध्यक्ष हिमादेवी चौधरीले निर्माणधिन पार्कले महिलाहरुलाई धेरै सहयोग पुग्ने बताईन् । उनका अनुसार यस क्षेत्रका महिलाहरु आफ्नो घर पविार छोडेर रोजगारीकोलागि शहर केन्द्रीत हुन सक्ने अवस्था छैन । तर, यहि क्षेत्रमा रहेर उनी स सानो उद्यमी बन्न सक्छन् ।
पार्कको उदेश्य अनुसार यहाँ आन्तरिक पर्यटकहरु पिक्निक खाना आउँछन्, फोटो सुट गर्छन्, त्यसकोलागि थारु संस्कृति लगायत विभिन्न जााजातीले प्रयोग गर्दै आईरहे पोशाक स्थल, वनबाट खेर जाने पातको दुना टपरी, घरकै सिप अनुसार नास्ता पसलहरु सञ्चालन गरेर महिलाहरुलाई आर्थिक आर्यआर्जनमा प्ररित गर्ने छ ।

वसन्ता जैविक मार्ग घुम्न आउने पर्यटकहरुलाई यो क्षेत्र सुन्दर हुने विश्वास गर्दै आएका हिमा भन्छिन् ‘गर्न चाहनेहरुलाई सानो लगानीमा राम्रो व्यापार हुने भविष्य देखेको छु । पार्कको उदेश्य अनुसार सबै जना लगनशील भएर काम गर्न सक्यो भने बसन्ता गाउँ पनि नमुना गाउँ बन्नेछ ।’
यो पार्कले बन्य जन्तुहरुलाई पनि राहत हुने हिमाको तर्क थियो । उनका अनुसार बसन्ता जैविक मार्ग भारतको दुधुवा नेश्नल पार्कसंग जोडिएकोले यो वनमा विभिन्न किसिमका जनावरहरुपनि देख्न पाइन्छ । ‘हामी यो पार्कलाई मुख्यगरि पर्यटनसंग जोड्न खोज्दैछौं । जहाँ पर्यटकहरु रमाउन पाउन, थरी थरीका जनावरहरुको अवलोकन गर्न पाउन भन्ने हो ।’ साथै रिचार्ज पोखरीले जमिनलाई सिमसार मात्रै बनाउदैन, बरु यस वनमा रहेका जनावरहरुकोलागि पानी खानपनि सजिलो हुने बताईन् ।

यो रिर्चाज पोखरीले माछा पालनबाट पनि केही आम्दानी हुन सक्छ । साथै गर्मीयाममा वनजंगलमा डढेलो लाग्दा आगो निभाउनको लागि पनि पोखरीको पानी महत्वपूर्ण भूमिका खेल्न सक्ने उदेश्यले यस्तो योजना ल्याएको हिमा बताउँछिन् ।
सोही ठाउँका विश्णु प्रसाद चौधरीका अनुसार यो पार्क निर्माण भएपछि बसन्ता होमस्टेलाई धेरै ठूलो सहयोग पुग्नेछ । ‘यस क्षेत्रमा विगत ५ वर्षदेखि होमस्टे सञ्चालनमा छ । तर, होमस्टे नजिक घम्न जाने लायक व्यवस्थित ठाउँ नभएकोले पनि पर्यटकहरुलाई खल्लो महशुस हुन्थ्यो । अब यो पार्कले सहज बनाई दिन्छ ।’
उनले यो पार्कको कारण यस क्षेत्रको सिंगो जिवनशैली परिवर्तन गर्न सक्ने विश्वास लिएको बताए । भारतीय सिमासंग जोडिएको गाउँ भएकोले यो पार्क व्यवस्थित गर्न सके ठूलो मात्रमा आन्तरिक पर्यटक भित्रियाउन सक्ने आकल गरेको चौधरी बताउँछन् ।

पार्क उदेश्यपनि वातावरण संरक्षणसंगै आन्तरिक तथा बाह्य पर्यटक भित्रियाएर यस क्षेत्रका महिला, दलित पछाडी परेको वर्गहरुको जिवनशैलीमा परिवर्तन ल्याउनुको साथै उनीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ दलित महिला अधिकार मञ्चले सामुदायिक वनसंग सहकार्य गरेको परियोजनाका संगोजक मिनबहादुर हुड्के बताउँछन् ।













