मेल च्याम्पिएनको तलिमले आँखा खुल्योः रामेश्वर
कैलाली । कैलारी गाउँपालिका ७ छुट्की बसन्ताका रामेश्वर चौधरी एक वर्ष अगाडी मेल च्याम्पिएनको तालिममा सहभागि भए । त्यस पश्चात उनलाई महिलालाई कसरी सम्मान गर्नेबारे सिकाई भयो । उनी तालिम पश्चात पहिला आफैलाई सुधारिने प्रयासबाट अहिले सिंगो गाउँ समुदायलाई सुधार्ने कोशिसमा छन् ।
दलित महिला अधिकार मञ्चले समुदाय स्तरमा महिलामाथि हुने विभेदको अन्तय गर्न पुरुषहरुलाई लैंगिक सम्बेदनशीलता सम्बन्धि तालिम सञ्चालन गर्यो । उक्त तालिममा सहभागी भएका रामेश्वर एक वर्षमै आफूलाई पुरै परिवर्तन गरिसकेको बताउँछन् ।
उनी भन्छन् ‘तालिममा सहभागी हुनु अगाडी घरमापनि श्रीमतिलाई घरयासी काममा कुनै सहयोग गर्दैनथे । खाली समयमा मोवाईल चलाएर बसिदिन्थे बरु श्रीमतिलाई यो भएन, त्यो भएन भनेर गाली गर्ने, हप्काउने गरथे । मलाई लाग्थ्यो घरभित्रको काम त महिलाले नै गर्ने हो । तालिमले मेरो आँखा नै खोलिदियो ।’
पहिला श्रीमतिलाई गाउँघरमा हुने बैठक, छलफल, गोष्ठीमा जान रोक लगाउथे । आजभोली महिलाले पनि घरबाहिरको जानकारी सूचना सन्देशबारे जानकारी पाउँनुपर्छ भनेर हौसला दिन्छु । बैठक गोष्ठीमा जान अनुरोध गर्ने गरेको उनले सुनाए ।
उनी खाली समयमा श्रीमतिलाई भन्छामा सघाउने, लुगा धोईदिने, सम्मानित भाषा प्रयोग गर्ने जस्ता परिवर्तन आफूबाटै शुरु गरेको बताए ।
उनका अनुसार तालिममा सिकेका कुरा समुदाय स्तरसम्म पुगोस भने महिनाको एक दिन सबैलाई बोलाएर सिकाउने गरेका छन् । उनी महिला र पुरुष बिच विभिन्न सवालमा छलफल गर्ने, कुनैपनि समस्या दुबै जना मिलेर सुल्झाउने, महिलासंग बोल्दा उसको आत्मसम्मानमा चोट नपुगोस् भनि सम्मानित भाषा प्रयोग गर्ने । महिलालाई नेतृत्वदायी भूमिका निर्वाह गर्न जिम्मेवारी दिने जस्ता छलफल हुने गरेको बताईन् ।
गाउँमा केही काम अर्थात योजना आयो भने महिला र पुरुष दुबैबिच छलफल हुन्छ र जिम्मेवारी बाँडफाँड हुन्छ । त्यति मात्रै होईन, समस्या समाधान गर्नुपर्यो भने पनि महिला पुरुष मिलेर छिनोफानो गर्ने गर्छौ ।
पहिला पहिला लाग्थ्यो, महिलाहरु के नै गर्न सक्छन् र ? उनीहरुलाई सरकारले ३३ प्रतिशत हक दिएको छ । त्यहि कोटा पुरा गर्न सहभागी गराई दिनु पर्छ जस्तो लाग्थ्यो । तर, जब म सवाल बुझ्दै गए अनि अब ३३ प्रतिशत होईन ५० प्रतिशत सहभागि गराउनु पर्छ भन्ने चेत आयो । साथै सहभागिता ठूलो कुरा होईन रहेछ, निणर्य प्रक्रियामा महिलाको अवाज सुनुवाई भयो कि भएन भन्ने महत्वपूर्ण कुरा रहेको उनले बताए ।
उनी पहिला आफूमा परिवर्तन ल्याउन धेरै सकस रहेको बताईन् । शुरु शुरुमा समुदायले कुरा काट्ने गर्थे । तर आज भोली धेरै जना परिवर्तन भईसकेका छन् । परिवर्तन स सना कुरामा हुन्छ । बोली भाषा, व्यवहार मात्रै परिवर्तन गर्न सक्नुपनि चेन्ज हो । समुदायमा अहिले भएको परिवर्तन देख्दा एकदमै खुशी लाग्छ । उनले सुनाए ।
गाउँघरमा महिलालाई सामुदायिक वनको नेतृत्व मात्रै होईन, गाउँको भलमन्सा, योजना निर्माण, सहकारी लगायतको समितिमा निर्णयक नेतृत्वको जिम्मेवारी दिने र उनीहरुको निर्णयलाई स्वीकार गर्ने परिपाति बस्दै आएको छ । यो नै परिवर्तनको शरुवाट गरेको रामेश्वर बताउँछन् ।
उनका अनुसार महिलालाई नेतृत्वसंगै आर्थिकरुपमा सशक्त बनाउन विभिन्न आयअर्जानमा पनि जोड्न पहल भईरहेको छ । गाउँको कोष र सामुदायिक वनको बजेटबाट महिलालाई आर्थिकरुपले सशक्त बनाउन सचेनामूलक कार्यक्रम सञ्चालन गरेको, विभिन्न अभियानमा महिला पुरुष दुबै जनाको बराबरी सहभागिता गराएको, महिलालाई पनि विभिन्न तालिममा अवसर जुडाई दिएको बताए ।
उनी मेल च्यामपिएनको सदस्यपनि हुन् । साथै अहिले सुईति सामुदायक वनको उपाध्यक्ष को जिम्मेवारी निर्वाह गर्दै आएका छन् । उनका अनुसार समुदायको हरेक काममा महिलाको पनि अर्थपूर्ण सहभागिता हुनु पर्छ । महिलालाई सम्मान गर्ने व्यक्ति समुदायको अगाडी आफै सम्मानित हुने हो भन्ने धारण ल्यायो भने महिला र पुरुष बराबरको नाराले सार्थकता पाउने बताउँछन् ।













