घरमा सिमित महिलाको नेतृत्वमा सामुदायिक वन
कैलाली । नेतृत्व समाल्नकोलागि घरबाट बाहिर निस्कनै पर्छ भन्ने उदाहरण सामुदयिक वनको नेतृत्व गर्ने महिलाहरु सांक्षि छन् । पछिल्लो केही वर्ष यता कैलालीका विभिन्न सामुदायिक वनमा महिलाहरुले नै नेतृत्व समाल्दै आईरहेका छन् ।
गाउँघरको महिलाहरुको ईतिहास हेर्दा प्राय घरधन्दामा सीमित हुने महिलाहरू सामुदायिक वनबाट नेतृत्वमा आफ्नो व्यक्तित्व विकास थालेको देखिन्छ ।
घर सम्हालेका महिलाहरूले वन समेत राम्रोसंग समाल्दै आईरहेको कैलारी गाउँ पालिका वार्ड नं १ स्थित लालबालु भुस्कीहुवा सामुदायिक वनका पूर्व अध्यक्ष गीता चौधरी बताउँछिन् । कैलारी गाउँपालिकामा ५३ वटा सामु वटा सामुदयिक वन छन् । जहाँ १७ वटा सामुदायिक वनमा महिलाहरुले नै नेतृत्व गर्दै आईरहेका छन् । त्यसैगरि भजनी नगरपालिकामा ४२ वटा सामुदायिक वन मध्ये दुई वटा वनमा महिलाले नेतृत्व गदरिरहेका छन् ।
वनको कार्यविधिलाई टेकेर हरेक बन उपभोक्ता समुहमा ५० प्रतिशत महिला सहभागिता रहेको देखिन्छ । गिताको अनुभवमा महिलालाई नेतृत्व समाल्न सजिलो विषय होईन । चुनौतिसंग जुढ्न सक्नुपर्ने हुन्छ ।

उनी आफू नेतृत्व समाल्दै गर्दा थुप्रै चुनौतिको सामान खेपेको बताउँछिन् । सामुदायिक वनमा लामो समयसम्म पुरुषले नै नेतृत्व समाल्दै आएपछि महिलाहरुपनि नेतृत्व समाल्न सक्छन् भन्ने धेयले उनी २०८१ सालमा चुनाव नै लडेर अध्यक्ष भएका थिईन् । यद्यपी अध्यक्ष बन्दा सामुदायको लालछना आरोप प्रत्यारोप दैनिक जसो सहनु पर्थ्यो ।
“ मैले त अध्यक्ष बन्न चुनाव नै लड्नु प¥यो ,गाउँका केही पुरुषहरूले उपभोक्तालाई चुनाव हाल्न आउन पनि दिएनन् , कर्फुनै लगाए, पुरुष हुँदाहुँदै किन महिलालाई अध्यक्ष बनाउने, महिलाले काम गर्न सक्दैनन् भनेर पुरुषहरूले धेरै विरोध गर्नु भयो ।’
उनको अनुभवमा विवादित रहेका सामुदायिक वनको नेतृत्व गर्न पुरुषहरू असमर्थ हुन्छन् । त्यस्तो वनको नेतृत्वपनि महिलाहरूले नै समाल्दै आईरहेका छन् । महिलाहरु बगर र नाङ्गा डाडाहरुमा तारबार र वृक्षरोपण गर्दै वनलाई जोगाईरहेका उदाहरणहरुपनि रहेको उनी सम्झिन्छन् । वन संरक्षणका लागि समुदाय नै चुनौतीको रुपमा खडा भईदिने गिताको अनुभव छ । दिउसोको समयमा गस्ती गरेर वनको रेखदेख गरे पनि चरिचरण र काठदाउरा चोरीकार्य रोक्न निकै समस्या भएको उनको भनाई छ ।
जल, जमिन र जङ्गलमा महिलाको स्वामित्व स्थापित गर्नु पर्दछ भन्ने सामुदायिक वनको अवधारणा अनुसार सामुदयिक वनमा महिलाको नेतृत्व बढेको छ । महिलाहरू रातको समयमा जङ्गलमा गस्ती गर्न नसक्ने आरोप र लाञ्छना भने सहदै आईरहेको उनी बताउँछिन् ।
भजनी नगरपालिका वडा नं. ४ स्थित प्रगतिशील सामुदायिक वनका अध्यक्ष दिपक चौधरीले महिलाहरू वन जङ्गल सँग प्रत्यक्ष जोडिने भएको हुँदा महिला स्वयम् सामुदायिक वनको नेतृत्व गर्ने स्थानमा पुग्दा वन जङ्गलको संरक्षणमा निकै सहजता भएको बताए ।
वनको आम्दानीको स्रोतको मुख्य पाटो काठदाउरा मात्रै होईन, वनबाटपनि केही नयाँ काम गर्न सकिने उदाहरण चौधरी अध्यक्षले दिए । उनले वनभित्रै फर्निचर उद्योग सञ्चालन गरेको जानकारी दिदै उक्त उद्योगबाट डोक्नी, चौकी बेलना, खटिया लगायतको सामाग्री बनाउदै आएको बताए ।
वनको कोषबाट लैंगिक हिंसा न्यूनिकरणको कार्यक्रमकोलागि बजेटपनि छुट्याउँदै आएको अध्यक्ष चौधरी बताए । साथै छाउ जस्ता कुरिति मान्ने उपभोक्ताहरुलाई वनबाट पाउँनुपर्ने सेवा सुविधा नदिने भने कार्ययोजना नै बनाईसकेको उनले बताए ।
केही सामुदायिक बनले महिला समुह बनाएर सामूहिक जडिबुटी खेती, बेलको जुस उत्पादन, बाँस र वेतका मुढा बनाउने लगायतका तालिम दिएर महिलाहरूलाई उद्यमशीलतामा जोड्ने कार्य गर्दै आईरहेको अध्यक्ष चौधरी बताउछन् ।

महिलाहरुले चाहेमा घरमै बसेर जङ्गलको संरक्षण गर्न सक्ने सामथ्र्य राख्ने भएकोले बन संरक्षणमा महिलाको भूमिका अग्र स्थानमा छ । सामुदायिक बन भित्रका नाङ्गा डाँडाहमा विरुवा रोप्ने, संरक्षण र हुर्काउने कार्यमा सबैभन्दाबढि महिलाहरूनै सहभागि हुन्छन् । आगलागीका कारण बन क्षती हुँदा गाग्रीमा पानी समेत बोकेर आगो निभाउने काममा सक्रिय भएको देखिन्छ ।
पुरुषहरुमा धेरै स्वार्थको लडाई हुने तर महिलाहरू ईमान्दार र निस्पक्ष भएर पारदर्शी रुपमा काम गर्नसक्ने भएकोले पछिल्लो समयमा सामाुदायिक वनमा महिलाहरुलाई नै नेतृत्व दिन पुरुषहरु तयार भईरहेको अध्यक्ष चौधरी बताउँछन् ।













