सुदूरपश्चिममा वैवाहिक बलात्कारका घटना बढ्दो

कैलाली । सुदूरपश्चिम प्रदेशमा महिलामाथि हुने वैवाहिक बलात्कारका घटना बढ्दो क्रममा रहेको एक तथ्यांक सार्वजनिक भएको छ । ओरेक नेपालले जुलाई २०२४ देखि जुन २०२५ सम्म (एक वर्ष) को अवधिमा आफू कार्यरत जिल्लाबाट २१ वटा वैवाहिक बलात्कारका घटना अभिलेखिकरण गरेको प्रदेश संयोजक सपना थापाले जानकारी दिईन् ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशको पछिल्लो तथ्याङ्कले बैवाहिक बलात्कारको घट्ना बढ्दो क्रममा रहेको देखाएको छ । विवाहभित्र हुने बलात्कारलाई अझै पनि “श्रीमानको अधिकार” वा “वैवाहिक कर्तव्य”का रूपमा सामान्यीकृत गरिँदा प्रभावितहरु मौन बस्न बाध्य रहेको थापा बताउँछिन् ।

तथ्याङ्कको अवस्था

ओरेक नेपालले अभिलेखिकरण गरेको घटना मध्ये कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाबाट २०२५ जनवरी १ देखि सेप्टेम्बर मसान्तसम्ममा बैबाहिक बलात्कारका ९ वटा घटना दर्ता भएका छन् ।

अनुन्धानले नेपालका ग्रामीण क्षेत्रका १२९६ जना विवाहित महिलामध्ये ४६ % ले “श्रीमानद्वारा यौन हिंसा” को अनुभव भोगेको पाइएको छ । यस्तै बैवाहिक बलात्कार सम्बन्धी एक अध्ययनमा ३६२ जना महिलामध्ये ५३.६% ले “वैवाहिक बलात्कार” अनुभव गरेको देखिएको छ ।

ओरेक नेपालले प्रभावितसंग प्रत्यक्ष कुराकानी, मनोविमर्श र वैवाहिक सम्बन्धभित्र हुने घरेलु हिंसाको उजुरीलाई विश्लेषण गर्दा ‘यौन सहमतिको अभाव’ र ‘जबरजस्ती यौन सम्पर्क’ गर्न बाध्य भएको बताइएको छ ।

यस्तै जुलाई १ देखि सेप्टेम्बर मसान्तसम्ममा कैलाली जिल्लाबाट मात्रै २८ वटा लैङ्गिक विभेदमा आधारित हिंसाका घटना दर्ता भएका छन् । जसमा घरेलु हिंसा ३९.३ प्रतिशत अर्थात ११ वटा, यौनजन्य हिँसा १७.९ प्रतिशत (५ वटा), हत्या तथा प्रयास १०.७ प्रतिशत ( ३ वटा), आत्महत्या प्रयास ७.१ प्रतिशत (२ वटा) मानब बेचबिखन तथा प्रयास १०.७ प्रतिशत (३ वटा), सामाजिक हिँसा ३.६ प्रतिशत (१ वटा) र अन्य १०.७ प्रतिशत (३ वटा) छन् ।

घटना १ः

ऐना (परिवर्तित नाम) १४ वर्षको उमेरमै विवाह भयो । त्यो दिनदेखि मेरो जीवन, जिम्मेवारी र हिंसाको चक्रमा फसेको छ । श्रीमानले निरन्तर मादक पदार्थ सेवन गर्ने, जबर्जस्ती यौन सम्पर्क गर्न खोज्ने, अस्वीकार गर्दा कुटपिट गर्ने र यौनाङ्गमा चोट पु¥याउनेसम्मका अत्याचार सहनु परेको छ ।

आफू र छोराको पालनपोषणका लागि धनगढीमा सानो पसल सञ्चालन गरेको छु । तर श्रीमानको हिंसात्मक व्यवहार र अपमानले अन्ततः सम्बन्धविच्छेदको अवस्थामा पुगेको छुँ ।
मेरो शरीरमाथिको अधिकार मसँग छैन । मलाई बाँच्नु पनि बोझ हो जस्तो लाग्छ । विवाह मेरो लागि संरक्षण होइन, निरन्तर यातना हो ।

घटना २ः

दृष्टि (परिवर्तित नाम) ११ वर्षअघि आफ्नै गाउँका युवकसँग विवाह गरे । म वर्षौंदेखि निरन्तर शारीरिक र मानसिक यातना सहदै आईरहेकी छुँ ।

मेरो श्रीमान् रहेक दिन रक्सी खाएर माट्एिको हुन्छ । काम केही गर्दैन । स साना कुरामा मलाई कुटपिट गर्छ । जतिबेला नि यौन सम्पर्क गर्न खोज्छ । मैले यौन सम्पर्क गर्न असर्मथन जनाउँदा । अझै हिंस्रकरुप देखाउँछ । मलाई लाग्छ मेरो शरीर उसकै लागि बनेको हो । रहेक दिन कुटाई खानुभन्दा जबरजस्ती यौन सम्बन्धमा सहमति जनाउनु मेरो बाध्यता छ ।
निरन्तर यातना र हिंसाले गर्दा शारीरिक कमजोर भईसकेको छ । म मानसिक रूपलेपनि थकित भईसके । अहिले सम्बन्ध विच्छेदको प्रक्रियाम छु ।

निस्कर्ष

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले विगत तीन दशकदेखि महिला अधिकार, लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माणका लागि तथ्यमा आधारित पैरवी गर्दै आएको छ । संस्थाले कार्यरत क्षेत्रहरुबाट लैङ्गिकतामा आधारीत हिंसाका घटनाहरूको अभिलेखिकरण तथा विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

माथिका यी दुई कथा प्रतिनिधिमूलक पात्र मात्र हुन् । तर यसले सुदूरपश्चिम प्रदेशमा वैवाहिक सम्बन्धभित्र लुकेका हिंसाको स्वरुप झल्काउँछ । वैवाहिक बलात्कार कुनै निजी विषय होइन, यो पितृसत्तात्मक सोच, महिलाको शरीरलाई पुरुषको भोगको साधनकोरुपमा हेर्ने प्रवृति हो ।

बैबाहिक बलात्कार कानुनी रूपमा अपराध भए पनि कार्यान्वयनमा केही परिवर्तन भएको देखिन्दैन । पीडित तथा प्रभावितमैत्री दृष्टिकोणको अभाव र सामाजिक दबाबका कारण धेरै घटना अझै बाहिर आउँन सकेका छैनन् ।

बैबाहिक बलात्कार जस्ता घटनालाई समाजले जबसम्म “व्यक्तिगत विवाद” वा “घरेलु विषय”को रूपमा हेर्छ, तबसम्म यसको समाधान असम्भव रहनेछ ।