थरुहट आन्दोलन देखि नक्कली अपराधीसम्म

२०६५ साल चैत्र १ गते त्रिपुरेश्वर होटलमा नेपाल सरकारका बार्ता टोलि र थरुहट आन्दोलनकारी बिच बार्ताको तयारी हुँदै थियो । एउटा छोटो कद कालो चस्मा लाको मान्छे सानो भ्यानबाट क्यामरा मिलाउदै बाहिर निस्क्यो ूखै थारु नेतन कहोर कहोर बाट, का का हुइता अन्तरबार्ता लेह परलू भन्दै त्यो मान्छे थरुहट आन्दोलनकारी र नेपाल सरकारबिच हुने बार्ता हुने हल तर्फ लागे तर बार्ताटोली अझ आइपुगेका थिएनन् । पछि त्यो मान्छे बाहिर आएर हामी संगै एकछिन गफगाफ गरे । चितवन र दाङ जिल्लामा दुई दुई जना गरि ४ वटा थरुहट आन्दोलनकारीले ज्यान गुमाइ सकेका थिए । साथीहरुको मृत्युको खबरले हामी आन्दोलनकारीको मन भित्र बिद्रोहका ज्वालाहरु दन्कीरहेको बेला त्यो मान्छेको मिठास बोली र आफ्ना गित संगीत र फिल्मी कहानीले एकछिन भएपनी साथीहरूले ज्यान गुमाएको पिडा बिर्सदै उनको कुरामा लठ्ठ भए । पछि त्यो मान्छे कहि कतै थरुहट आन्दोलनमा देखिएन न त कुनै अधिकारीक समितिमा देखिए । ७ बर्ष पछि २०७२ साल भाद्र ७ गते जब टिकापुर घटना घट्यो, एउटा कालो जकेट लगाएको फोटो सोसल मिडियामा खुब भाइरल भएको थियो । नश्लिय मिडियाहरुले थरुहटको नाइके, त्यो घटनाको योजनाकार भनेर लेख्दै बोल्दै थिए, कुनै कुनै मिडियाले आतंककारी भनेर लेख्न भ्याए । त्यो ब्यक्ति कोहि नभएर त्यही पत्रकार जस्ले हामिलाई कमैया फिल्मको कथा सुनाउने रेशम चौधरी थिए ।

सार्बजनिक सेवालाई समाबेशी बनाउन केही नेपाल ऎनलाई संसोधन गर्न बनेको अध्यादेश माओवादी नेतृत्व नेपाल सरकारले २०६५ साल माघ २१ गते जारी गरि, अध्यादेश अनुसार सर्बजनिक सेवामा समानुपातिक र समाबेशी आधारमा आरक्षण दिन मधेशि समुहको सूचीकरणमा ९२ जातजाति र तराईका आदिवासी भुमिपुत्र थारु लगायत २१ वटा आदिवासी जनजाति र मुस्लिम समुदायहरुलाई सुनियोजित रुपमा मधेसीकरन गर्ने पश्चात थरुहट संयुक्त संघर्ष समिती २०६५ साल फागुन १६ गते पत्रकार सम्मेलन गरेर फागुन १८ गते साँझ तराइको सम्पूर्ण जिल्ला र काठमाडौ उपत्यकाको भब्य मसाल जुलुसले ताप र राप दिएपछि फागुन १९ गतेदेखि निरन्तर चैत्र १ गतेसम्म थरुहट ताती रह्यो ।

पहिचानको जगमा निर्माण भएको नेपालको संघीय गणतान्त्रिक प्रचण्ड सरकारले थारुहरुलाई मधेसिकरण बनाउने निर्णय गरिसक्दा समेत माओवादी, एमाले, काङ्ग्रेस, राप्रपा, तमलोपा विभिन्न पार्टीमा थारुको भोटबाट संबिधान सभामा प्रतिनिधित्व गरि राखेका थारु सभासदहरुले त्यस बिरुद्ध एक शब्द बोल्न सकेनन् । आफ्नो ज्यानका बाजि राखी थरुहट आन्दोलनको नेतृत्व गरिरहेका लक्ष्मण थारु, गोपाल दहित, भानुराम थारु, योगेन्द्र थारु, डिल्ली थारु, रुक्मिनी थारु, गंगा थारु, मिनराज थारु, सि एन थारु, ललित थारु केन्द्रीय नेतृत्व हाकिरहेका बेला था क स को जिल्ला जिल्लाले सहयोग गरेपनी थारु कल्याणकारी सभा केन्द्रीय समिति भने थरुहट संयुक्त संघर्ष समितीमा आउन सकेको थिएन । त्यस्को मुख्य कमजोर भुमिका त्यति बेलाका थाकसका महामन्त्री राजकुमार लेखीको थियो ।

हामी मधेसी होइनौं हामी तराईको भुमि थारु हौं
एक मधेस एक प्रदेश मान्दैनौं थरुहट प्रदेश छाड्दैनौं । मुल मकसत बोकि आफ्नो विशुद्ध पहिचान रक्षाको लागि गरिएको आन्दोलन यति सशक्त भयो कि गाउँ गाउँबाट जनता उठे जागे उनीहरुको एउटै उद्देश्य थियो कि कसैको पहिचान अस्तित्व मेटाउन पाइदैन । आफ्नो अधिकारको लागि ज्यान गुमाएका भुमिपुत्र थारुसंग अनन्तस् सरकार झुक्यो । आन्दोलन ठेग्न नसकि २०६५ साल चैत १ गते राती थरुहट आन्दोलनकारीसंग ६ बुंदे सहमति गर्यो । नेपालमा तराई छ, तराईमा आदिवासी थारु आदिम कालदेखी छन् भन्ने नेपाल सरकारले सहमति त गर्यो तर कार्यान्वयन कहिल्यै गरेन थरुहट आन्दोलनकारी माथी छ्लकपट धोका भएपछि हामी फेरि १२ दिने आमहडताल गर्यो तर दुर्भाग्य यसैबीच कटवाल प्रकरणमा प्रचण्ड सरकार ढल्यो ।

पहिलो संबिधान सभाले संबिधान दिन सकेन 
थरुहट संयुक्त संघर्ष समितीसंग गरेको सहमति नेपाल सरकारले कार्यान्वयन गर्न सकेन । सरकारले आन्दोलनकारीको मुद्दा सुनुवाइ गर्न नसकेपछि थारुहरु एकजुट भइ अब थारुहरुको नेतृत्वमा पार्टी खोल्नुपर्छ भनेर २०६६ साल असार महिनामा राष्ट्रिय भेला सम्पन्न गरे । त्यति बेला ूवीरगञ्ज घोषणा पत्र सन् २००९ू जारी गरिएको थियो । यस भेलामा थारु समुदायका अधिकार र थरूहट प्रदेशको मागलाई प्रमुख विषय बनाइयो । त्यो राष्ट्रिय भेला देखि फेरि थारुहरुसंग राज्य र सासकहरु त्रसित भए । त्यसपछि थारुहरुलाई कसरी रोक्ने, फुटाउने, फसाउने खेल खण्डमा यी प्रमुख पार्टीका शिर्ष नेताहरू लागी रहे । आधा थरुहट नेताहरुलाई मानसिक रुपमा घाइते बनाएपनी २०६८ साल श्रावण २७ गते थरुहट तराई पार्टी नेपालको घोषणा नेपालगंजको कबर्ड हलमा गरियो । २०७० सालको मंसिरमा हुने चुनावको तयारी संगै संगठन बिस्तारमा लागिरहेको बेला थरुहट तराई पार्टी नेपालका संस्थापक अध्यक्ष लक्ष्मण थारु र योगेन्द्र थारुले पार्टी छोडी बिजय कुमार गच्छदारको पार्टीमा प्रवेश गरे यो थारु समुदायको लागि सबैभन्दा दुर्भाग्य थियो । पार्टी बचाउन एकदमै गाह्रो थियो त्यही बेला भानुराम थारु, डा गोपाल दहित, मिनराज थारु लगायत नेतृत्वहरुले जबर्जस्त पार्टी सम्हाली रहेका थिए । मधेसीहरुको नेतृत्वमा रहेको सद्भभावना पार्टीमा आवद्ध रहेका रेशम चौधरीलाई थारुहरुको नेतृत्व रहेको थरुहट तराई पार्टी नेपालमा महासचिवको प्रस्ताव गर्दा पनि उनी पत्याएन । उनी त्यतिबेला थरुहट आन्दोलनमा गुमनाम थिए थरुहटको नेता भन्दा मधेसी नेताहरूसंग नजिक थिए, तिनीहरुकै पार्टीबाट दुइतिन सय भोट आएपनी चुनाव लड्थे ।

२०७० सालको चुनावमा थरुहट तराई पार्टी नेपाललाई थारुहरुले न्याय गर्न सकेनन् । समानुपातिक तर्फ ६२५२६ र प्रत्यक्ष तर्फ ३८९७२ जम्मा भोट दिए । समानुपातिकबाट दुइवटा सांसद बाहेक प्रत्यक्ष कहिँ जिताउन नसकेको २० लाख आफुलाई दाबी गर्ने थारुहरुले थरुहट आन्दोलनको जगबाट थारुकै अधिकारको लागि खोलिएको पार्टीलाई बिश्वास गर्न सक्दैनन् भने पार्टी कसरी बचाउन सकिन्छ यस्को दोष कहि कतै हाम्रै समुदायको पनि छ । संबिधान सभामा थरुहटका लागि लडिरहेका दुई जना सांसद डा गोपाल दहित र गंगा चौधरी राम्रै भुमिका खेलिरहेका अवस्थामा पछि माननीय गंगा चौधरीलाई फुटाएर बाबुराम भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीमा प्रवेश गराए । जस्ले गर्दा यो पार्टीको अवस्था एकदमै दयनीय भयो । पछि थरुहट तराई पार्टी नेपाल लगायत ७ वटा पार्टी बिजय गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी बनाए यो पार्टी चुनाव नलडि अन्तिममा काङ्ग्रेससंग एकीकरण गराए ।

थारु समुदाय थारु नेतृत्वबाट पटक पटक धोका पाएको छन् । आज ५ जना थरुहट सहिदहरुको बलिदानीबाट राजनीति गरिरहेका नयाँ पुराना थारु नेताहरू कहिल्यै त्यो सहिदलाई सम्झिदैनन । सहिद परिवारको हालखबर टाढाको कुरो हो कतिपय थारु नेतालाई ती सहिदको नाम समेत याद छैन होला ।

थरुहट तराई पार्टी नेपाल विलीन भएपनि, पुराना नेतृत्वहरु गुमनाम भएपनि मुद्दाहरु जिवित थियो । थारु समुदायहरुप्रती राज्यको विभेद, अन्याय, अत्याचार दिन प्रतिदिन बढ्दै थियो तर पनि थारुहरुले हार मानेका थिएनन् । संबिधान बन्ने प्रक्रियामा थियो । सबै समुदायले आफ्नो अधिकार सुनिश्चित गराउन खोज्दै थिए । थारुहरु पनि आफ्नो अधिकार खोज्दै आन्दोलनरत्त थिए । तर दुर्भाग्यवश टिकापुरमा २०७२ साल भाद्र ७ गते घटना घट्यो यस्ले नेपालको राजनीतिलाई नै उठलपुठल बनाई दियो । थरुहट संयुक्त संघर्ष समितिलाई परिमार्जित गरि थरुहट थारुवान संयुक्त संघर्ष समिति बनाएर माओवादी लगायत काङ्ग्रेस र अरु दलका थारु सांसद र नेताहरुलाई जोडिएर गरिएको आन्दोलन जब टिकापुर घटना घट्यो, सबै अधिकारिक नेतृत्वहरु गुमनाम भए । कोही घटनाको जिम्मा लिन मानेन त्यसपछि राज्य एउटा नक्कली अपराधी खडा गर्यो । एउटा निर्दोष ब्यक्तिलाई थरुहटको नाइके, योजनाकार, आतंककारी भनेर घटनाको पुरै बिल्ला भिराए दिए । सरकारले झुठो मुद्दा लगाएर रेशम चौधरी, लक्ष्मण थारु लगायत धेरै थारु नेताहरुलाई जेल कोच्यो । राज्यले थारुलाई धेरै दुख्ख दियो । टिकापुर राजबन्दीहरुलाई शारीरिक मानसिक यातना धेरै दियो । यस्ले पुरै थारु समुदायलाई रुष्ट बनाएको थियोे । गाउँ गाउँबाट मात्र होइन राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा राज्यले थारुप्रती गरेको अन्यायको बारेमा बिरोध हुन थाल्यो । राज्यको दमनबाट जनताको सहानुभूति बटुलिरहेका रेशम चौधरी भुमिगतबाटै चुनाव लडेर बहुमत भोटले चुनाव जिते तर राज्यका सासकहरुले संबिधान सभा छिर्न दिएनन् उल्टै डिल्लिबजार लगेर जेल कोचे । त्यही जेलबाट राज्यले दिएको यातना विरुद्ध योजना बनाउदै उनले नागरिक उन्मुक्ति पार्टी नाम दिएर नयाँ पार्टी खोले । यो पार्टी थरुहट तराई पार्टी नेपालकै दोस्रो रुप हो, चुनाब चिन्ह पनि ढकिया नै रोजे ।

यसपाली थारुहरुले सकेसम्म नागरिक उन्मुक्ति पार्टीलाई न्याय गरे । पछिल्लो क्रममा जतिपनि थरुहट नेताले संघर्ष र बलिदानी गरेका थिए त्यस्को सम्पूर्ण फाइदा रेशम चौधरी उठाए यो उनको भाग्य थियो । चुनाव अघि खोलेको नागरिक उनमुक्ती पार्टी थरुहट आन्दोलनको जगबल स्थापित भयो । नपत्याउदो तरिकाले उदयमान भइरहेको रेशमको पार्टी देखेर फेरि ठुला दलका नेताहरू झस्किए । रेशम चौधरीलाई जेल कोच्नु भनेको आफनै लागि खाल्दो खन्नु हो भनेर राम्ररी बुझेका ती नेताहरु आममाफी दिलाएर रेशमलाई जेलबाट निकाले । यो नै रेशम चौधरीको सबैभन्दा दुर्भाग्य सम्झौता थियो । यहि बाट रेशम ती सासकहरुको घेरामा परि सकेका थिए । जब एउटा बिद्रोही, एउटा क्रान्तिकारी सत्ता र स्वार्थको लालचमा बिक्छ तब उसको पटनका बाटोहरु फराकिलो हुदै जान्छ । आखिर त्यही भयो । जेलभित्र हुँदा रातदिन सहयोग गर्ने साथीभाइ संघसंस्थालाई बिर्सिएर उनलाई जस्ले अपराधी बनायो उनीहरुसंग हात मिलाए, मुद्दा भन्दा सत्ताको वरिपरि घुम्न थाले । रेशम चौधरी थारु समुदायको बिश्वासको रुपमा हेरिरहेका राज्यबाट पीडित नेता थिए । उनिबाट थारु समुदाय ठूलो आसा राखेको थियो तर बिश्वास जोगाउन सकेनन् । उनको आफ्नै दम्भ र घमण्डले आफैलाई कमजोर बनाइ दियो यो आत्म समिक्षा रेशम आफैले गर्नुपर्छ ।

परिवारवाद र पुजीवादीको बिल्ला भिरेर भौगोलिक सांस्कृतिक पहिचान सहितको थरुहट आन्दोलनको भ्रम छरेर यो देशका उहीँ सामन्ती नेताहरूसंग कन्धा मिलाइ सकेकोले अब उनिबाट कुनै किसिमको थारुहरुको मुक्तिको बाटो खुल्नेवाला छैन । लेखक थरुहट थारुवान राष्ट्रिय युवाशक्तिका अध्यक्ष हुन ।