मानसिक रोग : बाइपोलर डिसअर्डर (विकार)
बाइपोलर विकार एक मानसिक अवस्था हो जसमा व्यक्तिको सोच, धारणा तथा भावनाहरू स्थिर हुँदैन्न् । यस अवस्थामा, व्यक्ति प्रायः आफ्नो व्यवहार नियन्त्रण गर्न असमर्थ हुन्छ जसको कारण यो रोग लागेको व्यक्ति आफ्नो भावना र सोचलाई सहि र स्थिर बनाउन सक्दैन। असाधारण रुपमा ,अप्रतयासिशत, आकास्मिक र अत्याधिक मात्रमा मनस्थिति परिर्वतन हुने (mania) वा कहिले नैरासियताको अनुभव गर्ने (depression) मानसिक समस्यालाई bipolar disorder बाइपोलर डिसअर्डर भनिन्छ । अवसाद र उन्माद दुवै समस्या एकै चोटि देखिने अवस्थालाई बाइपोलर डिसअर्डर भन्ने गरिन्छ ।
सिता ३१ वर्षीया महिला हुन् । सितालाई उनका श्रीमानले क्लिनिकमा ल्याए किनभने उनको एक हप्ता अघि देखि असामान्य खाले व्यवहार र आचरणहरु गर्न थालेकी थिन् । उनी सामान्य अरु समय भन्दा धेरै कम सुत्ने र निरन्तर हिँडिराखन थालिन । सिताले पहिल धेरै राम्रोसगँ आफ्नो परिवारको हेरचार साह्रै कुशलतापूर्वक गर्थिन् अचानक घर र बच्चाहरूको हेरचाह गर्न पनि छाडी दिईन । उनी सामान्यभन्दा धेरै कुरा गर्न थालिन र प्रायः अवास्तविक र भव्य कुराहरू बोलिरहेकी थिइन्। उदाहरणका लागि, उनले अन्य मानिसहरूलाई निको पार्न सक्छिन् र उनी धेरै धनी परिवारबाट आएकी हुन् (वास्तवमा सिताको श्रीमान एक सामान्य कारखानामा काम गर्ने कामदार थिए) भन्दै र्बबराउदै हिड्न लागिन । उनले कपडा र सौन्दर्यको सामानमा पनि सामान्यभन्दा बढी पैसा खर्च गरिरहेकी थिइन्। जब सिताका पतिले उनलाई क्लिनिकमा ल्याउने प्रयास गरे, उनी धेरै रिसाईन र उनलाई हिर्काउने प्रयास गर्न लागिन यस्तो अवस्था देखेर सिताको श्रीमान एकदम डराए र परार्मशको लागि मनोचिकित्सकोमा गएर सल्लाह लिए । अन्ततः, मनो चिकित्सकका सल्लाह अनुसार उनका श्रीमानले सिताको उपचार आवश्यक ठानेर छिमेकीहरूको सहयोगमा क्लिनिकमा ल्याएका थिए । यो सम्पूर्ण अवस्थाको जाँच गरे पछि मनोचिकित्सकले बाईपोलार भएको प्रमाणित गरिदिए ।
बाइपोलर डिसअर्डरको कारण, लक्षण र उपचार यस प्रकार रहेको छ ।
बाइपोलरका प्रकारहरू(Types of Bipolar disorder): विशेष गरि बाइपोलर चार प्रकारका हुन्छन
बाइपोलर १ः यो बाइपोलर डिसअर्डरको सबैभन्दा गम्भीर रूप हो । यस प्रकारको विकारका लक्षणहरूमा व्यक्ति उन्माद तथा आवेगका एपिसोडहरू (कम्तिमा एक हप्तासम्म) र डिप्रेसन वा निरासापनको एपिसोडहरू (कम्तिमा दुई हप्तासम्म) देखिन्छन साथै धेरै पटक उन्मात एपिसोडहरू (मुड डिसअर्डरहरू) का लक्षणहरू गम्भीर हुन्छन्, जसले अस्पतालमा भर्ना हुन पर्ने समेत हुन् सक्छ । यो प्रकारको अवस्थामा उन्माद र डिप्रेसनका लक्षणहरू प्राय जसो सँगै हुने गर्दछ ।
बाइपोलर २ः यो प्रकारको डिसअर्डरमा बाइपोलर १ भन्दा अलिक सामान्य खाले लक्षणहरु देखा पर्दछ तर मानसिक, व्यवहारिक तथा भावनात्मक रुपमा असर भने देखिने गर्दछ । यद्यपि यस प्रकारको बाइपोलर भएको व्यक्तिले पनि बाइपोलर १ जस्तै अवसाद र उन्मादको एपिसोडहरू अनुभव गर्दछ तर उन्माद एपिसोडहरूको तीव्रता बाइपोलर १ विकारको भन्दा कम गम्भीर हुने गर्दछ । यसलाई हाइपोम्यानिक एपिसोड भनेर पनि भनिन्छ।
द्विध्रुवीय ३ः यो अवस्थामा सामान्य रुपमा एन्टीडिप्रेसन्टका लक्षण तथा हाइपोमेनियाका लक्षण देखिने बाइपोलर डिसअर्डरको हल्का रूपलाई अनौपचारिक रूपमा प्रयोग गरिन्छ भने त्यसलाई द्विध्रुवीय ३ ( बाइपोलर डिसअर्डर ३) भनेर भन्निछ । यस अवस्थालाई साइक्लोथाइमिया पनि भनिन्छ । यस प्रकारको बाइपोलर डिसअर्डरले धेरै थोरै मानिसहरूलाई असर गर्छ, तर यसको विशेषता यो हो कि यदि कुनै वयस्क यसको चपेटामा आए भने यसले उनीहरूलाई लगभग २ वर्षसम्म र बच्चाहरू र किशोरहरूमा यो एक वर्षसम्म देखिने गर्दछ । यद्यपि, यसको लक्षणहरू त्यति गम्भीर नहुने हुँदा यसको लक्षणहरू सजिलैसँग पत्ता लगाउन सकिँदैन ।
बाइपोलर ४ः केही विभिन्न प्रकारका बाइपोलर डिसअर्डरहरु हुने गर्दछ । जसमा असामान्य मनोदशा तथा कडा खाले मानसिक परिवर्तन तथा अवास्तविक धारणा र भावनाहरू अनुभव गर्ने तर यसको लक्षणहरू कुनै पनि प्रकारको बाइपोलर डिसअर्डरहरुसँग मेल नखाने त्यस प्रकारको बाइपोलर डिसअर्डरहरुलाई अनिर्दिष्ट (Unspecified) विकार भनिन्छ ।
बाइपोलर डिसऑर्डरको लक्षणहरुः
(Bipolar disorder symptoms म्यानिक वा उन्माद एपिसोडको समयमा हुने बाइपोलर विकारका लक्षणहरूः
ऊर्जा शक्तिमा वृद्धि
मतिभ्रम तथा अचानक मनोस्थितिमा वृद्धि
मन धेरै खुसि हुनु, चंचल हुनु,
आट र हिम्मत बढी हुनु तथा असाधारण विचारहरुको अनुभव
निन्द्राको आवश्यकता कमि भएको महसुस गर्नु
गीत गाउने, नाच्ने जस्ता कार्यक्रममा बढी सहभागी हुनु
रिसाउने र मैले जे भन्यो त्यो नै ठिक हो भन्ठान्नु र अरुले होइन भन्दा पनि विश्वास नगर्नु
आफुलाई महान ठान्नु र मसंग बिशेष किसिमको शक्ति छ भन्ने मान्नु
पहिलेभन्दा तीव्र गतिमा सोच्नु वा बोल्नु, बोल्ने निर्णय लिने क्षमता ह्रास आउनु ।
रमाइलो कार्यक्रममा बढी सहभागी हुने जस्तैः–(धेरै खर्च गर्ने, अनावस्यक व्यापार व्यवसाय गर्ने, यौनको सोच, चाहा तथा क्रियाकलापमा बढी सहभागी हुने)
गरिरहेको कामबाट छिट्टो ध्यान लगाउन र केन्द्रित गर्न नसक्नु ।
शारीरिक र मानसिक गतिविधिमा वृद्धि
तीव्र गतिमा सोच्नु वा बोल्नु, निर्णय लिने क्षमता ह्रास आउनु ।
सोच्दै नसोचि जोखिम पूण कामहरु गर्ने ।
अवसादग्रस्त एपिसोडहरूमा हुने लक्षणहरूः
कम ऊर्जा र थकानको महसुस गर्नु ।
एकलोपनको महसुस गर्नु ।
चिड़चिडापन वा उदासी चिन्ता र क्रोधको भावना बढनु ।
कम एकाग्रता अत्यधिक निद्रा वा सुत्नमा कठिनाई हुनु
भोक धेरै लाग्नु वा भोकको कमी हुनु ।
एकाग्रतामा कठिनाई हुनु वा स्मरण शक्तिमा ह्रास आउनु ।
खलिपन तथा दोष्को भावनाहरु
आाफु बेकार भइकोे भावना उत्पन्न गर्दै आत्महत्याको विचार आउनु ।
पहिले जुन कुराले अत्यन्त खुसी बनाउथ्यो ति त्यस्ता गतिविधिहरूमा पहिलाको भन्दा धेरैनै कम चासो हुनु वा रुचीमा कमि हुनु ।
बाइपोलर डिसऑर्डर को कारण
अन्वेषकहरूले बाइपोलर डिसअर्डरको विकासमा योगदान पुर्याउने कुनै विशेष कारणहरू अहिलेसम्म पहिचान गरेका छैनन् । द्विध्रुवी विकारको विकासमा योगदान पुर्याउने जोखिम कारकहरू यस प्रकार रहेका छन्ः
पारिवारिक इतिहासः द्विध्रुवी विकार हुने जोखिम ती व्यक्तिहरूमा बढी मात्रामा हुन्छ जसको वंशानुगतरुपमा परिवारका सदस्यहरू (आमा बाबु वा भाइ बहिनीहरू) यस रोगको सिकार भैई सकेको अवस्था र यस समस्याको माध्यमबाट गुजरिइको व्यक्तिहरुमा यो समस्या बढिमात्रामा देखिइको पाईन्छ । विभिन्न अध्ययन तथा तथयाड्ढहरूवाट के पुष्टि हुन्छ भने बाइपोलर डिसअर्डरबाट पीडित ८०–९०% बिरामीहरू डिप्रेसन वा बाइपोलर डिसअर्डर आनुवंशिक भएका छन् ।
वातावरणीय कारकहरूः यो समस्याको अर्को प्रमुख कारण भनेको व्यक्ति कुनै आघातपूर्ण वा तनावपूर्ण घटनाहरूको सामना गर्न असमर्थताले गर्दा द्विध्रुवी विकारलाई बढावा दिन सक्छ जस्तैः खराब सम्बन्ध, सम्बन्धविच्छेद, परिवारमा कसैको मृत्यु, गम्भीर रोग, पैसाको समस्या आदि।
मस्तिष्कको संरचना र कार्यः मस्तिष्क एक संवेदनसिल अङ्ख हो । मस्तिष्कमा कुनै किसिमले असर परेकोको खण्डमा व्यक्तिले आफ्नो जीवन सन्तुलन बनाउन सक्दैन । यदि मस्तिष्कको आकारमा भिन्नता वा केही मस्तिष्कमा पाई्ने रसायनीक तत्वहरुहरूमा कमि वा असंतुलन भएको अवस्थामा पनि द्विध्रुवी विकारलाई बढावा पुगेको अध्ययनहरुवाट पुष्टि भएको छ ।
बाइपोलर डिसअर्डर रोक्नका लागि कुनै निर्धारित उपायहरू छैनन्। यद्यपि, प्रारम्भिक लक्षणहरू पहिचान गर्न र रोक्न निम्न उपायहरू मार्फत मद्दत गर्न सकिन्छः
यदि कुनै व्यक्तिको परिवारको सदस्य बाइपोलर डिसअर्डरबाट प्रभावित छ भने, उसलाई यसको प्रारम्भिक लक्षणहरूबारे सचेत गराउन सकिन्छ।
पर्याप्त निद्रा लिनु,
तनावसँग कसरी व्यवहार गर्ने भनेर सिक्नु,
अत्यधिक लागुऔषध र क्याफिनको सेवनबाट बच्नु आदि।
बाइपोलर डिसअर्डरको निदानः बाइपोलर डिसअर्डरका लक्षणहरू बुझ्नका लागि डाक्टरहरूले पहिले बिरामीसँग कुरा गर्छन्। यसबाहेक, डाक्टरहरूले पूर्ण शारीरिक परीक्षण, रगत परीक्षण वा शरीर स्क्यान गरी बिरामीको शरीरमा अन्य रोगहरू पत्ता लगाउँछन् (जस्तै, थाइरोइड ग्रन्थिको अवस्था) जसको माध्यमबाट लक्षणहरू पत्ता लगाउन सकिन्छ । डाक्टरहरूले चिकित्सा इतिहास, पारिवारिक इतिहास, र अन्य चलिरहेको औषधिहरूको सूची पनि मूल्याङ्कन गर्छन् । केही डाक्टरहरूले लक्षणहरू राम्रोसँग बुझ्नका लागि बिरामीको परिवारका सदस्य वा साथीहरूसँग पनि कुरा गर्न सक्छन् ।
यदि डाक्टरलाई बाइपोलर डिसअर्डरको शङ्का छ भने, व्यक्तिलाई मानसिक स्वास्थ्य हेरचाह प्रोफेशनलबाट मद्दत लिन सल्लाह दिइन्छ । त्यस्ता व्यवसायीहरूले सामान्यतया बाइपोलर डिसअर्डरको प्रकार पहिचान गर्न लक्षणहरूको ढाँचा र तीव्रतालाई नजिकबाट बुझ्छन् । लक्षणहरूमा समानताका कारण, बाइपोलर डिसअर्डर विकार भएका व्यक्तिहरूलाई कहिलेकाहीँ गलत तरिकाले सीमा रेखा व्यक्तित्व विकार वा सिजोफ्रेनियाको रूपमा निदान गरिन्छ त्यसैले यो रोगको पहिचानको लागि विज्ञलाईनै देखाउनु पर्दछ ।
बाइपोलर विकारको उपचार (द्यष्उयबिच मष्कयचमभच तचभबतmभलत) यद्यपि बाइपोलर विकारको कुनै यकिन गरेर खास उपचार अहिले सम्म पनि पत्तालगाउन सकिएको छैन, तर त्यस्ता केही उपचारहरू छन् जसले लक्षणहरू कम गर्न मद्दत गर्न सक्छ ति यस प्रकार रहेको छ ।
औषधीहरूः तपाईँको लक्षणहरू नियन्त्रण गर्न तपाईँको डाक्टरले निम्न प्रकारका औषधिहरू लेख्न सक्छन्।
एन्टिसाइकोटिक्स (लक्षणहरू नियन्त्रण गर्न)
मूड स्टेबलाइजरहरू (लक्षणहरू कम गर्न)
एन्टी–डिप्रेसन्ट (यो यसको साइड इफेक्टको कारण विरलै प्रयोग गरिन्छ)
एन्टी–चिन्ता औषधि (म्यानिक एपिसोडको जोखिम कम गर्दछ)
यद्यपि, यी औषधिहरूका केही साइड इफेक्टहरू छन् । यदि तपाईँ यी औषधिहरू लिनुहुन्छ भने, तपाईँ निम्नको जोखिममा हुन सक्नुहुन्छः बाइपोलर डिप्रेसनको जोखिम वजन बढ्ने यी औषधिहरूले प्रभाव देखाउन धेरै महिनाहरू लिन्छन् । यदि यो रोगलाई समाधान गर्नु छ भने
साइकोथेरेपीः
यो एक चिकित्सा पद्दति हो जसको मद्दतले विचार, व्यवहार र भावनाहरूलाई सम्बोधन गर्दछ जसले विकारलाई सहि र उचित मार्गदर्शन, समर्थन र शिक्षाको माध्यमबाट परिवर्तन गराउछ । यस उपचारमा मनोशिक्षा९उकथअजय भमगअबतष्यल० एक विशेष किसिमको थेरापी जसले यो विकारको बारेमा थप जानकारी प्रदान गर्दछ र यो समस्याको बारेमा वैज्ञानिक हिसाबको चेतनाको बुझाईको विकासमा मद्दत पुर्याउदछ ।
संज्ञानात्मक व्यवहार थेरापी (सीबीटी) एक प्रकारको थेरापी हो जसमा समस्याको पहिचान पछि उक्त समस्याको समाधान गर्न व्यक्तिको सोचने र व्यवहार गर्नेे तरिका कसरि तरिकाबद्ध हिसाबले परिवर्तन गर्ने वैज्ञाकि उपचार पद्धति हो । सीबीटी को मद्दत द्वारा बाइपोलर विकारको उपचार सहज र सहि तरिकावाट गर्न सकिन्छ ।
परिवार केन्द्रित थेरापी (यस थेरापीमा सम्पूर्ण परिवारले सँगै राखेर पारिवार सँग सम्बन्धित कुनै प्रकारको समस्या भएको खण्डमा उक्त समस्याको पहिचान बिना उपचार सम्भव नहुने हुदाँ परिवारको सदस्यहरुलाई सँगै राखेर काम गर्दछ ताकि प्रभावित व्यक्तिलाई निको पार्न सकियोस)
इन्टरपर्सनल र सोसल रिदम थेरापी इलेक्ट्रो कन्भल्सिभ थेरापीः यस थेरापीमा, पहिले व्यक्तिलाई सामान्य एनेस्थेसिया दिइन्छ र त्यसपछि उसको मस्तिष्कका विभिन्न भागहरूमा विद्युत प्रवाह दिइन्छ। यस उपचारको साथ, तपाईंको अवसाद र उन्मादको उपचार गर्न सकिन्छ। यो अन्य उपचारहरू असफल भएपछि दिइन्छ र आत्महत्या गर्ने विचारहरू भएका मानिसहरूका लागि पनि प्रभावकारी हुन्छ।
स्वस्थ आहार/दैनिक व्यायामः
एरोबिक व्यायामले तपाईंलाई राम्रो सुत्न मद्दत गर्दछ र यो शाररिक व्यायामले डिप्रेसन, उन्माद जस्ता लक्षणहरुमा पनि फाइदाजनक हुने गर्दछ, त्यसैले हरेक दिन केही समय व्यायाम गर्नुपर्लछ । यो रागको सफल उपचारको लागि स्वस्थ तथा पौष्टिक जन्य आहार अनिर्वाय खान जरुरी हुन्छ । खाना साथै शुद्य पानि पनि दिमागलाई स्वस्थ बनाउन आवश्यक हुन्छ । स्वस्थ आहारको साथसाथै, तपाईंल शरिरकोे वजनलाई सहि व्यवस्थापनको लागि व्यायाम पनि गर्न अति आवश्यक हुन्छ । स्वस्थ आहारलेनै शरिरलाई प्रयाप्त पौष्टिक तथा शक्ति प्राप्त हुन्छ । जब शरिर स्वस्थ रहन्छ तब अनिवार्य रुपमा भावना , संवेग तथा मनोवैज्ञानिक पक्षलाई पनि सबल रहन मद्दत पुग्दछ ।
जर्नल लेखनको सुरुवातः जर्नल लेखन एक उत्कृष्ट लेखन अभ्यास हो जसमा आप्नो भावना ताथा सोचाई अरु सित व्यक्त गर्न नसकेको र आफुलाई समस्या परेको कुरा दिनको समाप्तिमा लेखिने मनका कुरालाई जर्नल लेखन भन्निछ । यो अभ्यासमा व्यक्तिलेले आफ्नो मनमा , सपनामा तथा भावनामा परेको मनोदशा आदि नोट गर्ने गरिन्छ र यसमा विशेष गरी आफ्नो दैनिकि जीवनमा परेको प्रभावको रेकर्ड राखिन्छ ।
मदिरा तथा लागूऔषधको दुरुपयोगः
यदि तपाईँले धेरै रक्सी र लागुऔषधको सेवन गर्नुहुन्छ भने, यसले तपाईँको शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई पनि असर गर्छ, त्यसैले तिनीहरूको सेवन बन्द गर्नुपर्दछ । यदि बढि मात्रामा रक्सी र लागुऔषध तथा नशाको सेवनले पनि यो रोगलाई प्रत्यक्ष प्रभाव पार्दछ । मदिरा तथा लागूऔषधको दुरुपयोगले व्यक्तिको मानसिक स्वास्थ्यमा प्रतिकूल असर देखाउछ । तसर्थः बाईपोलार विकारको जटिलताहरु समयमा उपचार गर्नु सकिएन भने, तपाईँले धेरै जटिल समस्याहरूको सामना गर्नु पर्ने हुन् सक्छ ति हुनः
वजन बढ्नु, मधुमेह, हृदय रोगको जोखिम ।
यदि तपाईँ बाईपोलार विकारको बिरामी हुनुहुन्छ भने, तपाईँलाई पहिले नै तनाव विकार जस्ता केही समस्याहरू हुन सक्छन् र यी समस्याहरूले तपाईँको उपचारलाई अझ गाह्रो बनाउन सक्छ ।
बाईपोलार विकारका लागि वैकल्पिक उपचार
ट्रान्सक्रेनियल चुम्बकीय उत्तेजनाः यस प्रक्रियाको क्रममा, चुम्बकीय तरंगहरू तपाईंको मस्तिष्कका विभिन्न भागहरूमा दिइन्छ।
वागस स्नायु उत्तेजनाः पेसमेकर जस्तो उपकरण तपाईँको कलर हड्डीको छेउमा रोपिन्छ। यो उपकरणले तपाईँको मस्तिष्कमा विद्युतीय सङ्केतहरू पठाउँछ ।
जब कुनै व्यक्तिको डिप्रेसन लामो समयसम्म रहन्छ र उनीहरूले आत्महत्या गर्ने विचार गर्न थाल्छन् तब उक्त बिमारीलाई उपयूत्त परामर्श तथा चिकित्सकको सल्ला बमोजिम अस्पतालमा भर्ना गरी पनि उपचार गर्नूपर्ने देखिन्छ । यदि तपाईँलाई थाहा भएको कोही बाइपोलर डिसअर्डरबाट पीडित छन् भन्ने जानकारी तपाईँ थाहा भएमा, तुरुन्तै उसलाई चिकित्सा सहायता लिन सुझाव दिनु पर्छ किनभने यदि यसको उपचार गरिएको छैन भने, यसले अझ गम्भीर रूप लिन सक्छ । (थापा नव उपकार नेपाल को परामर्शदाता हुन् ।)













