स्तनपान : महत्व, चुनौती र अवको बाटो

विश्व स्तनपान सप्ताह २०२४ अगस्ट १ देखि ७ (१७-२३ श्रावण २०८१) स्तनपानमा समानता स् सबैको सहयोग र सहभागिता भन्ने मूल नाराका साथ संसारभर विभिन्न किसिमका जनचेतना, शिक्षा र वकालत गर्दै मनाईदै छ । यो सप्ताह स्तनपानको महत्व र शिशु र आमालाई फाइदा बारे प्रवर्धन गर्न मनाईन्छ ।
नेपालमा पूर्ण स्तनपानको दर घट्दै गईरहेको छ, NDHS अनुसार सन् २०११ मा ७०%, सन् २०१६मा ६६% र हाल सन् २०२२ मा घटेर ५६% रहेको छ । सन् २०३० सम्ममा ९०% भन्दा बढी पूर्ण स्तनपानको दर पुर्याउने लक्ष्य रहेको छ जुन हालको प्रगति हेर्दा हासिल गर्न असम्भब जस्तै बनेको छ । हाल सन् २०२२को नव शिशु मृत्युदर २१ प्रति हजार जीवित जन्ममा र वाल मृत्युदर ३३ प्रति हजार जीवित जन्ममा रहेको छ ।

पूर्ण स्तनपानका लागि शिशु जन्मे देखि ६ महिना सम्म आमाको दुध मात्रै खुवाउनु पर्दछ । बच्चाको राम्रो वृद्धि र विकास गर्नका लागि पूर्ण स्तनपान विश्वव्यापी रुपमा सबैले स्वीकार गरेको सर्बोकृष्ट पोषण हो, दुधमा प्रशस्त मात्रामा पानी र पौष्टिक तत्व पाइन्छ । जन्मेको १ घण्टा भित्रै बोतल वा निप्पलको प्रयोग बिना स्तनपानको शुरुवात गरिनु पर्दछ । आमाको दुध सुरक्षित र एन्टी बडीले भरिपूर्ण छ जसले मुख्य मृत्यु गराउने निमोनिया र झाडापखाला बाट बचाऊछ । जन्मे देखि २ वर्ष सम्मका बच्चाहरुलाई उच्चतम स्तनपान गर्नले संसार भरिका लगभग ८ लाख बालबालिकाहरुको मृत्यु हुन् बाट जोगाउन सकिन्छ ।

स्तनपानको प्राकृतिक गुणले शिशु र बालबालिकाहरु बाँच्ने, पूर्णरुपमा वृद्धि र विकास हुने सम्भावना हुन्छ । स्तनपानले स्वस्थ मस्तिस्कको विकासलाई बढवा दिन्छ साथै संक्रामक रोगहरु, कुपोषण र मृत्युदरको तिन गुणा भार रोकथाम गर्नका लागि आवस्यक रहेको छ । साथै यसले मोटोपना र नसर्ने रोगहरु जस्तै मधुमेह, रक्तचाप आदि हुने जोखिमलाई पनि कम गर्दछ । स्तनपानले गर्भ निरोधकको काम गरि जन्मान्तर बढाउन मदत गर्दछ । स्तनपानले आमालाई स्तन र पाठेघरको क्यान्सर, मधुमेह र मुटुको रोग लगायत नसर्ने रोगहरु बाट बचाउन मदत गर्दछ । जन्मेको ६ महिना सम्म आमाको दुध मात्रै खुवाउन, र ६ महिना पश्चात स्तनपान संगै थप तथा पुरक खाना र लगातार दुई वर्ष सम्म स्तनपान गराउन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । तै पनि, समुदायमा धेरै जसो स्तनपान गराउन सक्ने र चाहने आमाहरुले बिभिन्न स्तनपानका बाधा अवरोधहरुको सामना गर्दछन ।

स्तनपानका अवरोधहरु :
लैगिक असमानता
संस्कृतिक रितिरिवाज जस्तै छोरा छोरिको पास्नी
कार्य स्थालमा स्तनपान गराउने ठाउंको व्यवस्था नहुनु
शहरीकरण, आमाको दुध प्रतिस्थापन गर्ने बस्तुको सहज बजारीकरण र उपलब्धता
मातृ तथा प्रजनन अधिकारको प्रभावकारी कार्यन्वयन नहुनु
यी अवरोधहरुले स्वास्थ्य प्रणाली, कार्यस्थल, समुदाय र परिवार प्रत्यक्ष प्रभाव पर्दछ । मातृ तथा प्रजनन स्वास्थ्य सम्बन्धि नीतिको कमजोर कार्यानवयन, तलवी सुत्केरी र सुत्केरी स्याहार विदा, स्तनपानका लागि विश्राम र सुबिधाको कमिले स्तनपानलाई असर गर्दछ ।

NDHS २०२२ को तथ्यांक अनुसार शिक्षित आमा ५३% र उच्च आय भएका ४४% परिवारको पूर्ण स्तनपान अशिक्षित् आमाको तुलनामा ६५% र न्यून आय भएका परिवारको तुलनामा २०% ले कम रहेको छ । स्तनपान लाई सहयोग गर्न परिवार, समुदाय र ३ तहका सरकार संग आर्थिक, शैक्षिक र क्षमताको अभाव रहेको छ । ब्यक्तिगत तहमा स्तनपानको महत्व, सौन्दर्य मोह, अपर्याप्त हेरचाह आदि जस्ता स्तनपानका चुनौतीहरु रहेका छन् । प्रभावकारी परामर्श, सहयोग र स्तापनका लागि आवस्यक व्यवस्थापनको साथै नीति र वित्तीय सहायता, स्थानिय सरकार र समुदाय परिचालन मार्फत स्तनपान सम्बन्धि बाधा र चुनौतीहरु लाई सम्बोधन गर्न सकिन्छ ।

मुख्य संदेशहरु :
आमाको दुध अमृत समान हुन्छ, यो पूर्ण खाना हो जसले बच्चाको राम्रो वृद्धि र विकास गर्न सहयोग गर्दछ । बजारमा पाइने फर्मुला दुध आमाको दुधको तुलनामा कैयौं गुणा नराम्रो हो ।
शिशु जन्मेको १ घण्टा भित्र जति सक्दो चाँडो आमाको बिगौती दुध खुवाउनु पर्दछ, यो पहिलो खोपको रुपमा काम गर्दछ, जस बाट संक्रामक रोग संग लड्ने क्षमता मिल्दछ ।
पूर्ण स्तनपानका लागि शिशु जन्मे देखि ६ महिना सम्म आमाको दुध मात्रै खुवाउनु पर्दछ, यो पूर्ण खाना हो जहाँ वृद्धि र विकासका लागि प्रशस्त मात्रामा पानी र पौष्टिक तत्व पाइन्छ ।
शिशुको ६ महिना पुरा भएपछि थप तथा पुरक खानाका साथै कम्तिमा २४ महिना सम्म निरन्तर स्तनपान गराउनु पर्दछ, जसले कुपोषण र पछि हुने मोटोपना र नसर्ने रोग हुन् बाट बचाऊछ ।
स्तनपानले आमाको स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह र उच्च रक्तचाप हुन् बाट रोक्दछ ।
जम्मा ५५ ५ बच्चाहरुले मात्रै जन्मेको १ घण्टा भित्र स्तनपान गर्दछन र केवल ५६५ बच्चाहरुले पूर्ण स्तनपान जन्मेको ६ महिना सम्म गर्द्छन् । NDHS २०२२
बच्चा जन्मे पछिको वातावरण मा अनुकुल गर्न बच्चा रोइरहने तथा राति कम सुत्नु जस्ता लाई बच्चालाई दुध नपुगेको संकेतका रुपमा हेरिनु गलत धारणा हो ।
आमाको दुधलाई कोठाको तापक्रममा ४-६ घण्टा सम्म र रेफ्रिजिरेटरमा ३-८ दिन सम्म भण्डारण गर्न सकिन्छ ।
स्तनपान पूर्ण रुपमा आमाको जिम्मेवारी होइन, यो श्रीमान, परिवार, समुदाय र सरकारको दायित्व पनि हो ।

अवको बाटो :
सरकारी, निजि र सार्वजनिक स्थलमा स्तनपान कक्षको स्थापना जसले, कुनै हिच्किचाहट विना महिलाले जहाँ पनि जहिले पनि स्तनपान गराउन सक्ने सुनिस्चिता गरिनु पर्दछ ।
कार्यस्थलमा आमाको दुध खुवाउनका लागि आवस्यक प्रवन्ध र सुबिधा मिलाउनु पर्दछ ।
स्थानिय, प्रदेश तथा संघिय सरकारले मातृ तथा प्रजनन स्वास्थ्य अधिकारको प्रभावकारी कार्यन्वयन, थप सुत्केरी तथा स्तनपानका लागि बिदाको व्यवस्था गरिनु पर्दछ ।
स्थानिय तहमा स्तनपानको संरक्षण तथा प्रवर्धन गर्न र आमाको दुध लाई प्रतिस्थापन गर्ने बस्तुको बिक्रि तथा वितरणमा नियमन गर्न स्वास्थ्य शाखा प्रमुख निरिक्षक हुने नीतिगत व्यवस्था बमोजिम खटाउन आवस्यक रहेको छ ।

समुदायमा पूर्ण स्तनपान बारे सचेतना तथा शिक्षा प्रदान गरिनु पर्दछ ।
अन्तमा, स्तनपानले हाम्रो समाजमा समानताको रूपमा काम गर्न सक्छ र स्तनपान सहयोग र अवसरहरूमा सबैको पहुँच सुनिश्चित गर्न विभिन्न प्रयासहरू गरिनु पर्छ। जोखिममा रहेका आमाहरू जसलाई स्तनपान असमानता कम गर्न थप सहयोग चाहिन्छ। विशेष गरी जोखिममा परेका समूहहरूलाई स्तनपान गराउन सहयोग गर्न नागरिक समाज, तिन तहका सरकारहरू, नीतिनिर्माता, स्वास्थ्य प्रणाली, कार्यस्थल, समुदाय र परिवारको उल्लेखनिय भूमिका हुनुपर्दछ।

(कुश्मी अनुसन्धानकर्ता, जनस्वास्थ्यकर्मी र आदिवासी स्वास्थ्यकर्मी हुन् । उहाँ हेमोग्लोबिनोप्याथिका बिरामीहरूको स्वास्थ्य सेवामा पहुँच सुधार गर्न काम गर्नुहुन्छ ।)