यसपालीको दशै मेरो लागि रङ्ग उडेको तस्बिर जस्तै फिका भो !
सरिता सँग मेरो परिचय बिगत दश वर्ष पुरानो हो । बेला बखद भेटघाट भै रहन्छ । हामीलाई एक अर्काको पारिवारिक कुराहरु प्राय थाहा हुन्छ । हरेक समस्यामा हामी दुवै मिलेर सामाधान गर्ने कोसिश गर्छौ । यसपालि दशै पछि भेटघाट भएको छैन । उनी गाउँ गएकी थिईन । बिचमा फोनमा पनि कुराकानी हुनपाएको छैन । दशैं सकिएपछि उनको फोन आउँछ कि भन्दै प्रतिक्षामा थिए, तर फोन आएन । उनी र मेरो दिनमा एक पटक फोनमै भएपनि कुरा नगरेको दिन नै हुदैनथ्यो । तर यस पटक लामो समय सम्मापनि कुरा हुन नपाउँदा मन आत्तिएको थियो । त्यस पछि म आफै फोन नम्बर डायल गरे । फोनको पुरै घण्टी गयौ, तर फोन उठेन । मनमा टलटल बढ्यो कहि कटै उनी समस्या मा त छैन्न !
एक छिनमा मोबाइलको घण्टी बज्यो । हत्तारिदै फोन उठाएँ । पहिलो शब्दमै गाली गरे । यतिका दिन सम्मा मेरो याद आएन । दशैमा गाउँ गएर मलाई नै बिर्सिस् । मेरो कुरा सकिन नपाउदै उनले भनिन ‘अरुको के कुरा गरु सानु, म आफैलाई बिर्सिसके । यसपालीको दशै मेरो लागि रङ्ग उडेको तस्बिर जस्तै फिका फिका भो ।’
उनले, अनि तिम्रो दशैं कस्तो भयो ?
मैले, ठिकै भयो । अरु वर्षको जस्तो रमाईलो चाँही भएन ।
उनले, ल ल अहिले म काममा छु एक दुई दिनमा भेटौला अनि मनको बह पोखौला ।
मैले, हस भन्दै फोन राखे ।
हाम्रो कुरा भाको दुई दिन पछि सरिता ले पुनः फोन गरिन् । सानु तिमीसँग आज समय छ ? दिउसो तिर भेट्औं ?
मैले हुन्छ भने ।
तर कहाँ भेट्ने ?
उनले चौलानी मै भेट्ने कुरा गरिन् । मैले भने चौलानीको कफि न पिएको नि धेरै भो । होत नि हामीलाई खोजी बस्या होला चौलानी क्वलबले । तिम्रो कुरा नी यस्तै हुन्छ चाडै आउ, म त्यहि आउछु भन्दै फोन राखिन् ।
सधै भेटिराख्ने भए पनि खै किन हो, त्यो दिन भेट्ने कुरा गरिराख्दा अरु दिन भन्दा फरक महशुस हुदै थियो । छिटो छिटो घरको काम सकाएर निस्के । उनि म भन्दा पहिले नै चौलानी पुगेछिन् । कफी पनि अडर गरिसकेकी रहेछिन । म त्यहाँ पुग्नासाथ टेवलमा कफी आइहाल्यो । सरिताले मलाई हेरेर फिस्स हाँसिन । त्यो हाँसोमा कँहि कतै मलिनता मिसिएको जस्तो थियो । अनुहार सधै उज्यालो, चम्किलो देखिने सरिता त्यस दिन फिक्का अनुहार बनाएका थिईन् । उनको त्यो मलिनताले मलाई भावुक बनायो । तलदेखि माथि सम्म हेरे । मनमा जति पीडा भएपनि बाहिर चितिक्क देखिने उनी त्यो दिन निक्कै फरक देखिएकी थिईन् । कपाल पुरै डल्लो गुटीमुटी पारेकी हातखुत्ताको नङ्गमा नेलपलिस चत्काचत्की तितर बितर थियो । आँखाको दिल आशुले लपक्क छोपेको अनुहार च्यास्स परेको ख्याउटी देखिएकी थिईन ।
म केहि बोल्न सकिन उनीमा आएको परिवर्तनले म अक्क न बक्क भए । सधै मलाई बोल्न पालो नदिने मान्छे त्यस दिन केहि बोलिनन्
विस्तारै कुरा गर्ने माहोल बनाए । शुरुवात मै दशै कस्तो भयो, के के गर्यो भनि कुरा अगाडी बढाए । गाउँको बसाई नि ? आशुले लुप्त आखाँले पुलुक्क मलाई हेर्दै मुख खोलिन । के के गर्नु नि, हुने नहुने सबै भयो । मेरो लागि यसपालीको दशै फिका फिका रह्यो । नुन बिनाको तरकारी जस्तै, पानी बिनाको बगर जस्तै, विधवाको उजाड सिउदो जस्तै ।
भो भो आफ्नो साहित्य आफैसँग राख । भन कुरा के हो ?
लामो सास तानि र भनिन कसरी भनु तिमीलाई यस्तो दोषाद मा आएर अड्कीएकी छु । म, न पारी जान सक्ने न वारि फर्किन सक्ने भाछु ।
भन न ! भाको चाहि के हो ? म तिम्रो यो हुलिया देखेर आत्तीसके ।
लामो सुस्केरा तान्दै, तोताको धागो उधारे झै कुरा धररर फुकालीन ।
अरु दिन घरमा बस्न नपाएपनि दशैको टिकाको दिन घर जाने मेलो मेसो मिलाको थिए । अफिस कुर्ने मान्छे कोही थिएन । साँझ पख फर्किने गरि बिहानै बुढा बुढी गाउँ गयों । मनमा एक खालको खुशिको रंग छाएको थियो । फुफु फुफाजु नन्द अमाजु भिनाजु सबै आउने कुरा थियो । टिका थाप्न पाहुनाहरुलाई खुलाउन यो पकाउला त्यो पकाउला भनि सोच्दै घर पुगे । मलाई घरमा पाहुना आको असाध्यै मन पर्छ मेरो माईतिमा बाबाले जहिले नि भन्ने गर्थ्ये, घरमा आको पाहुना त भगवान सरह हुन । हरेक चाडपर्व आउदा मेरो बाबाले भनेका कुरा सम्झना आउने गर्छ त्यसैले पाहुनाहरुलाई खुशी कसरी पार्न सकिन्छ भन्ने प्रयास हुन्छ मेरो ।
घर पुगेर सरसमान मिलाए बज्यै सासुलाई भेट्न गए बज्यैले मलाई असाध्यै मायाँ र बिश्वास गर्नु हुन्छ । एउटा सितामोल खादा मलाई सोधेर खानु हुन्छ यति मात्रै कहाँ हो र अन्य धेरै कुरामा ममाथि भरोसा गर्नु हुन्छ । बज्यै को घरमा पाईला टेकेको के थिए, बडो उत्साहित हुदै मेरो छेउमा आएर भन्नु भयो यता सुन त आज एउटा अर्को काम पनि गर्नु पर्ने हो । तिम्रो देवरले बुहारी भगाएर ल्याएको एक वर्ष भैसकेको छ अब धेरै ढिलो भैसकेक्यो दशै संगै बिहे पनि सक्काउनु पर्छ । तिम्रो सासुले केके तयारी गरेछ के के गर्ने हो तयारी गर बिहे गर्ने कुरा भयो ।
मन्दिरमा पुजारी बालाई फोन गरेर सोधे केके सामान चाहिन्छ भनेर उहाँले धेरै सहज तरिकाले सल्लाहा दिनु भयो तिन बजेको समय दिनु भयो म एकदमै हतारिए जिन्दगीमा एक पटक बिहे हुने हो सानो होस या ठुलो । बिहे त बिहे नै हो नि । म बिहेको तयारीमा जुते सबै नाता आफ्न्तलाई अलि चाडै आउन आग्रह गरे ।
आज घरमा टिका मात्रै हैन भाईको बिहे पनि छ । भन्दै सबैमा जानकारी भयो । उता के को खासखुस हो मेरो कुरा काट्दै हो क्या हो होईन, आज दुई वटै बिहे खाउ जस्तो लाग्यो कान्छी फुफुले भन्नु भो । उति बेलै माहिली फुफुको इन्त्री भो मेरो कोठामा । म बेहुलीलाई तयार पार्दै थिए माहिली फुफुले प्वाक्क बोल्नु भो अरुको मात्र बिहे गराउने आफु चाहि कहिले खुलाउने आज त हामी तिम्रो बिहे नखाई छोद्दैनौ कहाँ बिहे खुलाउनु बुढेस कालमा अब छोरोको बिहे खाने । फुफुले जिस्कदै भन्नु भो । अह हुदैन हुदैन तिमी हरु बिहे कहाँ कसरी गरेयो हामिलाई थाहा छैन आज हाम्रो अगाडी बरमाला लाउनै पर्छ भतिजोले बेला बेलामा हामीलाई भन्छ मेरो त बिहे कहाँ भाको छ र तिमीहरु कसैले देखेको छैनौ भन्छ त्यो भन्दा सम्म फुफुको कुरा मजाक जस्तो लागिराको थियो मलाइ ।
म काममा ब्यस्त भैहाले फुफुहरु हाम्रो बिहेको तयारी गर्दै थिए । मलाई थाहै नदिई । बेहुली तयार पारेर म पनि तयार भए । काम गर्नु पर्छ भन्ने सोचेर सारीको सत्ता धोती लाउछु सजिलो हुन्छ भने । छेउबाट अवाज आयो, हुदैन सारी लगाऊ । मेरो छ त, ब्याग बाट निकालेर काकी सासुले दिईन् । नाई भन्दाभन्दै सारी लाउनु पर्यो । तीन बज्न नपाउँदै बाहुन बाजेले फोन गरेर छिटो आउ भन्दै बोलायो ।
बिहुलीलाई गाडीमा राखेर मन्दिर गयो । हामिलाई मन्दिर पुगाएर काका भतिज बजार गए । मलाई थाहा थिएन, पुजारी बा ले बिहे गराउने सुरसार गर्न थाले । काका भतिज आएनन् बुढोलाई फोन गरे । कहाँ हो ? भाईको बिहेमा आउनु पर्दैन ? छिट्टै आउनु । उहाँले म आउदैन केके गर्दै छौ हँ हाम्रो नि बिहे गराउने भन्दै छन् । काकाले हाम्रो लागि माला किनीसके म त भाग्छु मन्दिर त आउदै आउदैन । म सम्झाए जबरजस्ती कहि बिहे हुन्छ आउनु त पहिल ।
तर उहाँ, मान्नु भएन बाइक चढेर हुइकिनु भयो । कसैको सुन्नु भएन । पछि त मोबाइल नै अफ भयो । उता बिहेको कार्य शुरु छ, यता सबै परिवारको सबै सुन्नु परिरहेको छ मलाई । जसरी हुन्छ बोलाउ भन्दैछन् । मेरो मन एकदमै भारी भयो ।
सबै जना हसिला देखिन्थे । आफ्नो मनमा कालो बादल छाईरहेको थियो । बनावटी मुस्कानको साहाराले बिहे सकाएर घर फर्के । सबैले उहाँकै कुरा काटेर बसे । तर यो सोचेनन् कि, उहाँ किन त्यहाँबाट भाग्नु भयो । सोचुनन्पनि पनि कसरी । हामी बिच जस्तो भएपनि बाहिर वाव भन्ने जोडी जो हौं । उ गलत छ, यति भन्दा नि नमान्ने दशै बिहे भन्दा नि हाम्रै चर्चा बढी भयो यता म भित्र सात वर्ष पहिलेकै पीडाले भरिभराउ पाना पल्तीन थालेको थियो ।
एक छिन टक्क रोकिइन
अनि के भएको थियो र सात वर्ष पहिले त्यो कहिल्यै भनेनौ ।
उनले भनिन् आफ्नै मन अदालत आफ्नै मन न्यायधीस बन्दै आए कहाँ कसलाई सुनाउनु मलाई मेरो बुढालाई र बुढाको एक्सलाइ बाहेक अरु कसैलाई थाहा छैन । यो कुरा २०७० सालको हो । मेरो बुढालाई एक जना केटी मन परेछ र उनिसँग बिहे समेत गरेछन् । मलाई थाहै थिएन ? बजारमा गाउँमा अलि अलि हल्ला सुनेको त थिए तर आफुले प्रमान न भेटाउन्जेल कसरी भन्नु । कहिले काहिँ बुढा निरास हुँदा ननमजा लाउथ्यो । सोच्थे, मैले दिने मायाँमा केहि कमि पो भयोकी !
हुन त उहाँले धेरै पटक विश्वास ताड्नु भयो तर म ति सबै लत्याउँदै गए । त्यसैको फाईदा उठायो होला सायद । एक दिन उहाँले भन्नु भयो । सरिता, तिमी एक महान नारी हो तिमी समझदार छौ । तिमी मलाई बुझने छौ । मैले जिवनमा ठुलै गल्ती गरेको छु जुन गल्ती तिमीले माफी दिन मिल्ले खालको त छैन तर पनि मलाई विस्वास छ कि तिमीलाई माफ गरिदिन्छौं । आज ठुलो हिम्मत जुताएर भन्दैछु प्रेम गर्छु भनेर हुदैन प्रेम आफसे आफ हुन्छ । थाहै नपाई म पनि एक युवती को प्रेममा लिप्त छु । हामी धेरै अगाडी बढिसकेका छौ । मैले उनीसँग बिहेपनि गरिसके ।
मैले प्रमाण के छ हजुर सँग बिहेको भनेर सोधे ?
हेर्न चाहान्छौ भन्दै मोबाइलमा सिउँदो भरि सिन्दुर पोतिएको युवतीलाई अङ्गालो हालेर खिचेको फोटो देखायो ।
म केहि बोल्न सकिन बस यति मात्र भने, अब के गर्ने ?
केहि नाई जिवनमा अहिले सम्म बिहे गरेको थिएन त्यहि भएर गरे । उपरान्त यस्तो गल्ती गर्ने छैन तिमी मान या नमान जुनि काट्ने तिमीसँगै हो ।
म निशब्द भए ! मुख खोल्नै सकिन । आँखा तोलायो, मन भित्रको पीडा असह्य भयो । बिगतको सम्बन्धको धज्जी उडेको भान भयो । सिरमा सिन्दुर हाल्दा मात्रै श्रीमान श्रीमती हुन्छन र ! बिहे त एक अर्काको मनदेखि हुनुपर्छ । दुनियालाई देखाउनको लागि मात्रै हुँदैन । समाजमा हामी उदाहरणीय जोडी बन्नु पर्छ भन्ने सोच उहाँ कसैको सिन्दुर रङ्गाउने चाहानालाई मैले बुझ्न नसकेको रहेछु भन्ने मनमा पश्तापमा डुबे ।
मैले फेरी सोधेँ, यत्रो भनिराख्दा तिमीलाई रिस उठेन ?
उसले भन्यो, उठेपनि के नै गर्न सक्थे र ! जे नहुनु भैसक्यो । मैले रोएर कराएर हुने वाला केहि थिएन त्यति बेला धेरै बोल्न उचित थानिन् ।
सुतेको मान्छेलाई ब्यूँझाउन सजिलो हुन्छ, तर सुतेको बहाना गर्नेलाई गाह्रो हुन्छ ।
त्यो दिन राती म निदाउँनै सकिन । उहाँ मस्त निन्द्रामा हुनुहुन्थ्यो । म उठेर उहाँले थाहा नपाउने गरी हातका औलाहरु सुमसुमाए । मन भतभती पोलिरहेको थियो । यहि औला होइन र ति युवती को सिन्दुर भर्ने ? मन झसङ्ग हुन्थ्यो, होइन यो हुनै सक्दैन !
मन भक्कानियो । उहाँको ति सिलिक्क परेको ओठ ठुला ठुला आँखा एक नासले हेरिरहन मन लाग्यो जहाँ, म प्रेमको भाव ब्यक्त गर्दै चुम्बन गर्थे । तर त्यो ओठ त जुठो पो रहेछ । ओधेको दसना हताएर मन निदाउने उहाँको छाती हेरे, त्यो पनि अरु कसैको भैसकेको पाएँ । सधैँ झै ति ओठ ति आँखा ति छातीमा चुम्बन गर्न कोसिस गरे, तर सकिन ।
मेरो मन धुजा धुजा भईसकेको थियो । आँखामा निन्द्रा थिएन, मनमा उमंग । झ्यालबाट भित्र छिरेको चिसो बतासले मन झस्किने गरि हानिराको थियो । घडी हेरेको बिहानको तीन बजेछ । बिस्तारा एउटै थियो पल्त्यौ भने उनिसँग छोइन्छ की भन्ने डर । रीस तनाव र डर मिश्रित धड्कनले छाती पोल्थ्यो । बिहान नन्दलाई फोन गरे ।
आज मलाई सन्चो छैन नानी । अफिसमा काम गर्न सक्दिन बच्चाहरुलाई स्कुल पठाउनु छ, अफिस आउनुस न ।
हुन्छ भाउजु भन्दै नन्द एकै छिनमा आउनु भो, केहि दिन नानी लाई अफिसमै बस्न अनुरोध गरे ।
म पुरै गलिसकेका थिए । करीब एक हप्ता पछि बिस्तारै बिस्तारै मन बहलाउने कोशिस गरे । एका एक मन भक्कानेर आउथ्यो हप्ता दश दिन निकै गाह्रो भयो । कहिँ निस्कन मन लाग्दैन थियो । बाटो हिड्दा सबैलाई आफुतिरै हेरेको जस्तो लाग्थ्यो । धर्ती पुरै भासिए झैँ हुन्थ्यो । उनको अनुहारै हेर्न मन लाग्दैनथ्यो ।
किन नि रिस उठेर हो हेर्न नसकेको ?
होईन नि, रिस भन्दा नि दया लागेर । कुनै बेला उस्ले मलाई भेट्न नपाउँदा मलिन अनुहार लिएर आँखामा आँखा जुद्दा उसका चटपताहात गायब हुन्थ्यो । उनलाई तड्पेको देख्दा आफैलाई सक्काई दिऊ जस्तो लाग्थ्यो । म रहेन भने उनी खुशी सहजै पाउछन जस्तो लाग्दैन । अनि उस्को खुशीमा नि मेरो खुशीको लिलामी चढिसकेको थियो ।
पीडै पीडाको बाबजुद पनि उनको एक्सलाई भेटाउन आग्रह गरे । उनले सहजै रुपमा भेटाई दिए । तर त्यति खेरको माहोल सोचे जस्तो सहज थिएन । शुरुमा त दुबैलाई गाली गरे । केहि बोलेनन्, त्यस पछि हामी तिनै जना बेहिसाबले रोयो । उनिहरु एक अर्का सँगै हुन नपाएर रोए । म उनिहरु बिचको बाधक बनेको महसुश भएर रोए । भाग्यले जहाँ पुगाउछ त्यही पुगिएला भनि त्यस पछिको यात्रा तय गरियो ।
आज बिगतका कुराले तिमीहरु बिच झगडा हुदैन ?
झगडा गरेर के गर्छौ, बगेको खोला र मरेको मान्छे कहिले फर्केर आउछ र ! हो त्यस्तै हो बितेका कुरा, यसपालीको दशैले नमजाले कोताई दियो । मलाई पुरा विस्वास थियो कि, उहाँले परिवार सबैको अगाडी मेरो घाटीमा बरमाला पहिराउनु हुन्छ भनेर तर उहाँँ त परिवारको आग्रहलाईपनि व्यवास्ता गरे ।
गरुन पनि कसरी, उहाँको मन मष्टिक त अरुसंग छ । म त केवल सहयात्रा मात्रै हुँ । दुनियालाई देखाउने खम्बा हुँ ।
उनको पिठिऊ थमथमाउदै भने, यति ठुलो जङ्गघार पार गरेर आएछौं, सरिता । विस्तारै सबै राम्रो हुदैजान्छ । उनले भनिन्, राम्रो मानेर जिउनु पर्दोरहेछ कुनै समय मौनतामा रहेमा सहज परिस्थीतिको खोजि गर्नुपर्छ, सायद यहि मौनताले हामी दुबैजनालाई एकै ठाउँमा उभ्याएर राखेको छ ।
सम्बन्ध जोगाउन त्यति सजिलो कहाँ छ र सानु सबैको मन राख्दा राख्दै आफै टुटिसकेको पत्तै हुदैन । ठुलो साहास जुतायर अहिले सम्मको यात्रा तय गरेको छु । प्रेमका लागि जिन्दगी नगुमोस् भन्ने सोचेर पाइला सारेकी छु । जिवनमा धेरै धेरै उतारचढाव आउँछन् । आँखा भरी आँशु धपक्क पारेर अन्तिम वाक्य भनि जानेर नजानेर हाम्रो सम्बन्ध जोगाउन हदै सम्म प्रयास गरे । आफ्नो खुशीको हत्या गरि पतिको प्रेम फिर्ता गराउन नसक्दाको पीडा बेग्लै । त्यसैले जिवनको अन्तिम इच्छा पतिको एक कुमारी युवती सँग बिवाह गराएर म एक विधवाको साहारा बनि लगाएको गुन चुक्ता होस् ।













