पूर्व मन्त्री विना मगरलाई नजिकबाट हेर्दा….

२०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर आमा सावित्री माया मगरको पहिलो सन्तानको रुपमा जन्मिएकी बिना मगर अहिले सबैको मनमा बस्न सफल भएकी छिन् । उनी विद्यार्थी कालदेखि नै निकै उर्जावान र निडर स्वभावका थिईन् जसले गर्दा उनी राजनीतिक यात्रामा छिट्टै फड्को मार्न सफल भएका हुन् ।

उनी २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष भए । त्यो भन्दा पहिला अखिल क्रान्तिकारीको जिल्ला कोषाध्यक्ष थिए । उनी राजनीतिक यात्रासँगै उच्च शिक्षा अध्ययनको लागि काठमाडौं गए र यहाँबाटै अखिल क्रान्तिकारीमा आवद्घ भएर नेकपा माओवादीको पूर्णकालीन सदस्य भए । काठमाडौं रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियू सदस्यमा अत्याधिक मतले विजय भएका विना २०६० सालमा अखिल क्रान्तिकारी काठमाडौंको जिल्ला अध्यक्ष भए । उनी माओवादी आन्दोलनमा सक्रिय भइरहदाँ २०६० सालमै तत्कालीन शाही सेनाले गिर्फता ग¥यो ।

गिर्फतारी पश्चात उनलाई वेपत्ता बनाइयो । त्यसताका उनलाई भैरवनाथ गणमा २७ महिनासम्म चरम यातना दिइयो । उनको त्यो क्षण सुन्दा अहिलेपनि शरिरमा काँडा उम्रेर आउछ । धेरै सहयोद्घासँगै वेपत्ता पार्न लैजाने क्रममा ट्रकमा अट्ने ठाउँ नभएपछि उनलाई संयोगवश ब्यारेक मै छोडियो र उनी बाँच्न सफल भए ।

शान्ति प्रक्रिया आएपछि विना मगर काठमाडौंमा नै कार्यक्षेत्र बनाइन् । र फेरि अखिल क्रान्तिकारीको जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरिन् । २०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौर स्ववियू सभापतिमा लोकप्रिय मतका साथ विजयी भए । यसरी उनी राजनीतिमा फड्को मार्दै संघर्षका यात्रालाई दोरियाउँदै हिडिन् ।

बिना मगरको चुनावी यात्रा

उनी पार्टीका बिभिन्न भातृ संगठनको प्रमुख पदमा रहेर काम गर्दै जाँदा विनाको इमान्दारिता र लगनशीलता देखेर पार्टीले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा टिकेट दियो । उनी कञ्नपुरको क्षेत्र नं १ –क) बाट प्रतिनिधी सभाको प्रत्यक्षबाट टिकेट पाए । त्यतिबेला प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार दिवान सिह विष्ट थिए । त्यो बेला पनि उनी निकै चर्चित उम्मेदवार थिए । महिलाले यसरी चुनावी प्रतिस्र्धामा आउँनु कञ्चनपुरबासीकोलागि सौभाग्य थियो । तर त्यसताका उनलाई ‘हाम्रै जिल्लाको चेली हुन भन्दा पनि प्रचन्ड को बुहारी हुन भन्ने हिसाबले बढी चर्चा थियो ।’ चुनावी मैदानमा उत्रिसकेपछि हारजित त हुन्छ नै तर कोशिस जित्नकै लागि गर्ने हो । त्यति बेला विना नेपाली कांग्रेसका दिवानसिंह बिष्टसँग पराजित भए । विष्टले १० हजार २९४ मत ल्याउदा विनाले ९ हजार १५१ मत ल्याएर तेस्रो स्थानमा आउन सफल भईन् ।

यो उनको हार थिएन । बरु बस्ती स्तरको राजनीतिलाई नजिकबाट बुझने अवसर प्राप्त भयो । हार जित आफ्नो ठाउँमा रहेयो तर महिला भएर प्रत्यक्ष चुनाव लड्ने आत गर्नु नै उनको लागि ठुलो कुरा थियो । पराजित भएता पनि उनमा भएको त्यो उर्जामा कुनै कमि थिएन । बिभिन्न माध्ययमबाट कञ्चनपुर क्षेत्र नं १ वरिपरि भएरै समुदायमा काम गर्नबाट पछि हटेनन् । २०७४ को चुनाबमा उनी फेरि प्रतिनीधि सभाको क्षेत्र १ बाट प्रत्यक्ष उम्मेद्वार भईन् ।

हामी सबैले सबै कुरा सिकेर आएका हुदैनौ जिवन जिउने क्रममा काम गर्दै र सिक्दै जाने हो र अघिल्लो चुनाबका केहि तितामिठा पलहरुहरुसंग भलाकुसारी गर्दै विना मगर पुन काखमा दुधे बालक च्यापेर चुनावी मैदानमा होमिन पुगिन् । एकातिर चुनावको चतारो त अर्को तिर काखमा दुधे बालक । उनलाई भने जस्तो सजिलो कहाँ थियो र ! बिहानै बच्चा ओछ्यानमै छोडेर हिडेको साँझा पनि ओछ्यानमै सुटेकै बेला भेट हुन्थ्यो । चुनाव दिनदिनै नजिकिदै थियो । त्यहि क्रममा उनी पति वियोगान्त मा परिन् । उनी आफ्नो क्षेत्रमा चुनावी मैदानमै भएको बेला श्रीमानको मृत्यूको खबर आउँदा कस्तो भएको होला ।

उनीमा छोरी मान्छेको लागि आमा बाबाको काख पछिको साथ भने उसको पतिको हुन्छ तर उनीबाट यो सब सदाको लागि गुमिसकेको थियो । एक मुठी प्राण टुट्डा आफु साथमा हुन नपाउदाको पिडा त थियो नै एका तिर दुई बिच प्रेमको फुलवारीमा फुलिरहेको सुमधुर कोपिलालाई हुर्काउने पिडा एकातिर थियो ।

पारिवारिक समाजिक राजनीतिक सबै कुराबाट उनको लागि ठुलो चनौति खडा थियो । ति सबै समस्यालाई आत्मसा गर्दै २०७४ को चुनावमा भारी मतले बिजयी भईन् । बिना मगर ले ३८ हजार ४६७ मत पाउँदा प्रतिस्पर्धी दिवान सिह विष्टले जम्मा १९ हजार २१९ मत पाएका थिए । २०७४ को चुनाबमा नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षमा ३ जना महिला चुनाब जितेका थिए । पम्फा भुसाल ललितपुरबाट, बिना मगर कञ्चनपुरबाट र कमला रोका रोल्पाबाट । देशै भरीबाट प्रत्यक्षमा ७ जना मात्रै महिला थिए । यी सबै मध्ये विना मगरको मत सबैभन्दा बढी थियो । उनी उमेरलेपनि सबै भन्दा सानी थिईन् । उनको जितको अबसरमा चारैतिर हर्ष र उल्लास थियो । तर कता कता मनको मझेरीको एक कुनामा उनको पति प्रकाश दाहलको अभाव खड्की रहेको थियो । यदि उनको पति यो संसारमा भईदिएको भए इतिहासै रचेको यति ठुलो सफलतामा कति खुशी हुथ्योहोला ।

पार्टीको सहयोग उनको संघर्ष बलीदानी जनताको सर्मठनले यो भारी सफलता प्राप्त गरे तर केहि माहामही र मैहु भन्ने माहा पुरुषका मुखबाट बिभिन्न खालका तिप्णी आलोचना सुन्नमा आएको थियो । प्रचन्डकी बुहारी भएर, पति गुमाएर साहानुभुतिको मत पायो रे आदी इत्यादी । यो समाज त महिलाको सफतामा जहिले पनि बिभिन्न खालका लालछना लगाउन पछि हट्दैन ।

जितपछिको संघर्ष

नेपालको इतिहास हेर्ने हो भने २०१५ सालमा द्वारीका देवी ठकुरायण पहिलो महिला राज्य मन्त्री बनेर इतिहास रचेका थियो भने २०७४ को निर्वाचन लगतै सुदूरपश्चिम बाट पहिलो महिला क्याविनेट मन्त्री विना मगर बनिन् । यो भन्दा पहिले महिला मन्त्री त थिए तर राज्य मन्त्री मात्रै । २०१५ साल यता महिलामा पहिलो मन्त्री बिना मगर नै हुन र २०१५ साल यता को महिला मन्त्रीको सवालमा इतिस नै बन्यो । त्यति बेला पनि निकै चर्चा चल्यो बिना को वास्तिविक बुझेका ब्यक्तिहरु एकखालका हर्ष उल्लासा मनाए । त्यो दिन जनयुद्घको रापको परिणाम थियो ।

तर बिनालाई प्रचण्डको बुहारीको नजरबाट मात्र हेर्नेले चाहि छुट्टै चर्चापरिचर्चा गरेका थिए । उनीहरुले सघर्षको प्रतिफल देखेनन् । देखे त केवल प्रचण्डको बुहारी । उनीहरुले भन्ने गरेका थिए ‘विना प्रचण्ड नभईदिएको भए के मन्त्री हुिन्थन् र ! ससुराको बलले मन्त्री बनिन् । स्वर्गीय पतिको नाम समेत जोड्न भ्याए ।’ प्रचण्डको बुहारी, प्रकाशको बुढी भएरै हो यति माथीसम्म पुगेको । देशकै प्रधान मन्त्री को बुहारी त्यो ठुलै कुरा हो तर यो सफलतामा उहाँको साथ सहयोग रहेयो होला तर विना मगरकोपनि आफ्नै संर्घष कम छैन ।

मन्त्री बनिसकेपछिको दिन चर्या निकै अस्तव्यस्त भयो । मन्त्री बन्नु भन्दा ठुलो कुरा मन्त्री भएर गर्नु पर्ने काम ठुलो थियो । उनको जिम्मेवारी काखे बच्चादेखी देश र जनताको जिम्मेवारी । बिहान मन्त्रालय पुग्नु अघिनै भेट्नेहरुको लाईन हुन्थ्यो । उता आफुले चुनाब जितेर आएको निर्वान क्षेत्रमा गरेका बाचाहरु पुरा गर्नु थियो । योजनाहरु हालिदिएर मात्र नहुने आफु स्वयम जानु पर्ने थोरै समय पाउना साथ ति नाबालक छोरो काखी च्यापेर कञ्चनपुर आफुले जितेको निर्वाचन क्षेत्रमा आउने जाने गर्थिन् ।

उनी आफ्नो बच्चालाई समय दिन नसक्दाको पीडा बेग्लै थियो । ‘कहिकतै मेरो बच्चाले मलाई न चिन्ने पो होकी !’ यी यावद कुरालाइ व्यवस्थापन गर्दै उनी आफ्ना पाईला निरन्तर अगाडी बढाई रहिन । संघर्ष गर्न छोड्निन । उनी तीन वर्ष सम्म मन्त्री पदमा बसेर सार्वजिक जिवन विताईन् ।

२०७९ को चुनावी चर्चा

निर्वाचनको मिती तय भएसंगै सबै राजनीति दलहरुमा बहस चल्न थाल्यो कुन पार्टीबाट कसले टिकट पाउछ । चिया पसल देखि गाउ गल्लीमा टिकटकै चर्चा । मेरो मनमा चाहि कुन पार्टीबाट कुन महिलाको प्रतिनीत्व होला भन्ने सोच पलाउँथ्यो । तर कञ्चनपुर क्षेत्र नं १ मा झन बढी चर्चा हुन्थ्यो ।

दलको सत्ता गठबन्धनपछि सबै पार्टी भित्र खैलाबैला मचियो । भुगोल, क्षेत्र, खस यार्य, दलित, महिला, जनजाती सबैलाई मिलाएर लैजानु पर्ने । संविधानमा पनि प्रष्ट उल्लेख भएको छ । महिला प्रतिनीधिको सवालमा सबै दलमा महिला नेतृत्व तहमा पुग्न उतिकै संघर्ष गर्नु पर्ने । टिकट बाडफाडको क्रममा महिलाको हक हितमा काम गर्ने संघ संस्थाहरु ससक्त रुपमा आवाज पनि उठाउदै थिए । कञ्चनपुर क्षेत्र नं १ को सवालमा बिना मगरकै चर्चा बढी भएकोले पाँच दलको गठबन्धको साझा उम्मेदवार विना मगर बनिन् ।

महिलाको नाम अगाडी आउन बितिकै चियो चर्चा अलि बढी नै हुने हाम्रो समाजको संस्कार हो । यस्ता संस्कार सबै मिलेर भत्काउनुपर्छ । के महिला अरुको आडमा मात्रै अगडाी बढ्न सक्छन् त ? उनीको आफ्नो मेहनत, त्याग तपस्या केही हुदैन ? यी यावत कुराको व्यवास्ता गर्दै विना तेस्रो पटक चुनावी मैदानमा होमिएकी छिन् । विनामा सधैभरि यो जोस जागर र साहास रहिरहोस् । महिलाले यो या त्यो नाममा टिकट पायो भन्दापनि देश चाउनको नेतृत्व लिएको हो भन्ने बुझाई सबैमा हुन जरुरी छ ।