पत्रकारिता क्षेत्रमा रमाईरहेका मल्ल फूल खेतीमा हाम फाले
कैलाली, ८ कात्तिक । कैलालीको टीकापुर नगरपालिका १ बजारमा बस्दै आएका छत्र बहादुर मल्ल विगत ६ वर्षदेखि आफ्नै प्रकाशन तथा सम्पादनमा जानकी खबर सप्ताहिक पत्रिका सञ्चालनमा ल्याएका छन् । उनी पत्रकारिता क्षेत्रमा आर्थिक उपलब्धी नभएपछि आफ्नै जमिनमा दूई वर्षदेखि फूलखेतीमा हाम फालेका छन् ।
राजनीतिशास्त्र (एम ए),शिक्षा शास्त्र एम एड र कानुन (एल एल बि) त्रिभुवन बिश्वबिध्यालय,किर्तिपुर अध्ययन गरे मल्ल कोभिडपछि पत्रिका प्रकाशन धरापमा परेपछि फूलखेती तर्फ आकर्षित भएको बताउँछन् ।
उनी जानकिनगर गा पा ७ मा रहेको १ विघा जमिनमा खेती गर्दै आइरहेको । उनले भने ‘गतबर्ष बजार अभाबका कारण झन्डै चार कुन्टल फूल खेर गयो । बैशाखको हावाहुरीले पनि ठूलो क्षेती भयो । यो वर्षको वाढीले पनि फूल उत्पादनमा ठूलो क्षेति पुर्यायो ।’

उनी यो ६ क्यून्टल सयपत्री फूल उत्पादन गरेका बताउँछन् । फूललाई स्याहार सुसार धेरै चाहिने भएकोले उनीहरु श्रीमान श्रीमति दुबै जना व्यस्त हुन्छन् । फूल सिजनमा गृहणी महिलाहरुलाई पैसा दिएर माला उन्न लगाउने गरेको उनी सुनाउछन् ।
फूल खेतीले थोरै जग्गामा पनि धेरै आम्दानी गर्न सकिन्छ भन्ने बुझाइ गाउँको यूवाहरुमा हुन थालिसकेको उनले बताए । टीकापुरमा अहिले चार जना युवाले फूल खेती गरिरहेका छन् ।
‘यो वर्षको तिहार अलि अगाडि नै भएकाले पुर्ण रुपमा फूल फुल्न पाएन जुन कारण सबैको अडर लिन सकिएन । मैले ८ सय मालाको अडर लिएको छुँ, प्रति माला १४० रुपैया होलसेलमा बिक्री भईरहेको छ ।’
पछिल्लो केही वर्ष यता गाउँघरमा पनि फूल १२ महिना बिक्री हुने गरेको मल्ल बताउँछन् । पुजा आजा, बिबाह, बर्तमन तथा मृत्यु मा पनि फूल चाहिने भएकोले बजारलाई व्यवस्थित गर्न सके फूल खेती जुनसुकै ठाउँमापनि फस्ताउछ ।
यस्तै कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरी ‘सितल’ ले केही वर्ष अगाडीसम्म १० कठ्ठा जमिनमा ८÷९ क्वीन्टल धान फलाउँथे ।

बिक्री गर्दा बडो मुस्किलले २० हजार रुपैयाँ पाउँथे । परिश्रम, लगानीको लेखाजोखा गर्दा बर्सेनि बराबरी हुन्थ्यो । अझ कुनै वर्ष त नोक्सानी समेत बेहोर्नुपर्थ्यो । त्यसपछि उनले फूलतिर गर्ने सोच बनाए ।
३ वर्षयता उनको धान फल्ने जमिनमा ढपक्क सयपत्री फूल फूलेको छ । ‘जमिनले नयाँ जीवन पायो, मेरो आवश्यकता पुरा भएको जस्तो अभाष हुन्छ ।’
फूलखेतीमा लागेपछि सितलको मुहारपनि चमक देखिन्छ । जोड–घटाउ गर्दा देखिने आम्दानीले उनी सयपत्री झै ढपक्क बलेको देखिन्छन् ।
उनले विगत स्मरण गरे । ‘जीवनको उर्जावान समय धेरै क्षेत्रमा खर्च गरियो । कला क्षेत्रमा हात हालिएन कि, क्यामेरा बोकेर हिँडिएन । तर कतै फापे जस्तो लागेन । अन्तिममा जे परे पर्ला । डुबे, डुबुँला भनेर फूल व्यवसाय रोजे । यसबाट मलाई सन्तुष्टि मिलेको छ ।’
महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातकसम्म अध्ययन गरेका सितलले एकताका भारतको मुम्बईमा फोटोग्राफीको तालिम लिए । फोटो स्टुडियो खोली उनले ०४९ देखि ०५१ सम्म फोटोग्राफीमा क्रियाशील रहे । तर फापेन । फोटो व्यवसायी मात्रै होइन, २०५७ मा फिल्म क्षेत्रमा हात हाले । पश्चिमा थारु भाषाको पहिलो फिल्म ‘कुहिरा’को निर्माता भइ काम गरे । त्यसमा असफल भएपछि जीविकोपार्जनको लागि खेतीपातीसँगै अनेकौं ठाउँमा भौतारिएको सुनाउँछन् । अनेकौ पेशा अंगाले । तर सफलता हात नपरेपछि अन्ततः उनी फूल खेती रोजे ।

‘अरू क्षेत्रमा भन्दा सम्भावना बढी देखे । मान्छेको जन्मदेखि मृत्युसम्म चाहिने फूल नै रहेछ । तर यहाँ फूलको व्यावसायिक उत्पादन देखिन । बाहिरबाटै आयात हुन्छ, सोधखोजकै क्रममा चितवनमा गरिएको व्यावसायिक फूल खेतीको अनुगमन गरे । उहाँहरू त यहाँ मात्रै होइन यहाँबाट विदेशसम्म फूलको निर्यात गर्दोरहेछन् । अनि मैले किन गर्न नसक्ने भन्ने आँट आयो ।’ चितवनमै फूल खेती सम्बन्धी २ हप्ते तालिम लिएँ । प्राविधिक ज्ञानसमेत हासिल गरेपछि फूल खेती शुरूवात गरेको सीताराम सुनाउँछन् ।
उनले २०७५ साउनदेखि उनी १० कठ्ठामा फूल खेतीको शुरूआत गरेका हुन् । इन्द्रेणी लोरी कल्चर एण्ड डेकोरेटरर्स् फर्म स्थापना गरी उनी पहिलो सिजनमै राम्रो प्रतिफल पाएपछि निकै उत्साहित भए ।
शुरूआती वर्षमा १ लाख ३५ हजार लगानी गरेका उनले एकै सिजनमा ३ लाख र वर्षमा करीब ६ लाख आम्दानी गरे । विगतमा गरिएको धान खेतीबाट हुने प्रतिफल र फूलबाट आएको प्रतिफल निकै अन्तरले बढ्यो ।
उनको अनुसार फूल खेती वर्षमा २ पटक गर्न सकिन्छ । असार, साउनदेखि मंसिरसम्म र फागुनदेखि असारसम्म ।
अहिले उनी एक बिघामा खेती गर्छन् फूल राम्रो फूलेको छ । भने एक सिजनमा ७ लाख बराबर सम्मको करोबार हुन सक्छ । उनले उत्पादित फूल र माला कैलालीको टीकापुर, लम्की, अत्तरिया, धनगढी लगायत बर्दियाको राजापुर, बाँकेको कोहलपुर, नेपालगञ्जसम्म पु¥याउँदै आएका छन् ।













