१३ वर्षको उमेरदेखि जनयूद्धमा होमिएका ‘सरल’ प्रदेश सांसदको दौडमा
कञ्चनपुर । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा जन्मेका ओम विक्रम भाट ‘सरल’ कञ्चनपुरको २(१) बाट सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।
बुवा डम्बर बहादुर भाट र आमा नन्दादेवी भाटको कोखबाट जन्मेका ‘सरल’ जनताकालागि साच्चिकै सरल छन् । उनका बुवा तीन भाई जस्मा दुई भाई २०२७ सालमा नै बसाईसराई गरेर कञ्चनपुरको रौतेली विचुवामा आएका थिए । उनको बुवा डडेल्धुरामा शिक्षक भएको कारण कञ्चनपुर पछि फर्के । आरक्ष विस्तारपछि उनीहरुको परिवार विस्थापीत भएर शुक्लाफाँट ७ मा सत्ताभर्ना पाएका छन् ।
जनयूद्धको बेला उनको घरमा माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरु आईराख्ने जसले गर्दा उनी पार्टीसंग नजिक थिए । २०५९ साल पुस महिनामा कञ्चनपुरको दैजीबाट उनलाई सेनाले गिर्फतार गर्याे । जुन बेला उनी कक्षा ९ मा अध्ययनरत थिए । उमेर १३ वर्ष मात्रै पुगेका भाटलाई नबालक हो भनेर तीन दिन मात्रै हिरासतमा राख्यो । तत्पश्चात उनीनेकपा माओवादीको पुर्णकालिन सदस्य भए, त्यहाँबाट उनको राजनीतिक यात्राको शुरुवाट भयो ।
सांसद वीरमानको पिठ्यू चढेर जनयूद्ध लडेका सरलको यात्रा
राजनीतिक नबुझेर बध्यात्मक परिस्थितिले पार्टीमा प्रवेश गरेका सरल धेरै पटक गिर्फतारीमा परे । उनी पार्टीमा प्रवेश गरेको ६ महिनापछि पुनः ब्रहमदेवबाट गिरफ्तारमा परे । ९ दिनको बसाई पछि उनलाई छोड्यो । त्यहाँबाट पार्टीमा उनको जिम्मेवारी थपियो ।
गिरफ्तारपछि यातनाले उनको ढाडमा समस्या देखियो । तरपनि पार्टी जिम्मेवारी समाल्दै उनी पहाडको यात्रा तय गरे । जतिबेला उनको सहकर्मी सांसद वीरमान चौधरी थिए । उनी हिड्न नसक्दा वीरमानले आफ्नो पिठ्यूमा बोक्ने गरेको उनी सुनाउँछन् ।
उमेरले सानै भएपनि पार्टीले दिएको जिम्मेवारीलाई लगनशीलताका साथ निभाउंथे । जसले गर्दा उनी जिल्ला, क्षेत्र हुदै व्यूरो कार्यालयको जिम्मेवारी समाल्हने अवसर पाए । उनको मेहनत र पार्टीप्रतिको लगाबले स्वास्थ्य विभागको सेतिमहाकालीका घाईते तथा अपांगहरुको उपचारको व्यवस्थापनमा जिम्मेवारी दिइयो । उनी त्यो जिम्मेवारी २०६० को अन्तिमदेखि २०६३ सम्म इमान्दारिताको साथ निभाए ।
उनी घाईतेको उपचारकोलागि भारत लैजाने काम पनि गर्थे जसले गर्दा भारतमा राम्रो पहुच बनाएका थिए । उनलाई भारतबाट प्रचार प्रसार विभागकोलागि विभिन्न समानहरु नेपाल ल्याउन सहजपनि हुन्थ्यो । २०६२ सालमा उनी भारतबाट प्रचार प्रसार विभागकोलागी मेसिनरी ल्याउने क्रममा खजुरियाका एसएसबीले समाते । त्यहाँ उनी दूई दिनको बसाईपछि मुक्त भए ।
शान्ति प्रक्रिया पश्चात उनी सेतीमहाकाली ब्यूरो कार्यालय व्यवस्थापनको जिम्मेवारी पाए । त्यसको लगतै उनी २०६३ को अन्तिममा केन्द्रीय कार्यालय काठमाडौं गए । उनी त्यहाँबाट पार्टीको काम संगसगै आफ्नो पढाईलाई पनि पुनः निरन्तरता दिए ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि उनी पूर्व मन्त्री लेखराज भट्टको स्वकिय सचिबको जिम्मेवारी पाए । जसले गर्दा उनको राजनीतिक यात्राथप मजबुद बन्यो । उनी अन्य पार्टीसंगको सम्पर्क समन्वय र सहकार्यमा दिनप्रतिदिन बलियो बन्दै गयो । अन्ततः लेखराज भट्ट दोस्रो पटक मन्त्री हँुदा उनी पिएको अनुभव बटुल्ने मौका पाएँ ।
यो लामो यात्रामा उनी पार्टीको आन्तरिक जिम्मेवारी मात्रै समहालेनन्, बलकी सामाजीक काममा पनि उतिकै सक्रिय बन्दै गए । २०७२ सालको भुकम्पपछि उनकै नेतृत्वमा गोर्खाको चित्रे पोखरी, फिनाम र जाउँवादीको तीन वटा विद्यालयमा पुनःनिर्माणको काम गरे ।
उनी पार्टीको हेटौडा महाधिबेशनपछि थारुवान राज्य समिति अन्तर्गत कञ्चनपुरमा आए । अन्तत उनी सुदूरपश्चिम प्रदेशको कार्यालय प्रमुख भएर आफ्नो जिम्मेवारी निभाए । यहाँसम्मको यात्रामा उनी पार्टीले दिएको जिम्मेवारीमा प्राथमिकता दिए । तर त्यसपछि यात्रामा परिवर्तन आयो ।
उनी पार्टी भन्दापनि स्वस्र्फुटरुपले सामाजिक काममा निरन्तरता दिन थालेको बताउँछन् । कोभिड लगायत विपद् प्रकोपको बेला उनी कृष्णपुर, शुक्लाफाँटा र वेदकोतमा रहेका आरक्ष पीडित, सुकुम्बासी र मुक्तकमैयाहरुलाई खाद्यन्न, न्यानो लुगा र स्वास्थ्य सामाग्री वितरण गरेको बताउँछन् ।
उनकै पहलमा कञ्चनपुरमा रहेका सम्पूर्ण सहिद परिवारहरुको लगभग ५०० जना बच्चाहरुलाई शैक्षिक र खेलकुदका सामाग्रीपनि वितरण गर्दै आएका सरल यस क्षेत्रका जनताको मनमुटुमा बस्न सफल भएका छन् ।
जनताले उनलाई नै किन चुन्ने ?
उनी आफू यूवा भएको कारण यस क्षेत्रका यूवाहरुको नेतृत्व विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् । यस क्षेत्रलाई नयाँ मोडेल दिन विगतको प्रवृतिलाई तोड्न आवश्यक रहेको बताउँछन् । यूवालाई स्वरोजगार र खेलकुदमा जोड्ने, प्रविधि मैत्री शिक्षालय व्यवस्थापन गर्ने, प्रादेशिक खेलकुद मैदानको एजेण्डा बोकेर उनी चुनावी मैदानमा होमिएका छन् ।
टट्बन्धनको स्थायी सामाधान, भूमिहिनलाई भूमिको व्यवस्था, छाडा चौपाया व्यवस्थापनm शुद्धखानेपानीको व्यवस्थापन, मुक्त कमैयाको सेतो लालपुर्जालाई रुपान्तरण गरि रातो लालपुर्जाको व्यवस्था, जंगली जनावरलाई बस्तीमा आउन नदिन यान्त्रीकरण व्यवस्था, परम्परागत पेशालाई आधुनिकरण तथा व्यवसायकरण गर्ने उनको प्रथमिकतामा पर्छ ।
उनी थारु समुदायको पहिचानलाई प्रर्वद्धन तथा संरक्षण गर्ने, पहिचानसंग जोडिएका जुनसुकै समुदयाको कला संस्कृतिको संरक्षणको लागि संग्रालयको अवधारण ल्याउने लगायतको एजेण्डा प्रति उनी प्रतिबद्धता जाहेर गर्दै जनताको भोटको अपेक्षा गरेका छन् ।













