डेंगुबाट मृत्यू हुनेको संख्या २९ पुग्यो

काठमाडौं । डेंगीको प्रकोपको जोखिम दिनदिनै बढ्दै गएको छ । शनिबारसम्म यसको संक्रमणबाट २९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ। अहिलेसम्म मनाङमा मात्रै संक्रमित देखिएका छैनन्।

शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। दुई महीनामै डेंगी संक्रमितको संख्या यतिधेरै पुगेको हो।

मध्य साउननदेखि नेपालमा डेंगीको संक्रमण देखिएको थियो। शुरूआतमा दैनिक एक–दुई जनामा देखिएको संक्रमण अहिले भने दैनिक एक हजारभन्दा बढीमा पुष्टि भइरहेको छ।

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगी देखिएको थियो। त्यसयता वर्षेनी देखिँदै आएको छ। यस वर्ष भने प्रकोपकै रुप लिएको छ।

यसको उपचार तथा खोप छैन। यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।