कोरोनाले छाएको सन्नताः ‘फ्रि’ मा पाइने सास पनि पैसा तिरेर पाउँन मुस्किल !

कोरोना भाईरस यतिबेला मानव बस्तीमा यति शक्तिशाली भएर आयो कि यसले विश्वभरिका मानिसलाई तहसनहस बनाईदियो । गत वर्षको अनुभव बेग्लै थियो, त्यो भन्दा फरक अनुभव यसपालि भयो । गत वर्ष भारतबाट आउनेहरु भिन्न किसिमले दुख झेले । प्रदेश सरकार, स्थानीय सरकारको सिंगो शक्ति भारतीय नाका भएर स्वदेश फर्किनेहरुलाई व्यवस्थापन गर्नमै धौधौ थियो । सीमा नाकामा होल्डिंग सेन्टर, विद्यालयको भवनहरुहरुमा क्वारेन्टिन, होटेलहरुमा आइसोलेशन निर्माण गरि सिंगो सरकारनै व्यवस्थापनको पातोलाई समालेको थियो । जुन कारण संक्रमितहरु सिधै आफ्नो घर जान पाउँदैन थिए । कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुलाई तुरुन्तै स्वास्थ्य परिक्षण गरि उनीहरुलाई क्वारेन्टिनमा राखिन्थ्यो । जसले गर्दा गत वर्ष कोरोना भाईरस महामारीकै रुपमा समुदाय स्तरमा फैलिनबाट केही हदसम्म जोगियो ।

तर यो वर्ष फरक तरिकाले संक्रमण फैलियो । गत वर्षको जस्तो न निधेषाज्ञा सफल भयो । न संक्रमितहरु सचेत भए । भाईरल त हो भन्दै निश्फिकिर भएर हिडडुल गरिदिने, स्वास्थ्य मापदण्द नअपनाई दिनभरि बजार डुल्ने, होटेलहरुमा भेला भईदिने । यति सम्म कि बजार जाँदा मास्क प्रयोग गर्नेहरु मध्ये धेरैको मनमा प्रहरी प्रसाशनकोलागि मास्क लगाईदिनु पर्छ भन्ने मानसिकता पनि देखियो । यी यावत कारणले देशमा सन्नता छाएको हो ।

सरकारले कोरोना भाइरस विरुद्धको खोप ल्याइयो, जुन खोपप्रति धेरै व्यांग्यात्कम टिका टिप्णी पनि भयो । अग्रपंक्तिमा रहेर काम गर्ने जस्तै प्रहरी प्रसाशन, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, पत्रकार लगायतले खोप लगाए । त्यसै गरि बृद्धबृद्धाहरु पनि । तर यूवा पुस्ताले खोप लाउनबाट बञ्चित भए । सायद यसैको परिणाम हो कि, यतिबेला कोरोनाको कारण ज्यान गुमाउने अग्र स्थिानमा यूवाहरु नै पर्दछन् ।

यो महामारीको कारण अहिले नेपालमा ५० प्लस मान्छे दैनिक ज्यान गुमाउनु परेको अवस्था छ । अस्पताल भरिएर प्रांगनमा पनि विरामी राख्ने ठाउँ छैन । हारगुहार गरि वेड पाएकाहरु समयमा अक्सिजन नपाएर छटपटाई छलपटाई मृत्यूवरण हुन पुगेका छन् । आईसियू खाली छैन, भेन्टिलेरमा ठाउँ छैन । ग्यालरिमा खुट्टा टेक्न मिल्दैन । विरामीका कुरुवाहरु आफै अक्सिजन सिलिण्डर उद्योग सम्म पुग्न बाध्य छन् । सितामोलको अभाव भईरहेको छ । पछिल्लो अवस्थामा धेरै विरामीहरुको आफन्तको गुनासो, अक्सिजन नपाएर मान्छे गुमाएको विलौना ताजै छ ।

covid

यस्तो बेला सरकार दुबै हात खडा गरेर आफ्ना भोटरहरु गन्दै बसेको प्रत्यक्षरुपले सबैले अनुभुती गरिरहेका छन् । अस्पतालको डिलमा बसेर विरामी कुर्दै गरेका ती नयनहरु सरकार कहाँ छ ? भन्दै नियालिरहेको छ । तर कहि कतै सरकार भेटिदैन । बरु दोषी बन्छन् सरकारलाई हरकदम खबरदारी गरिराख्ने मिडियाहरु । सरकारले पनि बेला बेला अपिल गर्छ, यस्तो सामाचार प्रकाशित नगर्नु, उस्तो सामाचार प्रसारित नगर्नु । विचरा सरकार गरोस् त के ! भोट र नोटको लागि लाशमाथिको कमिशन पनि त छोड्नु भएन नि !

मैले गत वर्षको र अहिले प्रकाशित सामाचारहरुको फाईल फल्ताएर हेर्ने कोशिस गरे । सञ्चार माध्यमबाट प्रकाशित सामाचारहरु कोरोना नियन्त्रणको लागि जनतालाई सचेत बनाउने र सरकारलाई खबरदारी गर्ने जस्ता सन्देशहरु पाए । सायद यतिबेला प्रिन्ट मिडियाहरु विभिन्न कारणबस बन्द भए, तर प्रया प्रिन्ट मिडियाले अनलाईन संस्करण चलाईरहेको छ । न्यूज पोर्टल अनलाईन, टेलिभिजन, रेडियो लगायतका सञ्चार माध्यममा कामगर्ने पत्रकारहरु ज्यानको बाजी थापेर भोलेन्टियररुपमा पनि सामाचार लेख्नबाट कहिकतै अछुतो भएनन् ।

शनिबार (वैशाख २५) को तथ्यांक अनुसार कोरोनाभाइरसको दोस्रो लहरमा मात्रै देशभरका ६८० पत्रकार संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको तथ्यांकमा देशभर संक्रमित भएका ६८० पत्रकारमध्ये २६० जना सक्रिय संक्रमित छन्। उनीहरूमध्ये ४० जनाको उपचार भइरहेको छ, भने अन्य होम आइसोलेसनमा छन्। अस्पताल भर्ना भएकामध्ये पनि पाँच जनालाई आईसीयूमा राखिएको छ। कोरोना संक्रमणबाट देशभरका सात जना पत्रकारले ज्यान गुमाई सकेका छन् । महासंघको तथ्यांकमा प्रदेश १ मा १८, प्रदेश २ मा नौ, बाग्मतीमा १४, गण्डकीमा सात, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित छन्। संक्रमित हुने दर दिनप्रतिदिन बढ्दै गईरहेको छ । पहिलो लहरमा ३०० पत्रकार संक्रमित भएका थिए।

पत्रकारहरु सामाचार खोजकोलागि बाहिर निस्कन्छन् । घर भित्रैबाट रिर्पोटिंग गरेको सामाचारले फिल्ड रिर्पोट जतिको स्थान नपाउन सक्छ । त्यसैले मिडियाकर्मीहरु सचेत भएर बाहिर निस्किन्छन् । फिल्डमै उत्रिएर लेखिएको सामाचार बढि प्रभावकारी हुन्छ । सामाचारले जनतालाई सचेत बनाउछ र सरकारलाई खबदारी गर्छ । यस कारण हामी मृत्यूका सामाचार लेख्ने पत्रकारलाई गाली गलौज होईन, बरु अझ गहिरिएर लेख्न सुझाब दिउ । त कि सरकारलाई कुनै खालको जालझेल गर्न नपाउँने खबरदारी होस् । साथै सबै जनता कोरोना नियन्त्रणको अभियानमा सरिक हुन् । यस्तो महामारीको बेला सबै जना मास्क अनिवार्य लगाउ, होईन भने ‘फ्रि’ मा पाइने सास पनि पैसाले किनेर फेर्न नसकौला ! सजक रहौं, स्वस्थ्य बनौं ।