इतिहास अझै जिउँदै छ, टीकापुर बिद्रोहको झिल्को नदोहोरियोस्
हामी समावेशी लोकतान्त्र, उन्नत समाज, विधिको शासनको कुरा गर्छौं, तर व्यवहारमा भने उहीँ सामन्ती शासनको झल्को दिन्छौं । हामी आफैलाई प्रश्न गरौं के हामीले ल्याएको व्यवस्था परिवर्तनप्रति थारु मुलवासी प¥यौ त ? पक्कै पनि छैन । जनयुद्धको नाममा गरिबीका छोराछोरीको काँधमा बन्दुक बोकाई बन्दुकको नालबाट आफ्नो हकअधिकार लेख्नु पर्छ भन्दै दिवा सपना देखाउने प्रचण्ड–बाबुराम के आज तपाईहरुले देखाएका सपनाहरू पूरा भए त, के जनयुद्धको उद्देश्य पुरा भयो ? समावेशी संविधान, विश्व कै उत्कृष्ट संविधान भन्दै नथाक्ने हाम्रा नेताहरु हिज संविधान घोषणा गर्ने क्रममा थारूलाई बाहिर राखी घोषणा गरेको संविधानले थारुलाई न्याय गर्ला ? यिनै समुदायको उन्नति प्रगतिको लागि बनाएको संविधान मै थारु नअटाउनु नै यो संविधानको मजाक उडाउनु हो ।
यसले भविस्यमा प्रतिक्रान्ति जन्माउने पक्का छ । टीकापुर एउटा बिद्रोहको झिल्को हो, फेरि पनि अर्को टीकापुर बिद्रोह नहोला भन्न सकिदैन । बिद्रोह आन्दोलनले जनधनको क्षेति गर्छ । चाहे सरकार पक्षको होस्, या आन्दोलनकारीहरुको क्षेति हुने भनेको जनताको हो । अब देशमा कुनै पनि युद्ध हुनु हुँदैन । कथमकदाचित युद्ध भए फेरि गरिब जनताको छाक र छानो खोसिनु हो ।
के शासकको मानसिकता मै दमन शोषण अत्याचार नै हुन्छ त ? शासकहरुलाई यो पनि थाहा होस् राणा र राजाहरुको शासन व्यवस्था कसरी धलेको थियो । ओली, देउवा, प्रचण्डलाई यो थाहा होस्, तपाईंको शासनले कुनै सीमित जातजातिलाई बाहिर राखी घोषण गरेको संविधान विरुद्ध यिनै समुदायभित्र बाटै क्रान्तिको आगो बल्न सक्छ ।
थारु आन्दोलन र आज लिएको बाटो माथि थुप्रै प्रश्नहरु उठेका छन् । आज थारु आन्दोलनले लिएको बाटो सहि थियो या गलत । त्यो हाम्रो इतिहासले भन्ला । गच्छदार, गोपाल दहित, रामजनम, योगेन्द्रलाई नेपाली काँग्रेसभित्र बसेर राजनीति गर्ने नैतिक अधिकार गुमाइ सके भने राजकुमार लेखीलाई जसपामा । नेपाली काँग्रेस नेपाल कम्युनिस्ट पार्टीभित्र बसेर आदिवासी जनजातिका मुद्दाहरुले टुङ्गो लाग्दैन । आफूलाई मधेस र राष्ट्रिय राजनीतिको खेलाडी मान्ने राजेन्द्र महतो, उपेन्द्र ठाकुरलाई मेरो प्रश्न थारु हिजो सर्वसत्तावादी विचार भएका केही काँग्रेसी कम्युनिस्टबाट दास बनाइए । अब मधेसीबाट के २ नम्बर प्रदेशमा समावेशी मन्त्री मन्दल छ त । अनि कम्युनिस्ट र काँग्रेसभित्र बसेर विरोध गर्न कुनै पनि थारु नेता कार्यकर्तालाई नैतिक अधिकार छैन । दम छ भने काँग्रेस, माओवादी, एमालेबाट राजनीति बन्द गर्नुस् र यो एकल जातीय एकल भाषीय राज्य सत्ताविरुद्ध आवाज बुलन्द पार्नुस् । हैन भने दास भएर बस्नुस् ।
थारु आन्दोलन आज समग्र थारु समुदायको मात्रै नभएर सम्पूर्ण नेपाली जनताको आन्दोलन किन हुन सकेन, थारु आन्दोलनप्रति आज किन राज्य सत्ता मौन छ, आन्दोलनप्रति नेपाली बुद्धिजीवी, राष्ट्रिय मिडियाको चासो गैरथारु समुदायको किन चासो र समर्थनको विषय भएन यो बारेमा थारु नेताहरूले थारु बुद्धिजीवीले खोज अनुसन्धान गर्ने कि नगर्ने ?
के आन्दोलन को विकल्प भनेको बिद्रोह, चक्काजाम, हड्ताल मात्रै हुन त ? पक्कै हैन । आन्दोलनको विकल्प हामीले खोज्नुपर्छ, बौद्धिक बहसको सुरुवात गर्ने कि न गर्ने, बिद्रोह पनि होला तर कुनै पनि आन्दोलनको उद्देश्य पूरा गर्न बौद्धिक जगत पनि चाहिन्छ । आन्दोलनको माग मुद्दाप्रति हाम्रा शोधकर्ता, नागरिक समाज, मानवअधिकारकर्मी, गैरथारुलाई जोड्न सक्यौं कि सकेनौं ? सकेनौ भने हाम्रो आन्दोलन कहाँनिर चुक्यो, त्यो थारु अधिकारकर्मीको लागि महत्वपूर्ण विषय हुन सक्छ ।
आज देशको राष्ट्रिय मिडिया हेरौं, बिहानदेखि बेलुकासम्म एकल भाषीय एकल जातीय समूहको मुठ्ठीमा छ राष्ट्रिय मिडिया । देशको चौथो जनसंख्या थारुहरुको आन्दोलनमा राष्ट्रिय मिडियाले किन स्थान दिएनन् । यति ठूलो आन्दोलन हुँदा पनि पत्रकारिताको धर्म खै ? खै खोज पत्रकारिता । थारुहरुको मुद्दामा किन मिडियामा बहस हुन सक्दैन ? के थारुहरुको मुद्दा उठाउँदा राष्ट्रियता कमजोर हुन्छ ? राजनीति विश्लेषक भनिने प्रा.डा. सुरेन्द्र केसी, भारत दाहालले किन आन्दोलन बारेमा बहस गर्न रुचाउँदैनन् ।
अबको थारुहरुको आन्दोलन अगाडि बदाउने हो भने माग मुद्दाहरू लिखित रुपमा हुनु पर्छ । हैन भने यो आन्दोलनलाई पूर्ण बिराम लगाउन जरुरत छ । यदि फेरि पनि आन्दोलनलाई उठाउने हो भने अबको थारु आन्दोलन अहिंसात्मक र बौद्धिक हुन पर्छ । हिंसात्मक आन्दोलनले कसैलाई फाइदा हुँदैन । थारु अधिकार कर्मीहरु टीकापुर आन्दोलनबाट पाठ सिकेर अगाडि बढ्नु पर्छ ।
आन्दोलनको अगुवाई गर्ने अगुवाहरु सचिनु पर्न आवश्यक छ, आन्दोलनको अगुवाइ गर्ने रातारात गएर प्रतिगमनकारीसंग गएर कुनै पद प्रतिस्ठा र आर्थिकको चलखेल हुनु हुँदैन । बिगतका आन्दोलनमा भएका कमि कमजोरीलाई आत्मसात गर्दै, विश्लेषन गर्दै अगाडि बढ्नुको विकल्प छैन । इतिहास अझै जिउँदै छ थारुले बस्ती बसाउन लाएको जमिन बनाए, जंगली जनाबरसंग पैठे जोरिखेल्दै औलोसंग लड्दै गरी बसाएको जमिन माथि यहाँका शासकहरुले विभिन्न थारु उन्मुलन कानुनको निर्माण गर्दै थारुको जमिम कब्जा गर्दै आफ्नै पुर्खाको मेहनत पसिनाले अर्जेको जमिन माथि कमैया कमलरी बनाएको इतिहास भुल्न सकिँदैन् । अझै पनि मेरा हजुरबुबा जिउँदै हुनुहुन्छ उहाँको मुखबाट यहाँका शासकहरु अन्याय अत्याचार दमन गरेको सुनाउँदा त कुनै फिल्मको कथा जस्तो लाग्छ ।
मेरो प्रश्न आज थारु आन्दोलनलाई प्रयोग गर्दै मन्त्री, सांसद र राज्यको सरकारी सेवासुविधा माथि रजगज गर्नेलाई प्रश्न के आफ्नै पुर्खाले अर्जेको जमिन माथि आफ्नै दाजुभाई कमैया बस्दा मन दुख्दैन् । हिजो वर्ग संघर्षको कुरा गर्ने छुवाछूत भेद्भाव अन्याय अत्याचार विरुद्ध मुक्ति आन्दोलनमा थारु गरिब छोराछोरीको काधमा बन्दुक बोकाई सहादत हुने सहिदको आसुले पिरोल्ने छ ।
आज गैरथारु साथीहरू जो राष्ट्रिय सत्ताको बागडोर सम्हालेर बसेका छन् । के राष्ट्रियता बलियो एकल जातीय, एकल भाषाले हुन्छ ? राष्ट्रियता र राष्ट्र बलियो बनाउन सम्पूर्ण जातजातिको प्रतिनिधित्व गर्न, सम्पूर्ण नेपालीलाई आत्मबोध हुन जरुरी छ ।
राष्ट्रियता को निर्माण मा यहाँ का एकल जातीय ,ब्राह्मणबादी चिन्तन भएका कमजोर मानसिकता भएका राज काज चलाउने को ध्यान कहिल्यै भएन। यो लडाइँ कुनै एकल जातिको माग हैन ,एकल भाषा को माग हैन यो लडाइँ आत्मसम्मान को लडाइँ हो।एकलौटी राज गरेको एकल जातीय समुदाय ले प्रतिनिधित्व गरेको कर्मचारीतन्त्र,सेना ,प्रहरी,अड्डा अदालतले कसरीराष्ट्रियता बलियो बनाउछ।
थारु आन्दोलन लाई आज बृहत एकताको जग चाहिएको छ। कुनै पनि युद्धको नियम भनेको सामुहिक एकता नै पहिलो आधार हो। थारु अगुवा को कुरा गरौं अथवा थारु आन्दोलन को जग बाट भएका नेता हरु आजकिन थारु आन्दोलन प्रती चासो दिदैनन। नेपाली कांग्रेस का बिजय कुमार गच्छदार, डा।गोपाल दहित,योगेन्द्र चौधरी,रामजनम चौधरी,जनक राज चौधरी तथा कम्युनिस्ट का शान्ता चौधरी ,गौरीशंकर चौधरी, गङ्गाचौधरी,शन्त कुमार चौधरी जसपा का राजकुमार लेखी, आज पार्टी बाट थारु आन्दोलन गर्छु र थारु मुद्दामा एकेबद्द्ता जनाउछु भन्दा हास्यास्पद हुन जान्छ। जबकि नेपाली कांग्रेस,कम्युनिस्ट, जसपा नै थारु आन्दोलन रमुद्दामा उदार छैन भनेर पार्टीको छायामा बसेर आन्दोलन कसरी हुन्छ। यदि यी नेताहरु सबै थारु आन्दोलन प्रती एक्केबद्द छन भने पार्टी छाडेर आउन पर्छ अनि मात्रै आन्दोलन ले उचाई लिन सक्छ हैन भने अब कोअगुवाइ गर्ने नेतृत्वदायी भुमिका निर्बाहा गर्ने कुनै थारु नेता छैनन्।
के थारु नेता मात्रै दोसि हुन त ?
पक्कै पनि हैन। आन्दोलन गर्दा को कहाँ चुके र अब के गर्ने ।
थकस
कुनै बेला थाकस थारु हरुको आर्थिकसामाजिक राजनैतिक चेतना र बिकास को अभिप्रय ले खोलिएको संस्था हो। बिगत का दिन हरुमा थाकस ले थुप्रै राम्रा कार्यक्रम तथा नेतृत्व जन्माएको छ। कुनै बेला राम्रो काम गरेबापत थाकस ले दरबार बाट पुरुस्कार पाएको थियोे तर आन्दोलन प्रती थाकस किन कमजोर भयो। थाकस आज पार्टीको भर्ती केन्द्र बन्न पुगेको छ। थाकस ले थारु आन्दोलन थारु को मुद्दामा कहिल्यै खोज अनुसन्धानको काम गर्न सकेको छैन। आज पद प्रतिस्ठा कै लागि थाकस का विभिन्न संगठन को नेतृत्व गर्न भाग दैद छ। सबै लाई आग पद चाहिएको ले अन्तरिक कलह ले गर्दा नै आज थकस कमजोर भएको छ। थाकस लेआज टिकापुर आन्दोलन मा रेशम चौधरी र लक्षमण थारु लाई अदालतले सजाय सुनाउदा एउटा बिज्ञपति पनि निकाल्न सक्दैन। यसरी आन्दोलन कसरी उचाई लिन सक्छ।
थारु विद्यार्थी समाज
थारु विद्यार्थी समाज र सम्पूर्ण थारु विद्यार्थी समाज का लागि आज रेशम चौधरी ,जनकराज चौधरी सिएन चौधरी जस्ता बौद्धिक ब्याक्तित्व जन्माएको संस्था आज रेशम चौधरी जेल पर्दा पनि एउटा प्रेश बिग्यप्ती पनिनिकाल्न सक्दैन भने थाबिस को स्थापना को के औचित्य। आज थाबिस को तराई को २२ जिल्लामा संगठन छ तर थाबिस लाई बौद्धिक स्तरमा उठाउन कुनै पनि नेतृत्व गर्ने ब्यक्ति ले कहिल्यै सोचेन। आज थाबिसखाली पद को लागि भाग दौड गर्ने थलो बनेको छ। कुनै पनि राजनीति, आर्थिकसामाजिक चेतनाको बिकास को लागि शिक्षा निकै महत्त्वपूर्ण हुन्छ। आज टिकापुर आन्दोलन हुँदै गर्दा धेरै कार्यकर्या आज जेल जिबनयापन गर्दै छन। थाबिस को स्थापना भएको कारण पनि यही हो कि थारु विद्यार्थी हरुको शैक्षिक बिकास को लागि तर आज टिकापुर का विद्यार्थी ले थाबिस बाट कुनै पनि सहयोग पाएका छैनन्। यो आन्दोलन लाईसफल गराउन थारु विद्यार्थी ले पनि सहयोग गर्न सक्छ तर खाली माघी महोत्सव आयोजना गर्न कै लागि थारु विद्यार्थी समाज को स्थापना भएको जस्तैः लाग्छ।थारु हरु आज सिकल सेल एनिमिया ले ग्रसित छ तरस्वस्थ्य मन्त्री भएका रामजनम चौधरी ले के गरे त्यो आज उनले प्रष्ट पार्न जरुरी छ ।
कुनैबेला थरु हत तपाई पार्टी नेपाल र थारु आन्दोलन को जग बाट मन्त्री बनेका भुमि सुधार मन्त्री उनले के के काम गरे त्यो क्रमशः १,२,३ देखाउन पर्छ। हिज पनि राज्यको विभिन्न एन कानुन ले थारु लाई कमैयाकमलरी बनायो, भुमि हिन बनायो, आज पनि थारुहरु को मोहि छ मोहियानी को बिषयमा दहित ले केके काम गरे। दाङको हक मा थारु हरुको गूठी को मोहि छ त्यो मुद्दामा के गरेरु आज पनि थारु हरु भुमिहिन छ,आज पनि शासकको घर मा कमैया छ्न भने हाम्रा शासक हरुले हामिलाइ सरकारी कमैया बनाउदै छन।
कमैया कमलरी आन्दोलन को जग मा संसद भएकी दाङ कि शान्ता चौधरी अहिले नेकपा को सचेतक जस्तो मह्त्वोपुर्न पद मा हुनु हुन्छ तर शान्ता चौधरी र शासक हरुलाइ हेक्का होस् एक दुई जना लाई मन्त्री ,राज्यमन्त्री बनाउदैमा कमैया कमलरी भुमि हिन सुकुम्बासी को समस्या समाधान भयो र थारु हरु राज्यको माथिल्लो निकाय मा छन भन्नू खसीको टाउको राखेर कुकुरको मासु बेच्नु सरह हो।
आज थारु हरुको आन्दोलन लाई भर्र्याङ् बनाइ फाइदा लिने थारु समुदाय भित्र नै छन , आज थारु आन्दोलन र मुद्दा लाई भाबनात्मक प्रयोग गरि प्रयोग गर्ने चलखेलकारी बाट बच्नु पर्छ।
अहिले खड्क प्रसाद ओली को सरकार मा श्रम मन्त्रि गौरी शंकर चौधरी मन्त्र छन् भने थारु हरु सबै भन्दा रोजगारी का लागी खाडी मूलुक छन् भने बैदेशिक रोजगारी का पिडा भने उस्तै , गौरी शंकर , डा।गोपालदहित , रामजम चौधरी मन्त्री बनेर र खुट्टा बाधिएको थारु आयोग को अध्यक्ष बिष्णु चौधरी अध्यक्ष हुदै मा थारु समुदाय को आर्थिक राजनीतिक मुद्दा पुरा भयो भन्नु गलत हो।













