लक डाउनः राहतमा सेनेटरी प्याड खोई ?

अहिले लगभग २ सय देशमा कोभिड–१९ कोरोना भाईरसको महामारी चलिरहेको छ । अहिलेसम्म यसको रोकथामकालागि कुनै औषधि पत्तालागेको छैन । चाईनाबाट शुरु भएको यो महामारीले विश्व नै परिसानीमा छ । विश्वस्वास्थ्य संगठनले यसलाई नियन्त्रण गर्न सामाजिक दूरी कायम गर्नु नै सबैभन्दा उपयुक्त हुने अपिल जारी गरेको छ ।

विश्वस्वास्थ्य संगठनको अपिललाई मध्येनजर गरेर नेपाल सरकारले अहिले सिंगो मुलुकलाई नै लक डाउन गरेको छ । लकडाउनले ज्याला मजदुरी गर्दै जीवीकोपार्जन गर्नेहरु सबै भन्दा बढी मारमा परेका छन् । यसमा दुई मत छैन । राज्यले त्यस्ता परिवारकोलागि राहतको प्याकेज बनाएको छ । राहतको लागि उपयूक्त व्यक्तिको पहिचान गरेर सरकारले दाल, चामल, पिठो, नुन, तेल, तरकारीहरु राहत स्वरुप वितरण पनि गरिरहेको छ । यो एकदमै राम्रो पक्ष हो ।

हुन त लकडाउन कसैको लागि पनि सहज हुँदैन । सबैको दैनिकीमा प्रभाव पारिरहेको छ । यस्तो बेला लकडाउन गर्नु राम्रो कि नराम्रो भनेर विवाद गर्नुको अर्थ पनि छैन । किनकि यो कुनै राजनीतिक, सैनिक या आर्थिक कारणले भएको बदाबन्दी होईन । यो त माहमारीबाट बँच्नको लागि लगाइएको ‘निषेधाज्ञा ’ हो । तसर्थ अहिले यसलाई स्वीकार्नु बाहेक हामीसँग कुनै बिकल्प छैन । तर महिनौ दिन सम्म लक डाउन गर्दा सबैको आवश्यकताका आधारमा सरकारले व्यवस्थापनको पातोलाई बलियो भने बनाउनै पर्छ ।

विपन्न परिवारलाई सरकारले मात्रै राहत उपलब्लध गराएकाे हाेइर्न । याेबेला त मनका धनीहरु व्याक्तिगत होस् या संस्थागत, सबै सरकारसंग हातेमालो गर्दै राहत संकलन तर्फ एकजुट भएका छन् । कोही नगद सहयोग गरिरहेको छ त कोही खाद्यन्न सहगोग गरिरहेको छ । विपतकोबेला सहयोग गर्न आवश्यक पनि हुन्छ । किनकी यो बन्दाबन्दी कत्ति दिन सम्म चल्ने हो, निश्चित ठेगान छैन ।

कैलालीमा प्रत्येक स्थानीय सरकारले एक हप्ता अगाडीदेखि नै राहत स्वरुप खाद्यन्न वितरण गर्न शुरु गरिसकेको छ । कसले कति चामल दियो, कति तरकारी दियो सबै तथ्यांक सम्बन्धित स्थानीय निकायमा सुरक्षित राखिएको छ ।

राहतको तथ्यांक हेर्ने हो भने भात या रोटि खाना सक्नेहरुकोलागि राहत प्याकेज बनेको प्रष्ट देखिन्छ । यो बेला सरकार आत्तिएको पनि हुन सक्छ ! ८ अप्रिलकाे विहान ८:५५ सम्म विश्वमा १४ लाख ३१ हजार७०६ जना कोरोना भाईरसबाट संक्रमित छन् भने ८२ हजार ०८० जनाको मृत्यू भईसकेको विश्व तथ्यांले बताउछ ।

यस्तो संकटकोबेला मुखमा मास्क लगाएर मात्रै सुरक्षित हुन्छु भन्नु मुर्खता हो । सरकारले यो बेला फ्रि औषधी, परिवार नियोजनका अस्थाइ साधान, महिलाहरुले महिनावारी भएको बेला प्रयोग गरिए सेनेटरी प्याड जस्ता सामाग्री तर्फ ध्यान दिन जरुरी देखिन्छ । यो अति नै आवश्यक सामाग्री हो । बन्दाबन्दीको बेला तत्काल चाहिने सामाग्रीहरु राहतका प्याकेजमा समाबेश गर्न सक्नु सबै भन्दा उत्तम सावधानी हो ।

खैर म स्वयम आफू महिला भएको नाताले मेरो मनमा यस्ता प्रश्न उब्जिनु स्वाभाविक नै हो । किन कि मलाई रहेक महिना सेनेटरी प्याड चाहिन्छ । जुनबेला एक थाल खाना छोड्न तयार हुन्छु तर ‘प्याड’ चाहिन्छ नै । महिलालाई चाहिले अतिआवश्य साम्रागी सरकारको राहत प्याकेज भित्र सायद अटेन होला । या फिर राहत प्याकेज बनाउनेहरु महिनावारी हुदैनन् होला ! त्यहि भएर त्यो राहतमा ‘सेनेटरी प्याड परेन’ ।

विश्व स्वाथ्य संगठनले सामाजिक दुरी कायम गरे पुग्छ मात्रै भनेको छैन । उसले त सबै भन्दी बढि ध्यान सरसफाईमा दिन निर्देश गरेको छ । दिनमा ५–६ पटक साबुन पानीले मिचिमिचि हात धुने, सेनिटाईजर प्रयोग गर्ने शारीरिक सरसफाईमा पनि बढि ध्यान दिन सक्यो भने कोरोनाबाट बाच्न सक्छौं भनेर जनहितमा जारी सन्देशहरु प्रवाह गरिरहेको छ । तर जो महिला महिनवारी भएको बेला निरन्तर बग्ने रगतलाई व्यवस्थापन गर्न सकेन भने उ, आफूलाई कोरोनाबाट सुरक्षित भएको महशुस कसरी गर्न सक्छ ?

एउटा महिला महिनावारी भएकोबेला उसलाई अनिवार्यरुपले सेनेटरी प्याड चाहिन्छ नै । त्यो संगै उसलाई पौष्टिक आहारपनि चाहिन्छ । त्यस्तै गरि गर्भवति तथा सुत्केरी महिलाहरुको लागि कस्तो प्याकेज बन्यो सरकार ! राहत प्याकेजमा गर्भवति तथा सुत्केरी महिलाहरुलाई चाहिने पौष्टिक आहार समेट्नै भुल्नु भो कि, कसो ! कोरोनाको डर, भर्खर जन्मेको बच्चादेखि बृद्ध सम्मका लाई छ । गाँसबास कपास जिवित सबैलाई चाहिन्छ । तर हाम्रो सरकारलाई बालबच्चाहरुले खाने पौष्टिक आहार ‘लिटो’ समेत त नजर अन्दाज गर्न सकेन ! अनि जाबो त्यो सेनेटरी प्याडको के कुरा गर्नु ! एउटा जवान व्यक्तिलाई खानाकोलागि दाल भात र तरकारी चाहिन्छ भने, बच्चालाई पनि त सेरलिंक्स् लिटो, हर्लिक्स्, आदी चाहिन्छ होला नि । गर्भवति महिलाहरुलाई अरु केहि उपलब्ध गराउन नसके गेडागुडी सम्म त देऊ ।

मुलुकमा कोरोना संक्रमणबाट बच्नकोलागि दोस्रो पटक लक डाउन थपिएको छ । परिस्थिति बदलिएन भने तेस्रो पटक पनि थपिने सम्भावना व्यापक देखिन्छ । त्यसैले सरकार यी अति आवश्यक सामाग्रीहरु राहतको प्याकेज भित्र पार्न जरुरी छ । जसरी चामल र आलु दिदा हामी नुनपनि झुवाँट् सम्झिन्छौं, त्यसै गरि मन्थर भएर सोच ! खाद्यन्नसंगै सेनेटरी प्याडलाई पनि अनिवार्य गर ।