हाम्रो न्याय कहाँ छ ?

सन्दर्भः ३४औं अन्तराष्ट्रिय विश्व शान्ति दिवस

सशस्त्र द्वन्द्वका बेला पत्रकारितामा क्षेत्रमा पाईला सार्दै खुड्किलो चढ्न प्रयास गरेकी सुदूरपश्चिमका एक यूवतिलाई तत्कालिन शाही सेनाले गिरफ्तार गर्यो । उनलाई लामो समय सम्म नेपाली सेनाको क्याम्पमा कैदी बनाएर राख्यो । उनीसंग मेरो २०६४ सालमा भेट भयो । उनी मेरो कोठामा महिनौं दिन बसिन् । शारिरिकरुपले उनी विछप्ट थिईन् । उनका यौनी पूर्णरुपले अस्वस्थ्य थियो । उनीसंग धेरै पटक अस्पताल पनि पुगे । डाक्टरको भनाई अनुसार यौनीमा ठूलो घाउँ छ, पाकेर पिप जमेको रिपोर्ट देखायो ।

अस्पतालबाट घर फिर्ता आयौं, मैले उहाँसंग सोधे : क्याम्पमा कस्तो यातना दिन्थे ? उनले जबाफ दिईन् । मलाई धेरैले रेप गरे । एक दिनमा ८/१० जना सम्म थाहाँ पाउँथे पछि बेहोस हुन्थे ।

उनीहरु एकलै आउँथे या समुहमा ? मेरो जिज्ञासाको उत्तर दिदै उनले भनिन् । ‘कहिले काँहि गु्रपमा आउँथे । पालै पालो रेप गर्थे । ड्यूटिमा खटिएका वदीवालापनि रेप गरेर जान्थ्यो । यति सम्म दानबी पारा देखाउँथे उनीहरु ⁄ रेप गरिसकेपछि मेरो यौनीमा लठ्ठी, कागज रुमाल कोचिदिन्थे । कहिले काँही रातो खुर्सानी र नुनको चटनी पनि कोचिदिन्थे । म जति छट्पटाए पनि चिच्याए पनि मेरो चिच्याहत कसैको कानमा गुञ्जिन्दैन थियो । म चिच्याउदा बर्दीवाला झन उत्तेजित हुन्थे । कामुक भएर मलाई पुनः लुछ्न थाल्थे ।’

उनीहरु मलाई यातना दिएर मुख खोल्न बाध्य पार्थे, जवाफमा मलाई केहि थाहाँ छैन, म माओवादी होईन् यति मात्रै बोल्थे ।

खाना खुट्टाले सारेर छिटो घिच भन्थे । शरिरको नंगमा आलपिन गोभि दिन्थे । यो प्रक्रिया दैनिकी नै हुन्थ्यो । आफन्तसंग कहिलै भेट्न पाईन् ⁄
यति धेरै यातना पाईसकेपछि पनि कसरी सहन सक्नु भयो ? उनले भनिन् शुरु शुरुमा धेरै दुखाई हुन्थ्यो, होसमा आएपछि हिड्न पनि सक्दैन थिए, पछि दैनिकि नै भयो, बर्दिवाला पुरुष छेउमा उभिएको देख्ने वित्तिकै म सिकार भईसके भन्ने सोच्थे, के के हुन्थ्यो म केहि थाहाँ पाउदैन थिए ।

कैद मुक्त पछि मेरो आफन्तले सरासर अस्पताल लगे । डाक्टरले पाठेघर नै फाल्नु पर्छ भन्ने सुझाब दियो, मेरो जिद्दीको कारण लामो समय सम्म उपचार भयो ।

मलाई सन्तान जन्माउने ठूलो इच्छा थियो । पाठेघरको उपचार पछि म सन्तान जन्माउछु भन्दै लाखौ रुपैया उपचारमा खर्च गरे ।

लेखकः उन्नती चौधरी

नियमित तीन वर्ष सम्म उपचार गरिन् उनी । नेपालको राम्रो राम्रो अस्पतालमा देखाईन्, भारतको डिल्ली सम्म पनि पुगिन् । उपचारले उनको पाठेघर पहिलाको अवस्थामा आयो । डाक्टरको सल्लाह अनुसार उनी बच्चा जन्माउने निधो गरिन् । गर्भ पनि बस्यो । गर्भवति अवस्थामा उनी काठमाडौंमै बसेर नियमित डाक्टरको निगरानीमा बसिन् । बच्चा जन्मि सकेपछि पुनः पाठेघरमा इन्फेक्सन भयो, अन्ततः उनी सानै उमेरमा पाठेघर फाल्न बाध्य भईन् ।

त्यस्तै द्धन्द्धको बेला २०६६ सालमा राज्यबाट यौन हिंसामा परेकि एक महिलाको कथा पनि उनकै पीडामा यस्तो छ । उनी भनिन् “मलाई घरबाट आफ्नो क्याम्पमा लग्यो, दिन भरि त्यहि क्याम्पमा राख्यो । धेरै यातना दिए, मेरो शरिरमा भएका लुगा सबै च्यातियो ।” उनी विगत सम्झिदै भावुक भईन् “पालै पालो सेनाहरु मेरो छेउमा आउथ्थे, आफ्नो लिंग मेरो मुखमा जबरजस्ती कोचार्थे, विर्य जति सबै मेरो शरिरमा छर्थे ।”

प्रभावित महिलाले भनिन् “त्यो बेलाको घटना अहिलेपनि आँखा अगाडी झल्झली आउँछ, सपनामा जहिले उही घटनाले तर्साउछ । न्यायको लागि सम्बन्धित निकाय सम्म पुग्दा प्रमाण माग्छन् जुन प्रमाण मेरो आँशु मिश्रित आवाज बाहेक केही छैन ।”

उनले घटना भएको २० वर्ष सम्म पनि ती पीडालाई मनमा डेरा जमाएर बसिनन् । न्यायकोलागि श्रीमानलाई नसोधी प्रशासन सम्म पनि पुगिन् तर प्रशासनले कागजी प्रमाण मागेपछि पुनः चुप लागेर बस्न बाध्य छिन् ।

‘द्धन्द्धको बेला यौन हिंसाबाट प्रभावित महिलाहरुले कहाँबाट प्रमाण जुटाउन सक्छन् ? प्रमाण बनाई दिने निकाय कहाँ हो ? हामीलाई त राज्यले यौन दुरव्यहार गरेको छ  मेरो घरमा घटनाबारे थाहाँ पाएपछि बर्वाद हुन्छ । यौन हिंसामा परेका महिलाहरु न्यायको खोजी गर्दागर्दै धेरै बेघर भईसके तर न्याय पाएनन् । हाम्रो न्याय कहाँ छ ?

२०५७ सालमा भर्खरै विवाह गरेकी एक यूवति दिउँसो घरमा बसिरहेको अवस्थामा नेपाली सेनाबाट सामुहिक रेपमा परिन् । घर सर्च गर्ने क्रममा उनका सासु र नन्दहरुलाई घर बाहिर जान आग्रह गरे, उनलाई भने उनकै कोठामै कैद गरेर पालैपाले रेप गरे । सेना गईसकेपछि उनी सासुलाई पुरै कहानी सुनाईन् । सासु र श्रीमान मिलेर उनलाई घर निकाल गरिदिए ।

उनी तीन/चार वर्ष माईत बसिन् । माईति पक्षले केटो खोजेर पुन अर्को विबाह गरि दिए । श्रीमानलाई उनी सेनाले रेप गरेको घटना सुनाएकी छैनन् । उनका मनमा रहेक दिन सेनाले गरेको यौन दुर्व्यवहारको झल्को आँखा वरिपरि खेलिरहेको बताउँछिन् । उनी नखाएको विष पालेर त्रासमै जिवन जिउन बाध्य छिन् । उनी न्याय खोज्न कहाँ जाने ? कहाँ छ त्यस्तो ठाउँ जहाँ उनी आफ्नो गोप्नीयात भंग नगरिकनै न्याय पाउँछिन् ? उहाँहरु एक पात्र मात्रै हुन्, यस्ता धेरै महिलाहरु स्वास्थ्य उपचार नपाएर पाठेघर फ्याक्न बाध्य छन् त धेरैको घरबार बर्वाद भएको छ ।

हुन त नेपालमा द्धन्द्ध काल पछि अर्थात देशमा शान्ति आईसेपछि पनि हरेक दिन महिलाहरु बलात्कृत भईरहेका छन् । महिला खबर अनलाईमा २०१८/०८/२९ मा प्रकाशित लेखको तथ्यांक अनुसार ‘नेपालमा हरेक दिन तीन महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ ।’ तथ्यांकका अनुसार हरेक वर्ष बलात्कारका घटना १० प्रतिशतका दरले बढ्ने गरेको छ । त्यसैले त बितेका चार वर्षमा ४ जहार ४ सय ४५ महिला बलात्कृत भएको तथ्याक उल्लेख छ ।

बलात्कार, यौन हिंसा, यौन दुर्व्यवहार जस्ता घटनाहरु महिलाहरुले द्धन्द्ध कालमा मात्रै भोगेका होईन्न, अहिले पनि भोगिरहेका छन् । तर द्धन्द्ध पछि यस्ता घटनासंग साम्य गर्नेहरुलाई उजुरी हाल्न अलिक सजिलो छ । सुनुवाई हुनु नहुनु आफ्नो ठाउँमा छ । द्धन्द्धको बेलामा भोगेका ति कथाका पात्रहरुले त उजुरी समेत हाल्न पाएनन् । देशमा शान्ति स्थापना भईसकेको एक दशक भन्दा बढि भईसक्यो, तर पीडा झन झन बल्झिदै गईरहेको छ ।

प्रभावितहरु त्रासमय जिवन जिउन बाध्य छन्, हिजोका दिनमा बम बारुदसंग भलाकुसारी गर्ने पार्टी र राज्यको मित्रता गुलियो बनेर गायो । तर तिनै भलाकुसारीको दोसाधमा उभिएका हिंसा प्रभावित महिलाहरुको पीडा उस्तै तितो छ । पीडा भग्नेहरुको मनामा मैनबत्तिले कहिलै उज्यालो दिएन । बलेको मैनबत्तिले हरेक दिन पोल्ने काम मात्रै गर्यो । राज्यले हरेक वर्ष सेक्टम्बर २१ म मैनबत्ति बालेर शान्ति दिवस मनाउँछ । उनीहरु पनि मैनबत्तिको रापले आफ्नो शरिरलाई दाम्दै विश्व शान्ति दिवसको दियो बाल्न कसिन्छन् । त कि ढिलै भएपनि आफूले खोजेको न्याय प्राप्ती होस् । जय विश्व शान्ति दिवस ।