मार्क्सवादबारे नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, चीन र अमेरिका पनि सहभागी हुने

१ भदौ, काठमाडौं । यही भदौ २ र ३ गते नेपालमा हुने ‘माक्र्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा हुन लागेको छ । सम्मेलनमा नेपालसहित चीन, भारत, अमेरिका, युरोपलगायतका १२ राष्ट्रहरु सहभागी हुने बताइएको छ ।

सम्मेलनको उद्घाटको अघिल्लो दिन अर्थात आइतबार संवाद डबलीमा ‘माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समिति’ले पत्रकार सम्मेलन गरेको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । माक्र्सवाद र एसियाली दर्शनबारे नेपालमा यो स्तरको सम्मेलन पहिलो पटक गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै माक्र्सीय गुरुकुल प्रमुख सोनाम साथीले माक्र्सवादी दर्शनको तादात्म्यताका विषयमा बृहत सम्मेलन हुने र त्यसले राम्रो सम्भावनाको ढोका खोल्ने बताए ।

त्यसैगरी सो सम्मेलन समितिका संयोजक प्रा.डा.काशीनाथ न्यौपानेले एसियाली÷पूर्वीय दर्शन तथा विभिन्न देश विशेषमा विकसित तथा स्थापित पहिचानलाई आमरुपले प्रयोगमा ल्याउन नसक्दा मानव समाज पछडी परेको धारणा राखे । न्यौपानेले सबै किसिमका दर्शनको सकारात्मक पक्षलाई एकठाउँमा ल्याएर आगामी पीडिँको उच्चतम विकासको निम्ति लागाउन सकिने पनि बताए ।

त्यसैगरी, नेपाल खुल्ला विश्वविद्यालयका प्रा.डा.खगेन्द्र पर्साइले मानिसहरुले माक्र्सवादी वा पूर्वीय कुनै पनि दर्शनको विषयमा गहन अध्ययन नगरी हचुवाका भरमा गम्भीर धारणा बनाउने समस्या व्याप्ता रहेको बताए । त्यस्तो किसिमको समाजलाई अध्ययनशील बनाउन र एक अब्बल संश्लेषितविचार विकासमा आफूहरुले थालनी गर्न खोजेको बताए ।

डा.प्रेमराज न्यौपानेले पूर्वीय तथा माक्र्सवादी दर्शनको तादाम्यतालाई गहन खोजगरी निचोड निकाल्ने यो सम्मलेन एक महत्वपूर्ण मध्यम हुने आशा व्यक्त गरे ।
उद्घाटनशत्र सम्पन्न हुने वित्तिक्कै समानन्तररुपमा गोष्ठीहरु शुरु हुने र सो सम्मेलन नेपालका लागि पहिलो भएको र यसले पूर्बीय दर्शन र माक्र्सीय दर्शनको विषयमा तुलनात्मक अध्ययन विश्लेषण गर्नेछ ।

पूर्वीय दर्शन पाँच हजारबर्ष पुरानो दर्शन भएको र यो दर्शनले अनेकौं ढोकाहरु खोलेको पनि आयोजकको दावि छ । यसको विषेश अध्ययन र विश्लेषण हुनुपर्ने आजको आवाश्यकता भएको र अझ माक्र्सवादको ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादसित यसको ठूलो सम्बन्ध रहेको जनाकारी दिए ।
नेपाल संस्कृतिक वश्वविद्यालय, माक्र्सीय गुरुकुल, नेपाल खुल्ला विश्वविद्यालय र एशियन नेचुरल फिलोसोफी तथा विभिन्न देशहरुबाट प्रतिनिधी विज्ञहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । यो सम्मेलनमा विद्धानहरुले दुई दर्जनभन्दा बढि विषयमा कार्यपत्र प्रस्तुत गर्ने र सम्मेलनको उद््घाटन प्रधानमन्त्री ओलीले प्रज्ञाप्रतिष्ठानमा भव्य समारोहवीच गर्ने पनि जनाएको छ ।