आदिवासी जनजाती प्राकृतिक सम्पदाबाट बञ्चित : फुलमान

नयाँ दिल्ली, २८ साउन । संयुक्त राष्ट्र संघ आदिवासी जनजाती सवालका लागी स्थायी मञ्चका उपाध्यक्ष फुलमान चौधरीले आदिवासी जनजातीलाई प्राकृतिक सम्पदाबाट बञ्चित गराए उनीहरुको अस्तित्व हराउने बताएका छन ।

भारतको राजधानी नयाँ दिल्लीमा भएको २५औ विश्व आदिवासी जनजाती दिवसको अवसरमा आयोजित रजत जयन्ती एवम् साँस्कृतिक महोत्सव कार्यक्रमको उदघाटनमा यस्तो बताएका हुन् । उनले आइएलओ महासन्धी १६९ मा आदिवासी जनजातीलाई जल, जंगल र जमिनमा अग्रअधिकार हुनु पर्ने भने पनि अहिलेसम्म सुनिश्चित नभएको बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका संयुक्त राष्ट्र संघ आदिवासी जनजाती सवालका लागी स्थायी मञ्चका उपाध्यक्ष फुलमानले भने, जल, जंगल र जमिनमा आदिवासी जनजातीको पहिलो अधिकार सुनिश्चित हुनुपर्छ, भनि संयुक्त राष्ट्र संघसँग नेपाल लगायत विभिन्न राष्ट्र आईएलओ महासन्धी १६९ सम्झौतामा हस्ताक्षर गर्नु तर कार्यान्वयन गर्न नसक्नु दुर्भाग्यको कुरा रहेको बताए ।

‘राजनीतिक, सामाजिक, शैक्षिक, पर्यावरणिय लगायतका मुद्दाहरुमा नेपाल, भारत लगायत विभिन्न देशका आदिवासी जनजातीहरुका समस्या एक छन,’ उपाध्यक्ष चौधरीले भने–‘साझा समस्याका लागि सबै आदिवासी जनजाती एकजुट भएर समाधानका लागि दवाव दिनु पर्छ ।’ भारत र नेपालको सम्बन्ध एकदमै घनिष्ट एवम् आत्मिय भएकाले पनि दुवै देशका आदिवासी जनजातीहरुको संस्कृति र समस्याहरु एक किसिमका भएको उनले बताए ।

भारतस्थित सोनभद्र क्षेत्रका सांसद हरिराम चेरुले आदिवासी जनजातीहरुका भाषा, कला, संस्कृति जोगाउन विश्व विद्यालयको स्थापना आवश्यक भएको बताए । उनले सबै देशका आदिवासी जनजातीका मुद्धा एक भएकाले अन्र्तर्राष्टिय मुद्दा बनाएर लैजानुपर्ने समेत बताए । सांसद चेरुले राज्यपक्षबाट आदिवासी जनजातीका कला, संस्कृतिलाई दबाउने प्रयास भएको आरोप लगाए ।

संयुक्त राष्ट्र संघ आदिवासी जनजाती सवालका लागी स्थायी मञ्चका पूर्व उपाध्यक्ष एवम् बंगलादेशस्थित चक्मा सर्कलका राजा देवाशिस रोयले आदिवासी जनजातीहरुको प्रमुख समस्याका रुपमा भाषा, कला, संस्कृति लोप हुदै गैरहको बताए । ‘कुनै पनि जाती समुदायको पहिचान भनेको भाषा हो उहाँले भने, भाषा कला, संस्कृति हराए पहिचान पनि नरहले चुनौती थप्दै गइरहेको ।’ उनले आदिबासी जनजाती बाहुल क्षेत्रको स्थानीय तहमा उनीहरुको भाषालाई कामकाजी बनाउनु पर्नेमा जोड दिएका थिए ।

बंगलादेशमा आदिवासी जनजातीहरुको ‘राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रमा पछाडि रहेपनि जल, जंगल र जमिनमा अग्रअधिकार सुनिश्चित भएको बताए । जंगल कटानी होस या जंगल किनारमा उद्योग कलकारखाना स्थापना गर्दा होस, आदिवासी जनजातीसंग सल्लाह गरि उनीहरुको प्रत्यक्ष सहभागिता विना कुनै कार्य गर्न नपाउने राजा देवाशिसले बताए ।

त्यसै गरि डा. बेन्जामिन बारा, अष्टे«लियाका मार्क अनान्डेला, आदिबासी जनजातीलाई राज्यपक्षले फरक दुष्टिकोणबाट हेरेको बताए ।
त्यस्तै समापन कार्यक्रमका प्रमुख अतिथि भारतको छत्तिसगढका गर्भनर अनसुइया उइके रहेका थिइन ।

हरेक मुलुक का आदिवासी जनजातीको हकअधिकार संविधानमा सुनिश्चित भएका पनि उनीहरुलाई संवैधानिक अधिकारबाट बञ्चित गराई रहको बताइन । ‘विद्यार्थीलाई आफ्नो मातृभाषामा कुरा बुझना जति सजिलो हुन्छ त्यति सजिलो अरु भाषामा नहुने उहाँले भनिन, ‘विद्यार्थीलाई सजिलै कुरा बुझना वा पहिचान जोगाउन मातृ भाषामा पठनपाठन हुनु प¥यो । ’

२५औ विश्व आदिवासी जनजाती दिवसको अवसरमा भारतको राजधाननी नयाँ दिल्लीमा अगस्त १० र ११ मा भएको रजत जयन्ती साँस्कृतिक कार्यक्रममा नेपाल, भारत, बंगलादेश, भुटान लगायत राष्ट्रका २८ स्टेटका आदिवासी जनजातीको सहभागिता तथा उनीहरुको कला, संस्कृति परम्परा, भेषभुसा सहित साँस्कृतिक भाँकी प्रस्तुस्त कैगिल रहे । नेपालका आदिवासी जनजातीहरूको सास्कृतिक झाँकीलाई विश्वभर चिनाउनका लागी कञ्चनपुरमा रहेको कृष्णपुर नगरपालिका वडा नं ६ सिँहपुरका स्थानीय आदिवासी जनजाती थारु समुदायले मुग्रहुवा र झुमरा नाँच प्रस्तुत गरेका थिए । त्यसैगरी सिँहपुरका टोलीसंगै गएका गुरुवा फुलराम चौधरीले दिल्लीमा भइरहेका कार्यक्रममा मन्त्र पढी उदघाटन गर्न सघाएका थिए ।