बन्चितिकरणमा थारु

नेपालमा राणा शासनको अन्त्य भयो। पञ्चायत शासन समाप्त भयो। बहुदलीय शासन बदलिएर गणतन्त्र हो कि लोकतन्त्रमा परिवर्तन भएको छ। राजसंस्था हट्यो तर आफुलाई शासक बर्ग ठान्नेहरुको समाजिक ब्याबहार उहि पुरानै देखियो। काठमाडाँैमा हरेराम यादव कुटिनु, इटहरीका मेयर दरिकलाल चौधरीलाई कर्मचारीले गाली गजौल गर्नु, बिजुली लाइन ठुला उधोगलाई दिएको र बक्यौता रकम कुलमान तामाङले असुल नगरेको प्रश्न गर्दा माननीय अमनलाल मोदीलाई समाजिक संजालमा तथानाम अपशब्द प्रयोग गरेको पाइयो। जनताको अत्यधिक मतले संसदमा निर्र्वािचत भएर पनि माननीय रेशम चौधरीलाई कारावासमा राखिएको छ। यी यस्ता धेरै उदाहरणहरु छन। एका तिर सरकारमा पहुच पुगेकाहरुले भ्रष्टाचार, तस्करी, हत्या हिंसा गर्दा संरक्षण गर्ने र अर्को तिर थारुलाई दण्डसजाइ दिने ब्यहारले एकल जातिय प्रशासन र शासनको नमुना देखिएको छ।

पहाड र उपत्यकामा मुलघर भएकाहरुले थारु प्रति अहिले सम्म प्रयोग गर्ने हेपहा भाषा, ब्यबहारले उनीहरुका सन्तानले पनि थारुलाई उस्तै भाषा र ब्यबहार गरिरहेका छन। नेपाल सरकारका कर्मचारीहरुको ब्यबहार पनि यो भन्दा फरक छैन त्यसैले सरकार एकल पहाडी समुदायको मात्र हो भन्ने धारणा थारु समुदायमा ब्याप्त छ। थारुले आत्मसम्माका साथ बाचन पाउने उसको नैसर्गिक अधिकार कुन्ठित भएको छ।

जानी वा न जानी तरिकाले सरकारको पहुचबाट बंचितिकरणमा परेको थारु समुदाय आत्मसम्मानका साथ बाचन पाउनु पर्ने कुरा उठाउने गरेका छन र सरकारले यही समाजिक बिभेदका कारण भएका द्धन्दलाई राम्रो ब्यबस्थापन गर्न नसकदा हिंसामा परिणत भएको पनि घटना ताजै छ। के नेपालमा समाजिक बिभेद, बन्चितिकरणमा परेका थारु समुदायलाई समाजिक न्याय दिन र आत्मसम्मानका साथ बांचन दिने राम्रो ब्यबस्थापन गर्न सकिदैन र ?

नेपालमा जनसंख्याको हिसाबले थारुको चौथो स्थान भए पनि सरकारी निकायहरुमा थारुको प्रतिनिधित्व नगन्य नै छ। नेपाल सरकारले सरकारी सेवा, छात्रबृति र सेवामा पहुच लगायतका कुरामा समावेशी गराउन धेरै आधारहरु छन, तर के कारणले होला यो हुन सकेको छैन। थारु तराईको पहिलो बासिन्दा भएर पनि पहलो नागरिकको अग्राधिकार जल, जमिन, जंगलबाट बंचित गराएका छन। राजनतिक निर्वाचन क्षेत्र निर्धारण गर्दा पनि थारु बहुल क्षेत्रलाइ टुक्रा परेर अल्पसंख्यकमा पारी प्रतिनिधित्व नआउने गरि निर्धारण गरेकिएको छ। थारुका मौलक स्थानका नाम, मठ, गढ, ग्रमथानलाई बिस्थापित गरिरहेको छ। के थारुलाई नेपालबाट बिस्थापित पार्न खोजेको हो की ?

पहाडी जनजाति र तराईको मुलबासी थारुमा भुगोल र संस्कृतिमा फरक छ र बिकाशको सुचाङकमा पनि पहाडी जनजाति भन्दा थारु धेरै पछि छ। यहि भिन्नताले थारुको पहिचान भिन्न छ। बृटिस सेना र भारतिय सेनामा पहाडी जनजातीको आरक्षण सरह नै छ। उनीहरु बिदेसमा रहदा बस्दा संसार बुझने मौका पाए र समपन्नताको बाटोमा लागेका छन। सहर बजारमा बसोवास गरेर ब्यापार गर्ने मौका पाए। सरकारी सेवा गए।

नेपालको सुरक्षा निकायमा ठकुरी, क्षेत्रीको बाहुल्यता छ र शासन प्रशासन, रानितिक नेतृत्वना बाहुन जातीको बाहुल्यता छ। दुरभाग्य नै हो दुर्गम जंगल, असुवीधा, अशिक्षा, मलेरिया, हैजा, बिफर रोग ग्रस्त गाउमा बसेका थारु यी संभावना बाट बंचित रहे र सरकारले पनि समावेस गराउने ठोस उपाय गरेनन्। नेपाल सरकार या बिदेसी दातृसंस्थाले थारुका बिकाशका सुचाङक सहि तरिकाले देखाउन सकेको छैनन्। सहि तथ्याङक नहुदा झन बढी बिभेद र बन्चितिकरणमा परेका छन ।

नेपालको बिकासमा थारुको अहम भुमिका छ । त्यसबेला थारुले राज्यकोषमा तिरो सरकारी दस्तुर सबै भन्दा बढी जम्मा गर्ने गरेका छन र आर्थिक तन्त्रको मजबुत खम्बाका रुपमा थारुलाइ लिइएको छ तर सरकारी सेवा, सुविधा, पहुचबाट बन्चित छ। थारु जातिमा आफनो जन्म थलो छोडेर बसाइ सराइ गरेर जाने चलन पनि कमै छ। दुख सुख यहि माटोलाई समझेर यसकै राम्रो र शान्तिको लागि धेरै सहन गरेर बसेका छन। लोभलालच कम, सत्य र इमानमा रहने, त्यागको भावना भएकोले थारु समाजमा समाजिक सदाभाव कायम गर्न सरल छ। यसैले थारु जातिमा नेपाल प्रति राष्ट्र प्रेमले भरिइको छ। तसर्थ थारु जातीलाई संरक्षण गर्नु सरकारको जिमेवारी हो।

थारु जाती जंगली जनावर बाघ, भालु, हाती, अजिङगर संग लडन नडराउने र अदम्य साहस भएको जातिलाई शासक बर्गले डरछेरुवा भनेर दोषारोपन गरि बिभिन्न सरकारी सेवाको पहुचबाट बंचितिकरण गरेको देखियो। सोझा, अशिक्षित, जिमादिएको काम फते गर्ने भएकोले “गोरु“ को पगरी दिएर होच्याउने गरेको, समाजिक बिभेद गरि बन्चित गराउने खेल भयो। थारु अनुहारले कालो रंग भएकोले मधेशी, भेले, धोती, बिहारीको संज्ञा आम पहाडी बर्गले संबोधन गर्ने गरेर मनोबल गिराउने काम गरेका छन। एउटा असल नागरिकले अरु नागरिकलाई सम्मान जनक ब्यबहार गर्दछ तर आफुलाइ नेपाली भन्नेहरुले थारुलाइ सम्मान जनक ब्यबहार गर्न सकेनन् भने असल नागरिकको दर्जा दिन मिल्छ र ?

थारु समाजिक बिभेद, शोसण, गरिबी, अशिक्षा, पहुचको कमी, बन्चितिकरणले जिर्ण छ। केही दशक पहिला समपन्न थारु समाजको सानमान गौरावन्तित थियो तर यता आएर समयको काल खण्डमा अशिक्षा, सोझोपन र पहुचको अभावले थारुलाई चलाक बर्गले बन्चितको अवस्थामा पुर्याएको छ। त्यसैले अहिले “थारुलाई जोगानु भनेको भविष्यमा नेपाललाई बचाउनु” सबै असल नागरिकको जिमेवारी हो।