कृष्णसेन इच्छुकको बेवारिसे घर !

बिचरा !
बेवारिसे घर,
तिमी गएदेखि सुनसान छ ।

तिम्रा दौतरीहरू
यही बाटो भएर हिड्छन्
कहिले झण्डावाल गाडीमा

कहिले न्यानाेवाला गाडीममा
कहिले शित्तलवाला गाडीमा

तर, गाडीको कालो शिशाले कहिले देखेन
तिम्रो यो दुर्दशा ।

तिमी गाउँको कुरा लेख्यो
झुपडी र गरिबका कुरा लेख्यो
तर, लेख्नेहरूले
अथवा देख्नेहरूले
खै ! तिम्रो कुरा लेखिदिएको ?

तिम्रा समकक्षीहरू
अचेल तिम्रै बिचारको लिलाम बिक्री गरिरहेछन्
र तिमीले लेखेका गाउँको कथा
झुपडी र गरिबको उपहास गर्दै
आफू स्वर्ग बनाइरहेछन् ।
(हार्दिक श्रद्धाञ्जली कृष्णसेन इच्छुक)