ठेला व्यपारमै भविष्य खोज्दैछन् प्रदेशु

धनगढी, २३ बैशाख । धनगढी उपमहानगरपालिका वडा नं. १७ धुरझना मुक्त कमैया शिविरका ४० वर्षिय प्रदेशु चौधरीको चटपटे र पानीपुरी व्यवसायीले पुरै परिवार धानेका छन् ।

पाँच वर्ष अगाडी भूमिसुधार कार्यालय कैलालीले व्यपार व्यवसायीकोलागि एउटा ठेला दिएको चौधरी बताउछन् । पाँच हजार रुपैयाबाट शुरु गरेको चटपटे ठेला व्यपारले गाउँमा खासै बिक्रि नहुँदा चार जनाको परिवार पाल्न प्रदेशुलाई हम्य हम्य हुन्थ्यो । पछि परिवारको सल्लाहमा व्यपार बन्द गरि भारत कमाउन गएको बताउछन् ।

एक छोरा र एक छोरीको पढाई खर्चसंगै परिवारका घर खर्च जोहो गर्नुपर्ने हुँदा उनी १ वर्ष सम्मा ठेला व्यपार बन्द गरि भारतमै मजदुरी गरे । त्यहाँबाट फर्केपछि पुनः उनी ७ हजार रुपैया समुहबाट ऋण निकालेर ठेलाको माथिल्लो भाग आफै ठपेर गाउँमा व्यपार गर्न शुरु गरे ।

‘ठेलाको तल्लोे भाग भूमि सुधार कार्यालयले दिएको थियो, माथिल्लो भाग ठप्नकोलागि समुहबाट ७ हजार रुपैयाँ ऋण निकालेर मर्मत गरि पुनः आफ्नै गाउँमा चटपट र पानीपुरी बनाएर व्यपार गरिरहेको छु ।’ उनले भने पानीपुरी बनाउने भाडो छैन तरपनि काम चलाउ गरिरहेको छुँ । व्यपार सुचारु गरेको दुई वर्ष भयो । यसैमा भविष्य खोजीरहेको छुँ ।

उनी विगतलाई सम्झदै भने ‘म सानो हुँदा आमा बुवा कमैया बसेका थिए । त्यही घर म पनि साथैदेखि गाई बाख्रा चराउन थाले । पछि अलि ठूलो भएपछि आमा बुवाले एक गैर थारुको घरमा कमैया बसाएको बताए । उनीहरु पुरै परिवार कमैया बसेका थिए । जसले गर्दा उनी पढ्न लेख्न पाएनन् । आफ्नो जीवनमा धेरै ठाउँ कमैया बसेको अनुभव सुनाउछन् प्रदेशु ।

वर्ष भरि काम गर्दा एक क्वीन्टल धान ज्यालाकोरुपमा पाउँथे । बाँकी मालिकको घरमा खाना र बस्ने सुविधा पाउँथे । पछि उनी विस्तारै धनगढी १८ फुलवारीको एक गैर थारुको घरमा कमैया बसेको सुनाए । उनको मालिकले उनलाई वार्षिक दुई हजार रुपैया दिने सहमति भयो र उनी धेरै खुशी भएर कमाउन थाले ।

उनले भने ‘विस्तारै हरेक वर्ष ज्यालामा डिमान्ड गर्न थाले, र मेरो ज्याला पनि बढ्दै गयो । म २०५६ सालमा वार्षिक ७ हजार रुपैयामा कमैया बसेको थिए ।’ तर पछि कमैया मुक्ति भयो र म पनि लेबरी काम गर्न थाले । मुक्ति पश्चात उनी गाउँमै प्रोढ शिक्षा पढे र आफ्नो नाम ठेगान र राम्रो संग पैसा चिन्न सक्ने भए । उनको श्रीमति देशनी चौधरी पनि प्रोढ पढेर आफ्नो नाम लेख्न सक्छन् ।

उनी आफू पढ्ना नपाएको पीडा सम्झदै छोरा छोरीलाई त्यो पीडाबाट माथि उकास्ने सोचका साथ हाल सम्म छोरा छोरी पढाई रहेका छन् । २० वषिया छोरा अमेन चौधरी प्लस टु र २५ वर्षिय छोरी सञ्जिता चौधरी बेचलर बढ्दै गरेको बताउछन् प्रदेशु । उनलाई आफ्नै गाउँमा सफल व्यपारी बन्ने सोच छ ।

ठेलामा चटपट मात्रै नभएर व्यवस्थितरुपले पानी पुरी, चाउमिन मःम र किरानाका सामान राखेर ठेला व्यवारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने रहर गरिरहेका छन् । उनले आफ्नो रहर पुरा गर्न सहयोगी हातको खोजसंगै ठेला व्यपारमै भविष्य चिताईरहेका छन् ।