भित्र्याउन नसकेको बाली
हाम्रो समाजमा हरेक कुराको बर्गिकरण गरिएको छ । धानगहुँ रोप्नेदेखि बाली भित्र्याउनलाई पनि निश्चित समय तोकिएको छ । धानको बाली मंसिर पुस भनिन्छ । त्यसै गरि गहुँबाली चैत बैशाख । तर कहिले काँही समय अनुकुल नहुँदा तल माथी पर्नु स्वभाविक नै हो । जस्तै केही बाली बैशाख, जेष्ठ, आषाढ, मंसिर, माघ र फागुन महिनामा पनि भित्र्याउने गरेको मैले सुनिरहेको छु । मेरा साथीहरु खिस्स परेर कहिले काँहि मलाई भन्न्े गर्दछन् कि ! उसको बाली त पाक्न लागेको छ नि । मैले केही कुरा गर्नसाथ मेरा साथी संगीहरु पाक्न लागेको वालीलाई असिना पानीले विगार्ने काम नगर है ! यति भनेपछि म ट्वाँ परेर हेरेको हेरै हुन्छु ।
मैले भन्न खोजेको आजभोलीका केटाकेटीहरु हरेक कुरा ठट्टा गरेर रोमान्स् गरिरहेका छन् । मैले पनि कहिले काँही ऊसंग प्राय यस्तै गरि मौकामा चौका हान्ने गरेको छु । अर्थात यस्तै ठट्टाहरु त उसंगा प्रया चलिरहन्छ । पहिलो पटक उ संग नजिक भएको समय पनि लगभग मंसिर महिना तिरैको हो । त्यहि बेलादेखी नै पाकेको बाली भन्ने शब्द सुन्दै आएको थिँए, तर अर्र्को बर्षको बैशाख अन्तिम सम्मपनि त्यहि कुरा सुन्नु परेकोछ । अरु साथीहरु बेला बेला जिस्काउँछन् अहिलेसम्म पनि पाकेको बाली भित्र्याउने कुराको चालचोल छैन । कतै बालीमा केही खराबी आयो कि ! मंसिरमा पाकेको बाली बैशाखसम्म पनि नभित्र्याउनुको पछाडी केही कारण त पक्कै होला ? आदि इत्यादी … ।
उनीहरुलाई बनावटि जवाफ फिर्ता गर्दा बडो रमाईलो हुन्थ्यो । त्यसैले म विभिन्न अर्थ लाग्ने जवाफ केन्द्रित भएर जवाफ फिर्ता दिन तर्फ लागें । ‘बाली त जसले पनि लाउँछ, तर वाली लगाएर मात्रै फल लिन कहाँ पाइन्छ र ! यसलाई समय समयमा हेरचाह, रेखदेख गर्नै पर्यो होईन र । कहिले असिना पानी कहिले हावाहुरी सित लहर र ‘लु’ को पनि उत्तिकै जोखिम छ ।
साच्चिकै हावा हुरी र असिना आएर वाली भित्र्याउन नसकेको अवस्था हो भने नयाँ वाली रोपेर विकल्प खोज्ने हो कि ? हा…हा…हा… । असिना पानीले नष्ट गरेको वाली सप्रिन्छ भनेर कतिन्जेल पर्खेर बस्ने ? हुन त वास्तविक जिवनमा यो असम्भव कुरा हो । तर यहाँको वालीमा केही सम्भावना रहने हुनाले नै होला ‘प्रतिक्षमा’ । उहिलेको जमानामा बुढापाकाहरु भन्ने गर्थे ! खोलो १२ बर्षमा फर्कन्छ । त्यसैले यो वाली पनि नसप्रेला भन्न कहाँ सकिन्छ, आशा गरौं न । कि असिनापानीले पुर्ण रुपमा तहस नहस पारेको वालीलाई माया मारि पुनः नयाँ तरिकाले खनजोत र गोडमेल गरौं । फेरी वाली भित्र्याउन नसक्नुमा असिना, पानी, हावा हुरी मात्रै दोषी कहाँ हुन्छ र ! त्यसमा त राम्रो मल जल, विउ विजन तथा उपयुक्त वातावरण अर्थात अनावृष्टि, अतिवृष्टि पनि त भएको हुन सक्छ । यी मध्ये कुनै पनि समस्या किन नहोस यसलाई पहिलाको अवस्थामा त ल्याउन सकिदैन । एउटै उपाय नयाँ वाली लगाउनुको अर्को बिकल्प म त देख्दिन ।
त्यसैले नयाँ वाली लगाउ । लामो समयसम्म भित्र्याउन नसकेको वालीले राम्रो प्रतिफल दिंदैंन बरु नयाँ बालीमा बढी मिहनेत गर । पाकेको वालीलाई भित्र्याउन नसक्नुको कारण खोज र अनुसन्धान गर । बीउ उन्नत जातीको भएन कि, बीउ उन्नत जातकै हो तर वालीको रेखदेख राम्रो भएन या के हो ? बरु दिनमा १÷२ पटक वाली लगाएको ठाउँमा जानु पर्ने हो की !
वालीको प्रकृति अनुसार किसानले कति कति समयमा खेतमा जाने यो विषयमा ध्यान त पु¥याउनै प¥यो । वाली आफुले त लगाईएला तर वाली पकाउने ठाउँ वा स्थान कस्तो छ ? यसलाई पनि उत्तिकै मध्येनजर गर्न आवश्यक हुन्छ । गाउंघरमा त बाली लगाउँन अर्मपर्म पनि चल्छ । हामी पनि कोदालो र हलो चलाउनमा अल्छी छौं होला तर तिमीलाई बाली लगाउन त सहयोग गरि हाल्छौं नि । नभए नहोस तर अरुको सहयोग मरे पनि लिन्न भन्ने बानीले पनि पाकेको वाली भित्र्याउन गाह्रो हुन्छ ।
यस्ता धेरै कुरा साथीहरुलाई भनेको थिएँ । पक्कै पनि अब त केही परिवर्तन आउछ कि ! केही दिन पश्चात फेरी उसैकै मुखबाट सुने हिजो वाली लगाएको जिउ मज्जाले दुखेछ । यस पटक पनि अर्मपर्ममा जान सफल भईन । बाजी अर्कैले मारेछ । त्यस पश्चात मेरा लागी केही शब्दहरु बांकी रहेनन् । आफ्नो मुटुलाई थाम्दै भने “अलिक तागतिलो खाना खाउ केही हुदैंन कमजोरी भएको होला ठिक भई हाल्छ नि बरु जसरी हुन्छ यसलपाली भने समयमै बाली भित्र्याउनु पर्छ ।













