पोलियोले पोलेको जीवन : उपचारको अभावमा अपांगता हुनुपरेको पीडा
धनगढी, ९ चैत । १५ वर्षकै उमेरमा पोलियो रोग लागेर जीवनभरि अपांगता हुदाको पीडा प्रदेशु कैहिलै विर्सिन सक्दैन । कैलारी गाउँपालिका वडा नं. ७ मिलनपुर मुक्त कमैया शिविरका ४० वर्षिय प्रदेशु चौधरी उपचार नपाएर जीवनभरी अपांगता भएर बाँच्नुपरेको दुखेसो व्यक्त गर्नु भएको छ ।
पुर्खौ कमैया भएर जीवन गुजारा गरिरहेका प्रदेशुका आमा, बुवा ४० वर्ष अगाडी घोडाघोडी नगरपालिका स्थित रामशिखर झालाका प्रकाश नामक मालिकको घरमा कमैया बसेका थिए । मालिकको लापरवाहीले शरिरमा लागेको पोलियो रोगले जीवन नै पोलिदिएको प्रदेशु अभाष गर्छन् ।
प्रदेशु ति नै मालिकको घरमा जन्मिएको बताउछन् । उनी सानैदेखि मालिकको घरमा बाख्रा चराउने गाई भैसी हेर्ने जस्ता काम गर्नुहुन्थ्यो । अलि ठूलो भएपछि गौरीगंगा स्थित मसुरियाको गिधिनियामा अधिकारीको घरमा ५ वर्ष कमैया बसेको चौधरीको भनाई छ । सोहि क्रममा उनलाई पोलियो रोग लाग्यो र उनी बिरामी भए । मालिकले उनलाई ३ सय रुपैया उपचारको लागि खर्च दियो तर सो रकमले उपचार खर्च पुगेन र उनी १५ वर्षकै उमेरदेखि अपांगता भए ।
प्रदेशु अपांगता भएको केही वर्षमै आमा बुवाको निधन भयो । अनि उनी आफ्नै दिदी भिनाजुको घरमा कमैया बसे । उनको भिनाजु कैलारी गाउँपालिका वडा नं. ७ भुईयाँफाटाका हुनेखाने भित्र पर्थे । शरिरले साथ नदिएपनि दुख कष्ट गर्दै लामो समयसम्म दिदी भिनाजुको घरमा कमैया बसेको बताउनु हुन्छ प्रदेशु ।

प्रदेशु चौधरी श्रीमति र दुई छोरीसंगको सामुहिक तस्बीर
उनी छेउरिनिया चौधरीसंग विबाह गरे । आफू अपांगता भएको कारण सुस्तमनष्ठितिका र बोल्न नजान्ने उनको श्रीमति जीवनभरि सहारा बने । उनको ३ छोरा र २ छोरी छन् । छोरा छोरीपनि हाल सम्म कोही पढेलेखेका छैनन् ।
जेठो छोरा करण चौधरी कामको शिलशिलामा छिमेकी देश भारत कमाउन गए । केही वर्ष सम्पर्कमै थियो । बेला बेला २÷४ हजार रुपैयाँपनि पठाउथ्यो । ५ वर्ष भयो छोरा लापत्ता छ । जिउदो छ या मरेको केही थहाँ छैन । गाउँलेहरुको सहयोगमा खोजनीति गर्यो फेला परेन ।
माईलो छोरा सरण चौधरी भारतको बेला परुसवा भन्ने ठाउँमा काम गर्छ भने कान्छो छोरा भारतको रिमा भन्ने ठाउँमा काम गर्छ । कहिले काँहि घर खर्च पठाउन् । घरमा ८ वर्षिया जेठी छोरी पनि सुस्त मनष्ठितिको छ । र कान्छी छोरी अलि चनाखो छ । उ गाउँमै बाल कक्षा पढ्न जान्छ ।
प्रदेशु दुई वर्ष अगाडी पौढ कक्षा पढेर आफ्नो नाम लेख्न सम्म भ्याउछन् । उनी बेतबाँसको काममा एकदमै सिपालु छन् । टाढा टाढादेखि उनलाई बाँसको सामाग्री अडर आउछ, अडरदिने व्यक्तिले आफै बाँस उपलब्ध गराईदिन्छन् उनी अधियामा सामाग्री बनाई दिनु हुन्छ । यसरी नै उनी आफ्नो दिनचार्य चलाई राख्नुभएको बताउनु हुन्छ ।
कैलारी गाउँपालिकाले उहाँलाई ह्वील च्यर उपलब्ध गराएको छ । आजभोली उहाँ ह्वील च्यरको सहारामा गाउँपालिका सम्मपनि पुग्न सक्नुहुन्छ ।













