बालविबाहका कारण शिक्षामा ठूलो क्षति

हसुलिया, १० फागुन । कैलारी गाउँपालिका ५ सपना नगर मुक्त कमैया शिविरमा सानो उमेरमै भागि विबाह गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको शिविरका पूर्व भलमन्सा जगिलाल चौधरी बताए । सानै उमेरमा विबाह गरि केटा केटी दुबै जनाको पढाई विचमै छोड्नुपर्ने बाध्यता रहेको बताए ।

उमेर नपुगि विबाह गर्दा सबै भन्दा ठूलो क्षति शिक्षामा भएको भल्मन्सा चौधरीले बताए । ‘जहाँ शिक्षा छैन, त्यहाँ अन्ध्यारो हुन्छ । हाम्रो गाउँ शिक्षा क्षेत्रमा एकदमै पछाडी धकेलिएको छ ।’

शिविरका अगुवा मिना चौधरीले भनिन् यो गाँउमा ८/९ कक्षा भन्दा बढि पढेका मान्छे नै छैनन् । सानै उमेरमा विबाह गर्ने र विचमै पढाई छोडेर भारत जाने बाहेक केहि विकल्प नरहेको बताईन् ।

गाउँमा प्रायः छोरा मान्छे भेटाउनै गाह्रो छ, भेटिहालेपनि जाँड रक्सी जुवा तासमै झुमेका हुन्छन् । दशैं तिहार माघ जस्ता चाडपर्वमा कामबाट फर्केर घर भेटधाटमा आउने गरेको उनले बताईन् ।

उनले भनिन्– बाल विबाहले सिंगो गाउँलाई पछाडी ढकेलेको छ । ७÷८ कक्षामै पढाई छोड्नु पर्ने, पढ्न नसकेपछि ज्ञानगुनका कुरा थाँह नहुनु, आफ्नै ठाँउको सवाल पहिचान गर्न नसक्नु, विभिन्न तह र तप्कामा पहुच बढाउन नसक्नु इत्यादी समस्याले गाउँको विकास संगै मानविय विकास हुन नसकेको अनुमूति सुनाईन् । यो ठाँउमा भौतिक विकाससंगै मानविय विकास हुन जरुरी रहेको मिनाले बताईन् ।

(फूलमाया चौधरी) सपना शिविरकै फूल माया चौधरी हाल ३०÷३२ उमेरका छिन् । उनी सानै उमेरमा भागि विबाह गरेर धेरै दुःख पाएको बताईन् । ‘सानैदेखि कमलहरी बसे, अलि ठूलो भएपछि लेबरी मजदुरी गर्न थाले । त्यसै क्रममा रामप्रसाद चौधरीसंग प्रेम बस्यो । १४÷१५ वर्षकै उमेर भागेर विबाह गर्यो ।’

फूलमायाले भनिन्– विबाह पश्चात केही दिन रमाईलो गरि दिनहरु विते, पछि श्रीमान कामको खोजीमा भारततिर लागे । शुरु शुरुमा श्रीमान नेपाल भारत आउने जाने गर्थ्यो । विबाह भएको दोस्रो वर्ष गर्भवति भए, पहिलो सन्तान छोरी जन्मियो अनि दुःखका पहाडहरु खडा भए ।
फूलमायाका श्रीमान परस्त्रीसंगको सम्बध बढाउन थाल्यो, घरमा रातदिन दनाब हुन्थ्यो । श्रीमानको कुटाईले शरीर गलिसकेको थियो । अन्तता श्रीमानले अर्को श्रीमतिपनि घर भित्रियय । संयोगबस पुनः दोस्रो सन्तान छोरा जन्मयो फूलमायाले भनिन् ।

फूलमायाको सौता बन्न आएका महिला घरमा श्रीमतिदेखिपछि उनी आफ्नो माइती घर फिर्ता भइन् । त्यसपछि फूलमायामा एकखाले शक्ति प्रर्दान भयो । श्रीमानले पिट्न थालेपछि उनी प्रतिकारमा उत्रिना थालिन । विस्तारै उनीहरुको प्रेममा फेरबदल भयो । हाल उनीहरु प्रेमसंग घरमासंगै बसिरहेका छन् ।

तर श्रीमानले श्रीमतिलाई प्रेमको नौटंकी गर्दै आफू पूर्णरुपले ड्रगिस् भएका छन् । फूलमायाले भनिन्– श्रीमानलाई कसरी सुधार्ने होला भन्ने चिन्तामा छ । दिन भरि मजदुरी गरेको पैसाले श्रीमानलाई रक्सी खाना दिने कि घर खर्चा चलाउने । श्रीमान एक सिन्को भाच्दैन दिन भरि रक्सीले मात्तिएको हुन्छ । ९ वर्षको छोराको पढाई खर्च धन्नै धौ–धौ भईरहेको फूलमायाले भनिन् ।

उनले अर्को कुरा थपिन्– छोरीलाई सरकारी स्कुलमा भर्ना गरेकी थिए, १४ वर्षिया छोरी कक्षा ७ मा पढ्दै गर्दा धनगढी नगरपालिका वडा नं. १८ भादा गाउँको केटासंग भागेर विबाह गरिन् । छोरीलाई धेरै सम्झाए, तर अँह ⁄ मानेन्, म आफू सानैमा विबाह गरेर धेरै पछुताउछु र सानै उमेरमा विबाह गर्नेहरुलाई सम्झाई बुझाई गरि उमेर पुगाएर मात्रै विबाह गर्न सल्लाह दिने गरेको छु । उनले भनिन्– मेरो त पहिला बुद्धि पुगेना, विबाह गरेर जिन्दगी बर्बाद गरे, बरु टोकरी बोकेरै भएपनि परिपक्व भएर विबाह गर्नुपर्छ ।

(पुनम चौधरी) सोही शिविरका १७ वर्षिया पुन चौधरीको काँखमा दुई महिनाको छोरी छ । उनी कक्षा ७ मा पढ्दै गर्दा भागि विबाह गरेको बताउछिन् । विदाको समयमा नेपालजञ्ज मजुरी गर्न पुगेकी पुनम सेम उमेरकै तारजोन चौधरीसंग भेट भयो । तारजोनपनि सोही कम्पनीमा मजदुरी गर्ने गर्थ्यो ।

पुनमले भनिन्– मजदुरी गर्ने क्रममा केटोसंग बोलचालपनि भएन । पछि नेपालगन्जबाट घर फर्किने क्रममा मोबाईल नम्बर अर्दानप्रदान भयो । फोनमै प्रमे बस्यो । ७ महिनाको फोन प्रेमले भागेर विबाह गर्यो । दुइटैको पढाई छुट्यो ।

उनले भनिन् विबाह पश्चात श्रीमान भारतको चम्मा भन्ने ठाउँमा काम गरिरहेका छन् । समय समयमा आउने जाने गर्दछन् । म आफै बच्चा, त्यसमा पनि काँखमा सानो बच्चा छ । घरको जिम्मेवारी बढ्यो, सासु ससुरालाईपनि खुशी पार्नुपर्छ । घर व्यवस्थापन गर्नमै ठिक्क हुन्छु, नयाँ काम गर्नको लागि कुनै योजना बुन्न सकेको छैन ।

(सरस्वती चौधरी) २० वर्षिय सरस्वती चौधरी विबाह भएको तीन बर्ष पुगेको बताईन् । काँखमा दुई वर्षे छोरा बोकेकी चौधरी भछिन्– कक्षा ७ पढ्दै गर्दा सनी चौधरीसंग भागेर विबाह गरे ।

हाल सम्मा घरपरिवारपनि माया नै गरिरहेका छन् । श्रीमान पढाई छोडेर सानो तिनो किरान पसल थापेको सरस्वतीले बताईन् । माइति घर हुदाँ खासै काम नगरेकोले शुरु शुरुमा धेरै गाह्रो हुन्थ्यो, परिवारको ईसारामा चल्नुपर्ने, घरको पुरै जिम्मेवारी समाल्नुपर्दा धेरै तनाब हुन्थ्यो । आजभोली जिन्दगी नै यस्तै हो भनेर जेनटेन गरि ढकेलीरहेकी छु ।

एक्लो हुदाँ जति समस्या हुन्छ, त्यो भन्दा दोब्बर बच्चा भई सकेपछि । आफ्नो खर्च एका तिर छ बच्चाको खर्च धान्न गाह्रो, कहिले विरामी पर्दा एकदमै गाह्रो महशुस हुन्छ । गाउँमा कुनै खाले सेवा सुविधा छैन । उपचारको लागि सिधै बजार जानुपर्छ । हाम्रो गाउँमा स्वयमसेविकापनि छैनन् । नभए उहाँहरुबाट ज्वरो, टाउको दुखाई जस्ता विरामीको औषधी लिन सजिलो हुन्थ्यो । उमेर नपुगि बच्चा जन्मायो धेरै दुखः पाइयो । अब अरु केटा केटी राम्रोसंग पढेर विबाह गरुन् भन्ने सुझब दिने गरेको उनले बताईन् ।