तीन दशकको भ्यालेन्टाइनडेमा ‘गुलाब’ शून्य
भ्यालेन्टाइनडे अर्थात प्रेम दिवश सप्ताहमा धेरैको फेसबुक रंगिएको पाए । कोही प्रेम प्रेमिकासंग रमाएर फोट सुट गरेको फोटो फेसबुकमा पोष्ट गरे । कोही गुनासो गरेर स्टार्सस पोष्ट गरे । म मेरो साथीहरुको फेसबुक वाल हेर्दै जाँदा म्यालेन्टाइनडेका टिप्सहरु के के हुन् भनि गुगल सर्च गरेर थाँह पाए । हुन त माया, प्रेम भन्ने शब्द सुनिदाँ जति प्यारो लाग्छ त्यो भन्दा पनि बढी व्यवहारमा उर्तान गाह्रो छ । प्रेमले मात्रै मान्छे राम्रो सम्बन्ध बनाउन सक्छ । यसको मतलब भ्यालेन्टाइनडेमा ‘गुलाफ’ दिनु मात्रै प्रेम प्रगाढ हुनु होईन । मनदेखिको प्रेम छ छैन विश्लेषण आफैले गर्नुपर्छ । न कि उपहारसंग प्रेमलाई दाँज्नु ।
फेसबुकमा बडो रमाईलो जोकपनि पोष्ट गरेको पाएँ । कि भ्यालेन्टाइनडेको दिन वर्षाको झरी होस्, टेलिफोनको लाईन कटोस्, इन्टरटमा डिस्टब होस् आदी….. । रोज डे को दिन गुलाबको पर्खाइमा बस्नु, चकलेट डे को दिन चकलेटको पखाईमा बस्नु, हग डे, किस डे …. अन्तमा केही नआएपछि निराश हुदै फेसबुक रंगियो । आफ्नो त प्रेम गर्ने कोही भेटिएन अनि गुगलकै फोटो पोष्ट गरे, भनेर लेख्नेहरु धेरै भेटिए ।
पछिल्लो अवस्थामा बजारदेखि गाउँघर सम्म भ्यालेन्टाइनडेले राम्रो चर्चा पाएको छ । घर आगनमा रहेका ‘गुलाब’ को फूल जोगाउनै गाह्रो छ । बजारमा भ्यालेन्टाइनडेकै लागि करोडौ ‘गुलाब’ भित्रिन्छ । हुदा हुदै कागजको गुलाबपनि विक्री हुन थालि सक्यो । फूल खेति गर्नुपर्ने सन्देश भ्यालेन्टाइनडेले दिईरहेको छ । सायद अर्को वर्षदेखि नेपालमै पनि पुष्प खेति गर्ने व्यवसायीहरुको संख्या बृद्धि भई नेपालमै उत्पादन भएका फूल नेपालमै विक्री हुन्छ कि भन्ने अपेक्षा गरौं ।

हामीपनि स्कुल पढ्दा भ्यालेन्टाइनडेमा साथीहरुलाई ‘गुलाफ’ दिनुपर्छ भनेर ३–४ दिन अगाडीदेखि नै आगनमा फुल्न लागेको गुलाबको कोपिला छनौट गरेर चिनो बाँध्थ्यो । र त्यो कोपिलाको हरक्षण निगरानी गरेर बस्थ्यो । ती पल सम्झिदा आजभोली रमाईलो लाग्छ । प्रेमको शाब्दिक अर्थ नै नबुझेका हामी, चिनो बाँधेको कोपिला टिपेर स्कुलमा सबै भन्दा बढि खाजा खुवाउने साथीलाई दिन्थ्यो । दुर्भाग्य, आफू त त्यो बेला साथीहरुलाई खाजापनि खुवाउन सकिन जसले गर्दा गुलाबको फूल हातमा शून्य हुन्थ्यो ।
पछि पछि थहाँ पाईयो कि, सबै जनाले आ–आफूले मनपराएको मान्छे लाई भ्यालेन्टाइनडेको अवसरमा नयाँ उपहारहरु दिएर रमाइलो गर्छन् भनेर । भ्यालेन्टाइनडेमा प्रेम गर्ने जोडीलाई अझ सम्बन्धमा गहिरो हुन सहायता गर्छ रे । जुन बेला भ्यालेन्टाइनडे आएपछि लाजले भुटुक्क हुन्थ्यो । कसैले दिएको फूल समात्ने आट नै गरिएन बस भ्यालेन्टाइनडे आयो भन्दै शब्दमै रमाउनु बाहेकको विकल्प केही थिएन ।
तीन दशक पार गरि सक्दा समेत दिवसको दिन त्यही शब्द भ्यालेन्टाइनडेमै रमाउनुपर्ने अवस्था छ । अब त यो उमेरमा कसैले गुलाब दिएपनि नौटंकी जस्तो लाग्छ । रमाईलो गफमा साथीहरु भन्छन्, आज हग डे हग गरौं न । आज किस डे, एउटा किस देउन । हाहाहाहा भन्दै ठ्त्ठा मारेर हाँस्दै प्रयण दिवशको मजा लिईरहेका छौं ।
जुन बेला एउटा फूलमा भएको महत्व उमेरले कैद गर्नुपर्ने हो, त्यो बेला मजा लिन जानेनौं । अब त्यो उमेर हामी पार गरिसक्यो । पछिल्लो पुस्तालाई रमाएको देखेर हामी सिको गर्नपनि सक्दैनौं । हाम्रोलागि भ्यालेन्टाइनडे फेसबुकमा जोक गरे झै गर्नु बाहेक केही छैन । जे होस् रमाईलो पक्ष भने, आर्थिक क्रान्तिमा जुट्ने यूवाहरुलाई व्यवसायीक खेति गर्न तर्फ उत्प्रेरित गरिरहेको छ भ्यालेनटाइनडेले ।













