टीकापुर घटना राजनीतिक भएको पुष्टी

धनगढी, १९ पुस । अपराधिकरण गर्न खोजेपनि टीकापुर घटना राजनीतिक भएको पुष्टी हुँदै गएको छ । घटनाको मुख्य दोषीको अारोपमा थुनामा रहेका रेशम चौधरीले आज संघीय सांसदको सपथ लिने भएका छन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त आरोपमा पुर्पक्षाको लागि डिल्लीबजारस्थित जेलमा रहेका चौधरीले विहीबार ११ बजे संसद सचिवालयमा सपथ खुवाउने तयारी भइरहेको छ ।

संसद सचिवालका अनुसार सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद् भवनमा पद तथा गोपनीयताको सपथ खुवाउने भएका छन् ।
चौधरी राजपाबाट गत निर्वाचनमा कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले एमाले–माके गठबन्धनलाई २१ हजार मतको अन्तरले पराजित गरको थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भएका थिए ।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा घटेका घटनाको मुख्य दोषीको आरोप खेप्दै आएका चौधरी केही समय फरार भएका थिए । चौधरी तर, पछि आफै सम्पर्कमा आएर गिरफ्तारी दिएका थिए । कैलाली घटनाका मुख्य आरोपीको अारोप लागेका वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए ।

राजपाले चौधरीलाई सपथ नखुवाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । निर्वाचित भएको एक वर्षपछि चौधरीले बल्ल संसद भवन पुगेका छन् ।