नेकपाका प्रबक्ता प्रकाण्डलाई पुनः गिरफ्तार गर्न घरमा पक्राउ पुर्जी टाँस

१३ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीविरुद्ध सरकार फेरि दमनमा उत्रिने संकेत देखिएको छ । सरकारी वार्ता टोलीको म्याद सकिए  लगत्तै सरकारले नेकपाका प्रबक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पुनः गिरफ्तार गर्न पक्राउ पुर्जी टाँस गरिएको छ ।

अदालतको प्रकाउ पुर्जी लिएर प्रहरी प्रकाण्डको घरमा पुगेको छ । तर स्थानीयले घरमा टाँस्न नदिएपछि सार्वजनिक ठाउँमा टाँस गरेर प्रहरी फर्किएको बताइएको छ  ।

प्रहरीले संखुवासभा जिल्ला अदालात चैनपुर र जिल्ला अदालत उदयपुरले जारी गरेको ३५ दिने पक्राउपुर्जी लिएर प्रकाण्डको घरमा टास्न आएको पारिवारिक श्रोतले जनाएको छ ।

यसपछि प्रबक्ता प्रकाण्डलाई प्रहरीले गत साउनमा गिरफ्तार गरेर ५० दिन हिरासतमा राखेर रिहा गरेको थियो । प्रकाण्डलाई गिरफ्तार गरेपछि प्रहरीले देशका विभन्न जिल्लामा डुलाउदै मुद्दा चलाउन खोजेको थियो तर सर्वोच्च अदालतले पटक-पटक रिहा गर्न आदेश दिएपछि उनलाई छोडिएको थियो ।

त्यतिबेला प्रकाण्डलाई काभ्रे, नुवाकोट, दाङलगायतका जिल्लामा लिएर अनुसन्धान गर्दै हिरासतमा राखेर दुख दिने काम गरेको थियो । उनको गिरफ्तारीविरुद्ध परिवारका सदस्यहरुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेपछि पटक-पटक बहस गर्दै रिहा गर्न आदेश दिइएको थियो तर प्रहरीले अदालत परिसरबाटै पुनः पक्राउ गर्ने गरेको थियो।

प्रकाण्ड रिहा भएपछि कालिकोटका गाउँगाउँ पुगेर हालै फर्किएका थिए ।