आफ्नै पिसाब बेचेर लाखौँ आम्दानी
काठमाडौं । भनिन्छ, भाग्य हुनेका लागि तालुमा आलु फल्छ । अर्कोतर्फ पैसा कमाउने काम एउटा कला पनि रहेछ । त्यो कला जो कोहीलाई कहाँ आउँछ र ?
जब भाग्यले साथ दिन्छ र मानिसले आफ्नो कलाको आइडिया लाउँछ तब मनग्गे पैसा कमाउन कुनै पहरो फोर्नु पर्ने रहेनछ । यो दुनियामा आफ्नै पिसाब बेचेर पनि मानिसहरु करोडपति बन्ने रहेछन् ।
अमेरिकाको फ्लोरिडामा एक युवती आफ्नो पिसाब बेचेर घरमै बसीबसी लाखौँ कमाउँथिन् भन्दा पत्यार नलाग्न सक्छ । जब मानिसहरुलाई ती युवतीको त्यो कर्मको बारेमा थाहा भयो तब सबै अचम्ममा परे । आखिर उनको पिसाबमा त्यस्तो के छ रु जसलाई किन्नका लागि मानिसहरु बेचैन हुन्छन् रु













