मेयरकप महिला फुटवल प्रतियोगिता हुने

धनगढी, १० कात्तिक । धनगढी उपमहानगरपालीका प्रमुख नृपबहादुर वडले खेलकुदमा महिलाको संख्या बढाउनका लागि चाडै नगरस्तरीय मेयरकप महिला फुटवल प्रतियोगिता हुने बताए ।

शनिवार उपमहानगरपालीका १२ जुगेडा स्थित मनकामना यूवाक्लवले आयोजना गरेको प्रदेश स्तरीय महिला तथा पुरुष फुटवल प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले यसकाका लगि वडा स्तरमा महिला खेलाडीहरुको टिम तयार गर्न अध्यक्षहरुलाई निर्देशन समेत दिए ।

फागुन महिनाभित्र मेयरकप महिला फुटवलको आयोजना गरिने नगरप्रमुखको भनाई थियो । उनले धनगढीलाई खेलकुदको हव बनाउने बताए ।

दशै यतामात्रै धनगढीमा वडा तहमा थुप्रै फुटवल तथा भलिवल प्रतियोगिता संचालन गरिएको बताउदै उनले भने एक वडा एक खेलकुद मैदान निर्माणमा जुटेका छौं । खेलाडी भएको समाज अनुसाशित पनि हुन्छ उनले भने ।

धनगढी उपमहानगरपालीका वडा नं १२ काअध्यक्ष गणेश प्रशाद जोशीले जुगेडामा खेलाडी उत्पादन गर्ने क्षेत्र भएको बताए । खेलकुदको विकासकालागि पूर्वाधार विकासको काममा लाग्न होमिन जरुरीरहेको उनले बताए ।

जिल्ला फुटवल संघ कैलालीका अध्यक्ष मोहित शाहले फुटवलमा नयाँ पिढीको अकर्षण रहेको बताए । उनले भने यसकालागि वातावरण बनाउने काम संघले गर्ने प्रतिबछता जाहेर गरे । फुटवल प्रतियोगितामा बिभिन्न स्थानका १६ वटा टिमको सहभागिता रहेको छ । जसमध्ये ६ वटा महिलाहरुका टिम रहेका छन् ।