मानव सेवा आश्रमको उद्घाटन
धनगढी, ३ असोज । मंगलबार एक कार्यक्रमका बिच मानव सेवा आश्रम धनगढी शाखाको उद्घाटन गरिएको छ ।
प्रदेश सभा सदस्य डिल्लीराज पन्त र धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सांसद डिल्लीराज पन्तले मानव सेवा आश्रम सेवा पु¥याउने हेतुले खोलिएकोले यसलाई सफल बनाउन आग्रह गरे । उनले भने,‘ पबित्र कार्यमा सबै सहयोगि हातहरुलाई सहयोग गर्न म आग्रह गर्दछु ।
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले धनगढीलाई मानवताको शहर बनाउने उदेश्यले यो संस्था स्थापना गरिएको बताए ।
उनले भने,‘हामीले निति तथा कार्यक्रममा नै यो कुरा राखेका छौं । धनगढी मानवताको शहर बनाउनकै लागि उप–महानगरपालीकाले १० लाख बिनियोजन गरिएको पनि नगरप्रमुख वडले बताए । हरेक स्वार्थका पछाडी दौडिने प्रबृतीका कारण मानवता हराउदै गएको छ नगरप्रमुख वडले भने,‘केहि धार्मिक संस्था र ब्यक्तिले थोरै भएपनि मानवता देखाउने गरेको छ ।
धनगढी उप–महानगरपालीका १ का अध्यक्ष सन्तोष मुडभरीले मानव धर्म सबैभन्दा ठूलो धर्म भएको बताए । उनले भने,‘यस्तो शुभकर्ममा सहयोग गर्नु भनेको तिर्थ र धाम जानु भन्दा पनि पबित्र काम हो ।
मानव सेवा आश्रमले कैलालीमा ११ औं शाखा बिस्तार गरेको हो । सडकमा भौतारीरहेका मनोरोगि, घरबार बिहीन र सहारा बिहिनहरुलाई संरक्षण गर्ने, अभिभावकत्व दिने, उपचार गर्ने र परिवार मिलन गराउने काम गर्दछ । यो संस्था धनगढी उप–महानगरपालीकाको अभिभावकत्वमा संचालन भैरहेको हो ।
अहिले सम्म १ हजार २ सय भन्दा बढीलाई अभिभावकत्व दिने काम गरेको छ ५ सय जतीलाई उपचार पछि परिवार मिलन गराएको संस्थाका धर्मप्रशाद पौडेलले बताए ।













