आँशु पिएर बाँचिरहेका छौं : बेपत्ता परिवार
धनगढी, १९ भदौं । श्रीमान बेपत्ता भएको दशकौं भईसक्दा समेत न लास पाए न शास, ‘हामी बेपत्ता परिवार आँशु पिएर बाँचिरहेका छौं’ बेपत्ता परिवार पदमा बम्ले भनिन् ।
संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्धन्द्ध समाधानका लागि सामुदायिक संवाद मञ्च कार्यक्रममा उनले पीडा सुनाईन ।
मंगलबार धनगढीमा एलर्टको आर्थिक सहयोगमा महिला कानुन विकास मञ्चले आयोजना गरेको संबाद कार्यक्रममा बमले भनिन् ‘हामी आशै आशमा बाँचिरेका छौं, हरेक विहान आज त श्रीमान आउँछ जस्तो लाग्छ, बाटो कुरिरहेका छौं ।’ सरकारले न लाश देखाउन सकेकोछ न त शास नै ।

हाम्रो आफ्नो मान्छेको भने अत्तोपत्तो छैन, घरबाट कहि बाहिर गए पनि समाजले कुरा काट्छ, छिमेकमा घुलमिल हुन पनि गाह्रो छ हामीलाई । उनले भनिन् ।
त्यसै गरि धनगढी स्थित मुक्त कमैया शिविरका बजारी चौधरीले १४ वर्षको छोरा स्कुलबाटै २०६१ सालमा बेपत्ता भएको बताईन् । उनले रुदै भनिन् छोरालाई बेपत्ता पारेको १४ वर्ष भयो तर सरकारले हामीलाई हाल सम्म एउटा पहिचान कार्ड समेत दिन सकेको छैन ।
उनले समग्र द्धन्द्ध प्रभावितहरुको समस्या दर्शाउदै भनिन् कमाउने हात गुमाई सकेका छौं, सरकारको गति यस्तो छ । हामी निराशै निराशमा मर्छौ होला । उनले द्धन्द्ध प्रभावित बाल बालिकाहरुलाई सरकारले छुटट्ै आरक्षणकोटको व्यवस्था समेट गरिदिन माग समेत गरिन् ।
त्यसै गरि श्रीमान गुमाएकी कृती चौधरी भनिन् ‘द्धन्द्धकालमा श्रीमानको मृत्यू भयो भन्ने खबर पाए, तर लाश देख्न पाएन । जसले गर्दा म पनि सरकारसंग श्रीमानको लाश खोजी गरिदिन आग्रह गर्दा गर्दै यहाँ सम्म पुगे । उनको श्रीमानलाई राज्यले माओवादीको आरोपमा मारेको उनले बताईन् ।

उनले भनिन् हिजोको दिनमा बेपत्ता परिवारलाई सरकारले राहत, क्षतिपूर्तिको लागि योजना ल्याएको थिएन । जसले गर्दा सामाजिक, परिवारिक दबाबमा र कोही अन्जानमा मृत्यू दर्ताको प्रमाण बनाएर किस्ता बन्दिमा राहतहरु पाए । के सरकारले हाम्रा मान्छेलाई पनि किस्ता बन्दीमै मारेको हो त ? भन्दै प्रतिप्रश्न समेत गरिन् ।
उनले द्धन्द्ध पीडितको घाउ आलो रहेको बताउदै त्यो घाउमा मलहम पटिट् मात्रै होईन कि पुरै निको पारिदिन सरकारसंग आग्रह गरिन्













