कैलाली दैनिक आठौं वर्षमा प्रवेश

धनगढी, १ भदौं । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ जिल्लाको शान्ती सुरक्षा, विकास निर्माण, समाजमा भईरहेको अपराधिक क्रियाकलापलाई न्यूनीकरण लगायतका विषयलाई प्राथमिकाता दिएको बताएका छन् ।

शुक्रबार कैलाली दैनिकको आठौं वार्षिकोत्सवको अवसरमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठ आफू आएको एक महिना यता यी विषयहरुलाई प्राथमिकाता दिएर जिल्लाको शान्ती सुरक्षा कायम गर्न लागि परेको बताए । यसका साथै प्रमुख जिल्ला अधिकारी श्रेष्ठ विकासका गतिविधी अनुगमन तथा नियमन, समाजमा भईरहेको विभिन्न किसिमका अपराधिक क्रियाकलाप नियन्त्रण, चोरी तस्करी, लागू औषध नियन्त्रण, जोमिख न्यूनीकरण, प्राशासनिक पहुँच लगायतका विषयलाई उच्च प्राथमिकाताका साथ अगाडी बढाएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सत्यतथ्य समाचार सम्प्रेशन गरी पत्रकारहरुले सामाजिक रुपान्तरण गर्न पनि महत्वपूर्ण भूमिका रहको बताए । भने, उनले आर्थिका सम्वृद्धि, संघीयता कार्यान्वयन लगायत संघीय, प्रदेश र स्थानीय तहको समन्वय कायम गर्न पत्रकाररुलाई रचनात्मक भूमिका समेत खेल्न आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार मनमोहन स्वार, उमीद वागचन्द, कर्णशाह, नेपाल पत्रकार महासंघ प्रदेश नं ७ का अध्यक्ष अर्जुन शाह, जिल्ला अध्यक्ष जगत साउद, पत्रकार विरेन्द्र रावल, शिवराज भट्ट लगायतले शुभकामना मनतब्य राखेका थिए । कैलाली दैनिकका प्रकाशक संचालक गणेश भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।