बोल्न नजानेरै कानून मन्त्रीको पद खारेजी

काठमाडौं, ८ साउन । बंगलादेश पढ्न जाने नेपाली विद्यार्थीप्रति सार्वजनिक रुपमा अपत्तीजनक अभिव्यक्ति दिएपछि विवादमा परेका कानून मन्त्री शेरबहादुर तामाङको पद खारेजी भएको छ ।

उनले आज मंगलबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि आफूले महिलाको सम्मान र उत्थानमा निरन्तर लागेको बताउँदै भने, ‘जुन विषय बोक्यो, कहिलेकाहिँ त्यसैले लखेट्ने रहेछ ।’

पत्रकार सम्मेलनमा कानून मन्त्री पटक पटक भावुक बने । मन्त्री तामाङले आफूले सार्वजनिक कार्यक्रममा गलत नियतले नबोलेको समेत स्पष्ट पारे । साथै आफ्नो कार्यअवधीमा गरेका कामको विवरण पत्रकारहरुलाई जानकारी गराएका थिए ।