साउने संक्रान्तिमा हरियो चुरा !
साउन महिनाको शुरुवाट हरियो चुरा र हात भरि मेहदी । विबाहित होस् या अविबाहित । अरु समयमा अविबाहित महिलाहरु प्रया चुरा लगाउदैन् तर साउन आउन साथ रंगि विरंगि चुरा हात भरि नै हुन्छ । त्यति मात्रै होईन, मेहदीले रंगिएको शरिरमा हरियो लुग मजाले सुहाएको देखिन्छ । अघिल्लो वर्ष साउन महिनामा म काठमाण्डौ थिए । साउन १ गतेका दिन कृर्तिपुर जानलाई बस पार्क आए । साथी इन्दु र म एक छिन् न्यूरोड घुम्न निस्क्यो । धेरै ठाउँमा त म तोलाएर उभ्भिएँ । न्यूरोड स्कुले विद्यार्थीले भरिभराउ थियो । एउटा हातमा मेहदी लगाएको ४ रुपैया तिर्नुपर्ने । मेहदी पनि कत्ति फास्ट लगाई दिने, एउटा हातमा मेहदी भर्न ५ मिनेट पनि नलाग्ने । फटाफट कापिमा चित्र कोरे झै । म त्ताँ परेर हेको हेरै । हिड्डा हिड्दै बाटोमा ग्राहकहरु पाउने, न त कोठा भाडा नै तिर्नुपर्ने । कस्तो सजिलो व्यापार । मेहदी रच्ने प्राय भारतिय यूवाहरु थिए । तिनीहरुलाई पैसा कमाएको देख्दा म दंग परे ।
हुन त म आफू मेहदी, हरियो चुरा हरियो टिका हरियो लुगा साउन्ने संक्रान्ति भनेर लगाएको छैन । मलाई मन पनि पर्दन । जसको अर्थ थहाँ छैन भने किन त्यसैको लागि मरिहत्य गर्ने ? तर कसै कसैको मुखबाट सुनेको छु । कि साउन महिना लाग्नेबित्तिकै हरियो चुरा र मेहन्दी लगायो भने वर्षभरी महादेवले राम्रो फल दिन्छन् रे । साउन महिनाभरी हरियो, रातो र पहेलो चुरा लगाएर ब्रत बस्न थालेपछि घरमा सधैँ शान्ति पनि हुन्छ ।

साउन महिना लागेपछि धेरै महिलाहरू यसैगरी रमाउने गर्छन् । हरियो चुरा र मेहन्दीले सजिएका हुन्छन् उनीहरूका दुवै हात । धेरैजसो महिला यस महिनामा उपवास बस्छन् । विवाहित महिलाले श्रीमान्को दीर्घायुको र परिवारको सुख शान्तिको लागि ब्रत बस्छन् भने किशोरीले असल र योग्य श्रीमान र आफ्नो पढाइमा प्रगतिको कामना गर्दै ब्रत बस्ने गर्छन् ।
यसरी हातलाई मेहन्दी र हरियो, पहेलो र रातो मिसिएको चुराले सजाएमा महादेवको आशीर्वाद सदैव आफ्ना साथमा रहन्छ भन्ने धार्मिक विश्वास महिलाहरूमा छ । साउन महिनामा हरियो चुरालाई कतिपय महिला तथा किशोरीले (फेसन) को रूपमा प्रयोग गरेका छन् । कतिपयले साउनमा हरियो चुरा लगाउँदा घर शान्ति र र भविष्यमा राम्रो होस् भन्ने कामना गर्दै लगाउने गर्छन् । साउनमा हरियो चुरा प्रयोग गर्दा आफूले चिताएको सबै कुरा पुग्ने अन्ध विश्वास पनि कायमै छ ।
साउन लाग्ने वित्तिकै सबैजसो हिन्दु महिलाले अरूको नक्कल गरिरहेको पाइन्छ । यसरी महिलाले अरूको नक्कल गर्दै जादा अहिले हरियो चुरा र मेहन्दी एक (फेसन) बनेको छ । धेरैजसो महिलाले मनको इच्छा आकांक्षा तथा परिवार र मनमा शान्ति छाओस् भन्ने विश्वासका साथ हरियो चुरा लगाउनुका साथै सोमबारको ब्रत बस्छन् । एकले अर्काको सिको गर्दै हरियो चुरा र मेहन्दी लगाउछन् ।
असार महिनाको अन्तिम अन्तिम तिर हरियो कुर्ता लगार बजार निस्कदा सबै साउन लाग्यो भन्दै प्रश्न गरेको बताउछिन् दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक तथा महिला अधिकार कर्मी सावित्रा घिमिरे । उनी भन्छिन् कसैलाई हरियो रंग मन पर्छ भने उ जहिले पनि हरियो लाउन पाउनुपर्छ तर समाजिक बन्देज छ ।
हरियो चुरा लगाउनेहरु हिंन्दू ग्रन्थ अनुसार महादेवलाई खुशी पार्नको लागि लगाईन्छ भन्ने जुन भनाईछ त्यही भनाईलाई अधार मानेर हरियो चुराको रिसर्च किन गरिदैनन् भन्ने हो । चुरा कहाँबाट कसरी बन्दैछ । कस्को व्यापार बढिरहेको छ । त्यता तिर हामी किन अनुसन्धान गर्दैनौं । मलाई लाग्छ, साउन महिनामा हरियो चुरा बढि लगाएर हामी नेपाल भित्रै आर्थिक आम्दानी भित्रित्याईरहेका छौं जस्तो लाग्दैन । भारतमा बसोबास गर्ने मुस्लिम समुदाय पहिलयै देखि चुरा बनाएर नेपाल निर्यात भईरहेको ईतिहास छ । उनीहरुले हरियो चुरा उत्पादन गरि नेपालबाट मनग्य अम्दानी गर्ने लाभबाट यास्तो रणनीति प्रयोग गरेको हुन सक्छ । तर हामी नेपालीहरु फेसनमा यति अगाडी छौं कि ! हामी आफ्नो क्षमता भन्द बढि देखावती तिर ध्यान दिईरहेका हुन्छौ ।
कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष बसन्ती चौधरी भन्छिन् हरियो चुरा र मेहदी लगाएको देख्दा भगवान खुशी हुन्छन् भने साउन महिनामा मात्रै किन हरियो गलाउने ? हयिो मन पर्नेहरु बाह्रै महिना मनै देखि हरियो भए हुन्छ होला नि त । उसो त उनलाई कहिलै साउन लागेन, लागोस पनि कसरी । उनी चुरा पोटे गरगहनामा कहिलै सजिना मान्दैनन् । न त उनी यस्ता अन्ध विश्वासलाई नै मान्छिन् । जीवनमा राम्रो गरे साथी भाई आफन्त खुशी भईहाल्छन् नि । संसारमा भगवान भन्नेहरु तिनै आफन्त, साथी भाई इष्ट मित्र त हुन् भन्दै तर्क दिईन् ।
पहिला पहिला थारु समुदायमा हरियो चुरा स्थान पाएको थिएन । तर अब त यो बस्तीमा पनि साउन महिनामा बच्चा देखि बुढा सम्म हरियो लागाउछन् । जो संग पैसा छ, उ त लगाउछ । तर जो संग छैन उ मनोबैज्ञानिकरुपले कमजोर हुन बाध्य हुन्छ । मेरी आमालाई ५० नाघिसक्यो तर उहाँलाई पनि हरियो चुरा चाहिन्छ । उहाँले फोन गरेर चुराको डिमाण्ड राख्नु हुन्छ । जति सम्झाए पनि मान्दै मान्नु हुन्न । आमालाई साउन महिनामा हरियो लगाए छोरा छोरी खुशी हुन्छन् भन्ने अन्धविश्वास छ ।
वइलकम फेन्सी पसलका सञ्चालक पुजा कुँवर भन्छिन् एक दुई वर्ष अगाडी साउन महिनामा हरियो कपडा धेरै विक्री हुन्थ्यो, तर यो वर्ष खासै छैन् । साउनमा हरियो लगाउदा भगवान खुशी हुन्छन् भन्दा पनि फेसन नै हो जस्तो लाग्ने बताउछिन् । यो कुनै संस्कृति, संस्कार होईन । जसले गर्दा साउन आउन साथ हरियोले पुरै धाक्नु पर्छ भन्नेमा विमति जनाईन् । नेपालीहरुको बानी आफ्नो क्षमता भन्दा बढी फेसनमा पैसा खर्च गर्ने बानी छ । यो बानी सबै नेपालीहरु सुर्धानुपर्ने आवश्यक देखिन्छ ।













