नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन गिरफ्तार
१९ असार, धनगढी । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो नेता ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । मंगलबार राति ९ बजेतिर काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको उक्त पार्टीले बताएको हो ।
पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केहि पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दाबी गरेका छन् ।
यसअघि नेकपाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, धीरेन्द्रा उपाध्यायसहित ४० नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । बाँकीलाई रिहा गरेपनि पोलिट्ब्यूरो सदस्य बम र राईसहित ७ जनालाई म्याद थपेर हिरासतै राखेको छ ।













