माटोसँग खेलेर कला पस्कने पेशा सङ्कटापन्न अवस्थामा
माटोको भाँडा र विभिन्न सामान बनाउने आफ्नो परम्परागत पेशा धान्न भक्तपुर जिल्लाका कृष्णभक्त प्रजापति के मात्र गर्दैनन् ? पाँच किलोमिटर ढाटा सिपाडोल पुग्छन्, उपयुक्त माटो छान्छन् र आफ्नो घर बोलाछेँ टोलमा ल्याई राम्रोसँग मुछेर भाँडा बनाउने योग्य पाछन् । माटो मुछ्न शारीरिक बल त चाहिन्छ नै तर शारीरिक बलले मात्रै त्यो कामको लागि साथ दिँदो रहेनछ अर्थात यो एउटा कला पनि हो । भाँडा बनाउने प्रयोजनकै लागि तयार पारिएको काठको चकाको बीचमा आवश्यक माटोको डल्लो राखी एउटा लामो लठ्ठीले चक्कालाई बेस्सरी घुमाउँछन् र पछि माटोमा उनको हात सल्बलाउन थाल्छ । यसरी उनको हातबाट धमाधम वस्तुहरूले कलापूर्ण आकार लिन थाल्छन् ।
घाममा ती वस्तुहरू केही दिनसम्म सुकाउने काम पनि उनी आफै गर्छन् । कहिले काहीं श्रीमतीले सघाउने बेलामा बाहेक । पुग्दो मात्रामा सुकेपछि आगोमा पोल्नु पर्ने हुन्छ । कस्तो वस्तुलाई कति समयसम्म कसरी पोल्ने भन्ने कुराको अनुभव उनलाई राम्रैसित छ । सानातिना र पातना भा“डालाई एक दिन एक रातसम्म पोल्नु पर्दो रहछ । तयार भएका भाडाहरू बोकेर चर्को घाममा पसिना काढ्दै उनी टाढाटाढासम्म पनि बेच्न जादा रहेछन् । यति धेरै काम गर्ने उनी पक्कै पनि पठ्ठा जवान होलान् भन्ने धेरैले अनुमान गरेका हुन सक्छन । तर होइन, उनी त ६७ वसन्त देखिसेका आदरणीय वृद्ध हुन् । सकी नसकी काम गर्छन् । यसकौ बेग्लै रामकहानी त छँदै छ ।
विसं.१९९० मा महाभूकम्प गएको केही महिनापछि जन्मेका कृष्णभक्तले पाँच वर्षको उमेर पुग्दा नपुग्दै पितृ वियोग सहनु प¥यो । उनी आफै भन्छन् – त्यसै बेलादेखि माटोको काममा हात हालिएको होला, सम्झना पनि छैन । त्यति बेला आजभोलिजस्तो पढ्नै स्कूल पनि थिएन, त्यसकारण लेखपढ् गर्न सक्दिन ।’
नेवार जातिमा माटोका भाडाहरु मात्रै बनाउने छुट्टै एक समुदाय हुन्छ जसलाई कुम्हाः भनिन्छ र उनीहरू नामसँगै थर लेख्दा भने प्रजापति लेख्छन् । यो समुदाय काठमाडौंमा थोरै र ठिमी र भक्तपुरमा धेरै छन् । तर भक्तपुरमा यो समुदायले विस्तार विस्तार आफ्नो पेशा छाड्दै गइरहेका उनीहरु स्वयं बताउँछन् । कृष्णभक्तले थामेको यो पेशा उनले अपाm्नो छोराहरुलाई पनि थाम्न दिए । उनका सैतीस वर्षीय जैठा छोरा जो अहिले अलग्ग बस्छन्, आफ्नो छोरीहरुलाई पढ्न पठाउँछन् । उनी भन्छन् – स्कुल पठाएर मात्रै के गर्नु, जागीर पाउन सकिने हो कि होइन, थाहा छैन त्यसकारण माटोको काम अहिल्यैबाट सिकाउन थालेको छु तर अरु काम हुन्जेल यो काम गर्न दिन्न ।’
माटोको काम गा¥हो छ’– कृष्णभक्त प्रजापती भन्छन्– मरी मरी काम गर्नु पर्छ तर फाइदा भने केही छैन । यसकै भरमा बाँच्ने हो भने पेटभरी खान पनि पाइदैन होला । माटोको काम सकाई खेतमा जाने तरखर गर्र्दै उनी बर्बराउँछन् । श्रम शोषणको तीतो अनुभव यिनीहरु प्रायःलाई छ । सम्पूर्ण काम गरेर वस्तु तयार पार्नेले एक भाग र व्यापारीले तीन भाग फाइदा लिने कुरा उनीहरु सबैलाई थाहा । तर श्रमको उचित पारिश्रमिक लिन सधै असफल भइरहेका छन् ।
भक्तपुर अध्ययन केन्द्रका संस्थापक अध्यक्ष योगेशराज मिश्र भन्छन्– श्रमको शोषण यिनीहरुमा मात्रै छैन । विशिष्ट कलाकारिता गर्ने अन्य समुदाय पनि शोषित नै छन् । यसको प्रमुख कारण भनेको संगठनको अभाव हो । यिनीहरु संगठित भए भने व्यापारीलाई नोक्सान हुन्छ तसर्थ विभिन्न बहाना बनाई संगठित हुन दिइराखेका छैनन् । यदि संगठित भइदिएका भए व्यापारीसत मोलतोल गर्न सक्ने थियो तर यही क्षमताको हत्या गर्न यिनीहरु बीचैमा झगडाको बीउ रोपिदिन्छन् । विभिन्न राजनीतिक पार्टीहरूले पनि यिनीहरुलार्य एकै ठाउँमा बस्नै नसक्ने बनाइदियो । यी कारणहरुले समुदायको हितभन्दा व्यक्तिको हित तर्फ यिनीहरु चिन्तित हुन पुगेका छन् । र, परिणमस्वरुप श्रम शोषणको चपेटामा पिल्सिएका छन् ।’
यस समुदायको बारेमा आजभन्दा चौध वर्षअघि जर्मनहरुकौ एक समूहलै अध्ययन गरेको थियो । यही समूहले परम्परागत पद्धतिको ठाउँमा आधुनिकीकरण नर्ग चक्का हातलै घुमाइरहँदा श्रम शक्ति खेर जाने हुँदा मोटर राख्ने, वास्तु पोल्न आइरन डिस्क राख्ने अभियान चलाएको थियो । यसरी नै वस्तुको उत्पादान बजारमुखी गर्न पनि प्रैरित गराएको थियो । तर त्यो प्रोजेक्टले ध्यान दिन नसकेको वा चेको पक्ष के थियो भने यिनीहरु आफैलार्य वस्तु विक्रैता बन्ने वातारवरण सिर्जना गर्न सकैन र समस्या ज्युँका त्युँ रह्यौ । योगेशराज मिश्र पनि यसै विषयमा भन्छन् – बजार व्यवस्थापनको ज्ञान नहुँदा उत्पादन थुप्रियो र असुरक्षाको त्रास फैयलियो । यही असुरक्षाको भावलाई लगानी गनृ सक्ने व्यापारीहरुलै क्यास गर्न सफल गए । जर्मनहरुलै चलाएकौ त्यो प्रोजेक्ट ले यिनीशरुबीच सहकारी संगठन बनाएर काम गर्न सिकाइदिए हुन्थ्यौ अथवा यिनीहरुकै परम्ष्रागत गुठीलाई अलि ‘एक्टिभ’ बनाएर पनि काम लिन सकिन्थ्यौ ।
परिवर्तित समयसँगसँगै परिवर्तित जीवनशैलीले पनि माटोको भाडा निर्माढा गर्नै व्यवसायी हरुर्ला असर पारैकौ छ। हिजोसम्म सबैको आवश्यकता माटोको भाडावर्तनहरु थियौ भने अब यसका विकल्पहरु थुप्रै छन् । माटोका भाडाले वातारवरणइि असर नपार्ने कुरामा कमैको मात्र ध्यान गएको देखिन्छ । यसरी भ्यालु भन्दापनि माटोका भाडाहरु चा“डं फुटठ्ने र ग¥हौ हुने कुरामा मान्छेहरु को ध्यान केन्द्रित छ र यसको उपयोगितालार्य अवमूल्ययन गरी हैर्नमा नै आधुनिकता देख्नेहरु छन् र अपेक्षा गर्छन्र आधुकिताकौ पनि अर्थ स्पष्ट भइनसकैको आजको अवस्थामा यो समुदाय उपक्षित छन् , अन्यौतमा छन् ।
यसै पेशामा संलग्न अर्का एक व्यक्ति अग्निकुमार प्रजापति आफूहरु वाध्यतावश अन्य क्षैत्रमा हामफाल्न नसकेको तीतो अनुभव सुनाउ“छन् ।बच्चै बेलादेखि सिकेको काम यही हो अब आएर अन्य काम सिक्ने कुरा पनि आएन’ – उनी भन्छन्। यो पेशाको फउर छुटै विशेषता रहेछ । त्यो के हो भने , सिक्छु भन्दैमा पछि गएर सिक्न पनि नसक्ने रहेछ । उनी भन्छन्– ‘ त्यति मात्रै कहा हो र ? बच्चै बेलादेखि यह िकाम गर्न लागिरहैकाहर पनि बीचभमा केही वर्ष अन्यत्र लाग्यौभ ने उसको हात बस्न छाड्छ ।’
माटोको भाडा बनाउने व्यवसाय हाल आएर फाइदाजनक छैन भन्ने विषयमा यिनीहरु प्रायः को धारणा छ । यही फाइदा बेफाइदाकै हिसाव किताव गरेर अन्य पेशामा लागेका वा नया पुस्ताले छाडेका संख्याहरु पनि बढ्दो छ। यदि यही क्रम बढ्दै गयो र सुधारका पाइलाहरु चालिएन भने कुनै समय यो समुदायलके पहिचान म्युजियममा खोज्न जानुपर्ने त हौइन ? अग्निकुमार प्रजापतिका अनुसार पनि यो संभव छ ।
माटोका भाडा बनाउनेहरुलाई कुनै निकायबाट पनि संरक्षण र प्रोत्साहन छैन । उनीहशरुले टडबकारो रुपमा सामना गर्न परिराखैको समस्या माटोको अभाव पनि हो । जे पायो त्यही हुँदैन । जुन ठाउमा पाइन्छ, त्यो थारेरे परिणमामा हुन्छ । उनीहरु का अनुसार मल्लकालमा माटो झिक्न नपाइने भनी केही इकाला छुट्याइएको थियो र त्यसबापत तलेजु भवानीलगायतका मन्दिरमा चाहिने भाडावर्तन पु¥याइदिनु पथ्यौ जनु अद्यावधि चालू नै छ । तर हाल आएर त्यसरी छुट्याइएको इकालमा माटो भिmक्न नपाइने आवाज उठ्न थालेको छ । ऐतिहासिक राहरुाामा चासो राख्ने योगेशराज मिश्रका अनुसार तर हाल सम्म त्यसरी माटो भिmक्न पाउने अधिकारका कागजपत्रहरु भेटाइएको छैन । उनी भन्छन– यो मौखिक व्यवस्था पनि हुन सक्छ । तर तलेजु भवानीको मन्दिरस“ग पनि सम्बिििन्धत रहेको हुनले यसमा आधिककारिकता पक्कै पनि हुनुपर्छ । मल्लकालमा वा त्यौ भन्दा अगाडि भाडावर्तन बनाउन माटौ झिक्न दिदा आजको जस्तो व्यावसायिक वातावरण थिएन ।
समाजलाई जति चाहिन्थ्यौ त्यति मात्रै मोको प्रयोग हुन्थ्यो । त्यही अनुरुप मातटो mिभक्दा मातो नसकिने अनुमानले पनि जति चाहिन्छ त्यति मातटो झिकेर लिनु भनिएको हुन सक्छ । तर अब ती मातोहरु व्यापरिक प्रयोजनका लािग झिकिदा प्रकृतिक रुपमे पनि अभाव हुन जाने सम्भावना नभएको भने होइन । तसर्थ यस सन्दर्भमा नया नया अध्ययन अनुसन्धान र परीक्षण कौ आवश्यकता दैखिद आउछ । नेपाल कला र संस्कृतिमा धनी भएको भनी नेपालीहरु गर्न गर्छन तर सामाजिक जीवनका विभिन्न पक्षशरु एक आपसमा सम्वनिधत रहनै कुरा भनै ठ्याम्मै भुल्छन्श। भक्तपुरमा नचाइने प्रसिद्ध महाकाली नाच संचालनमा कठिनाइ आएको सुनिन्छ । यो नाच यिनै प्रजापतिहरुले चलाउने गर्छन अर्थात परम्पष्रागत पैशमा परैको असरले यहा आक्रमण हुर्न थालकैो देखि आउछ । यदि यस्तै हो भने एकपछि अर्को गर्द सम्पदा र संस्कृति अन्ततः एकादेशकौ कथा वा मयुजियमको शोभा बन्न आइतवार पर्खनु पर्दैन । डिस्कोभरि













