उत्तर र दक्षिण कोरियाको शिखर वार्ताः उन र मूनबीचको पहिलो भेटको भिडियो

काठमाडौं, १४ बैशाख। उत्तर र दक्षिण कोरियाको शिखर वार्ता जारी छ । ६५ वर्षपछि पहिलो पटक भएको शिर्ष नेताहरुको यो वार्तालाई विश्वभर चासोको साथ लिइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार विहान ९ बजेतिर उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे(इनबीच पहिलो भेट भएको थियो । गैरसैनिक इलाकामा दुबै नेताले हात मिलएका थिए ।

किम जोङ टोलीको नेतृत्व गर्दै सीमातिर जाँदा उता मून कुरिहरेका देखिन्थे । दुबै नेताले हात मिलाए र संक्षिप्त कुरा गरे । दुबैले हात सामाएरै उत्तरको सीमा क्षेत्रमा पनि पाइला टेके । किम जोङलाई दुई बालबालिकाले फुल दिएर स्वागत गरेका थिए । त्यस लगत्तै सैनिकले पनि परेड खेलेर स्वागत गरिएको थियो ।

अहिले पनि पिस हासउसमा वार्ता जारी छ । वार्तामा कोरिया युद्धको औपचारिक अन्त्य लगायतका विषयमा सहमति हुने अनुमान गरिएको छ ।

भिडियो