बैशाख २८ गते भारती प्रधानमन्त्री मोदी नेपाल अाउँदै

काठमाडौं, १० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको टुंगो लागेको छ । यही बैशाख २८ गते मोदी नेपाल अाउने मिति तय भएको छ ।

चीन भ्रमणपछि मात्रै नेपाल अाउने भनिएपनि मोदी पहिला नेपाल अाउने भएका छन् । चीनको भ्रमण धकेलिएपछि मोदीले बैशाखमै नेपालको भ्रमण गर्ने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको क्रममा मोदीलाई निम्तो दिएका थिए । उक्त निम्तो मान्न मोदी दुई दिने नेपालको औपचारिक भ्रमणमा गर्ने बताइएको छ । पहिलो दिन काठमाडौंमा उच्चस्तरिय भेटवार्ता गरेर अर्को दिन मोदी जनकपुरको भ्रमण गर्नेछन् ।

नेपालीले जेठको पहिलो सातातिर मोदीलाई स्वागत गर्ने तयारी गरिरहेको थियो ।