माओवादीले ऐतिहासिक धोका दिएकै हो थारू जातिलाई

धनगढी, २१ माघ । नेकपा माओवादी (केन्द्र)को एउटा सिफारिसले प्रदेश नम्बर ७ मा एकाएक राजनीतिक माहोल तातेको छ । सामाजिक सञ्जालका भित्ताहरु विरोध र समर्थनका रंगले पोतिएका छन् ।

प्रसंग हो, सात नम्बर प्रदेशको मुख्यमन्त्री सिफारिसको । मुख्यमन्त्री माओवादीको भागमा परेपछि माओवादी केन्द्रले शुक्रबार डोटीबाट निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेयता यहाँको राजनीतिक बहसमा नयाँ ‘क्लाइमेक्स’ थपिएको छ ।

उसो त, कसलाई कुन पोजिसनमा पोष्टिङ गर्ने माओवादीको आन्तरिक विषय हो । यद्यपी राजनीतिक दलको आन्तरिक लोकतन्त्रबारे सार्वजनिक बहस हुनु स्वभाविक छ ।

आधिकारिक घोषणा नभएपनि एकथरीले तराई (धनगढी)मा अस्थायी मुकाम बनाइएपछि त्यसको सन्तुलनको लागि पहाडबाट मुख्यमन्त्री बनाउन लागिएको आँकलन गरिरहेका छन्, भने अर्कोथरीले के माओवादीले थारु समुदायलाई ऐतिहासिक धोखा दिएकै हो ? भन्ने सवाल तेर्साएका छन् ।

मुख्यमन्त्रीका सार्वधिक चर्चामा रहेका कैलाली निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद वीरमान चौधरीको सम्भावना एकाएक टरेपछि थारु समुदायले विरोध जनाउनु स्वाभाविक हो । तर बहुसंख्याक गैरथारु इतरकाले विरोध जनाउनुलाई अर्थपूर्ण तरिकाले लिन थालिएको छ ।

उनीहरुले माओवादीको कदमलाई अस्वाभाविक र अकल्पनीय रुपमा लिई नश्लीयवादी चरित्रको रुपमा अथ्र्याइरहेका छन् । यहाँसम्मकी दुई परस्पर विरोधी आन्दोलन अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान आन्दोलनको गन्धको प्रभावको रुपमा हालको माओवादीको निर्णयप्रति टिकाटिप्पणी गरिरहेका छन् ।

नागरिक दैनिकमा कार्यरत पत्रकार योगेश रावलले प्रदेश नं. ७ को मुख्यमन्त्री थारु समुदायबाट हुनुपर्ने विचार व्यक्त गरेका छन् । उनले आफ्नो फेसबुक वालमा लेख्दै अगाडी भन्छन्–‘यदि यसो हुन सक्यो भने थरुहट र अखण्ड सुदूरपश्चिम भन्दै आएका दुवै पक्षलाई न्याय हुनेछ । साविक सुदूरपश्चिम एउटै प्रदेश बनेपछि अखण्ड पक्षधरलाई समेटेको छ । अब त्यो प्रदेशको मुख्यमन्त्री थारु समुदायबाट हुनसक्यो भने थरुहट पक्षधर पनि समेटिने छन । यसले सुन्दर सुदूरपश्चिमको सुन्दरतामा थप सुन्दरता थप्नेछ ।’

१० वर्षे सशस्त्र जनयुद्धताका माओवादीलाई तराईमधेश क्षेत्रमा सवैभन्दा वढी सहयोग थारु र मधेसी समुदायबाट भएको कुरा घामझै छर्लङ्ग छ ।
त्यस्तै, धनगढीस्थित फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतले नेकपा माओवादीका प्रदेश इन्चार्ज लेखराज भट्ट माथि खनिएका द्धन् । उनी अगाडी लेख्छन्–‘यदि लेखराज भटजी ले गलत गरे भने भोलिका दिनमा उनलाई थारु विरोधि भन्ने आरोपले प्रमाणिकता पाउने छ । दोस्रो कुरा थारुहरुलाई जवरजस्ति गरेर मधेशीहरु संग जान बाध्य पारेको मानिने छ । तेस्रो हाम्रो यस क्षेत्रमा बिग्रेको सम्बन्ध झन विग्रने अवस्था बन्छ । जो सुस्मा दिदी र मोदी काकाहरु चाहान्छन ।’

१० वर्षे सशस्त्र जनयुद्धताका माओवादीलाई तराईमधेश क्षेत्रमा सवैभन्दा वढी सहयोग थारु र मधेसी समुदायबाट भएको कुरा घामझै छर्लङ्ग छ । थारु र मधेसीले ठूलो बलिदानी दिएकै कारणले पनि उतिबेला थारुलाई देख्ने बित्तिकै प्रहरी प्रशासनले माओवादी या आतंकारीको नजरियाबाट हेरिएको बताइन्छ ।

कालान्तरमा तराई–मधेश क्षेत्रमा थरुहट र अखण्ड आन्दोलन उत्कर्षमा पुग्यो । राज्यले मौजुदा ९ जिल्लाको एक प्रदेशलाई संस्थागत गर्ने प्रक्रियामा अगाडी बढ्यो । जसबाट अखण्ड आन्दोलनका माग पूरा भएको पुष्ट्याई गर्छ ।
अर्कोतिर २०७२ भदौ ७ र ८ गते टीकापुरमा आठ प्रहरी एक बच्चाको ज्यान गयो । सयौं थारुहरुको घरमा कर्फुयु जारी भएकै अवस्थामा आगजनी भयो । २५ जना नेता कार्यकर्ता पुर्पक्षको लागि जेलमा जाँकिए । जसबाट थारु

समुदाय अझैपनि राज्यबाट दमित, शोषित, अपहेलित महसुस गर्दै आएको थारु अगुवाहरु बताउँछन् ।

थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरीले लोकान्तरसँग भने ‘थरुहट आन्दोलन पहिचान रुपी अधिकारमुखी आन्दोलन थियो । त्यसको सुत्रधार नेकपा माओवादी नै हो । तर माओवादीलाई आजभोलि थरुहट शब्दबाट घृणा उत्पन्न भएको छ । यो अवस्थामा सदियौंदेखि उत्पीडित समुदायले चित्त बुझाउने माध्यम के रु माओवादी पार्टीलाई विश्वास गर्ने आधार के रु’

मंसिरमा सम्पन्न आमनिर्वाचनमा बामगठबन्धनले थारु समुदायबाट प्रदेश प्रमुख या मुख्यमन्त्री दिने भनेर खुब ढोल पिटेको थियो । गठबन्धनले कैलालीको मसुरियामा माओवादीका प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख अतिथ्यमा

पत्रकार सम्मेलन नै गरेर ३७ बुँदे थारु भाषामा लिखित प्रतिवद्धतापत्र जारी गरेको थियो ।

गठबन्धनले तीन नम्बर बुँदामा प्रदेश प्रमुख र मुख्य मन्त्रीमध्ये एक थारु समुदायबाट राखिने प्रतिवद्धता जारी गरेर भोटको राजनीति ग(र्यो ।
प्रतिवद्धतापत्रको पहिलो बुँदामा प्रदेशको नामाकरण जातिगत हिसाबमा थारु शब्दबाट राखिने उल्लेख ग¥र्यो । दुई नम्बर बुँदामा प्रदेश राजधानी अत्तरिया–धनगढी निर्धारण गर्ने उल्लेख गरेको गठबन्धनले तीन नम्बर बुँदामा प्रदेश प्रमुख र मुख्य मन्त्रीमध्ये एक थारु समुदायबाट राखिने प्रतिवद्धता जारी गरेर भोटको राजनीति ग¥र्यो ।

थारु समुदायले आफुले गरेको आन्दोलनबाट राज्यले सुनुवाई नगरेपछि त्यहि प्रतिवद्धता पूरा हुने मनसुवा बनाएर निर्वाचनमा स्वस्फुर्त सहभागी जनाएको बताइन्छ । प्रदेशको लागि ठूलो आन्दोलन गरेको समुदायले त्यहि

प्रतिवद्धतापत्रलाई चित्त बुझाउने माध्यम बनायो । तर त्यहि प्रतिवद्धता भोट माग्ने अस्त्रमै सीमित भएपछि यो समुदायले आफुहरु माथि ऐतिहासिक धोखा भएको ठहर गरिरहेको छ ।

हुन पनि हो, तराईको २२ जिल्लामा बसोबास रहेको यो समुदायको प्रायः अधिकारमुखी आन्दोलन र अभियान कैलालीबाटै सुरु भएको छ । जनसंख्याको हिसाबले पनि थारुका प्रायः अभियान कैलालीबाट सुरु हुनु स्वाभाविक मानिन्छ ।

२०६८ को जनगणना अनुसार नेपालमा १७ लाख ३७ हजार ४७० जना अर्थात कुल जनसंख्याको ६ दशमलव ६ प्रतिशत हो । २५ लाख, ५२ हजार ९४ जनसंख्या रहेको प्रदेश नं. ७ मा थारु जातिको जनसंख्या ४ लाख ३९ हजार २६७ जना अर्थात १७.२० प्रतिशत हो । भने कैलालीको ७ लाख ७५ हजार ७०९ जनंसंख्याको ३ लाख २२ हजार १२० अर्थात ४१.५२ प्रतिशत मात्रै हो । यो क्रममा पनि पहाडबाट हुने तीब्र बसाईसराईको कारण घट्दो अवस्थामा रहेको तथ्यांकले देखाउँछ ।

यसरी प्रदेश नं. ७ मा अल्पमत परेको यो समुदाय अरु प्रदेशको तुलनामा जनसंख्याको हिसाबले प्रदेश नं. ७ मात्रै आफ्नो बलियो राजनीतिक स्थान कायम राख्न सक्छ । तर आफ्नो राजनीतिक पहुँच स्थापित गर्न नसक्दा यो समुदाय राजनीतिक दलहरुबाट धोका पाएको महसुस गर्दै आएको छ