खल्तीमा अमेरिकाको भिषा बोकेर नेपाल छोडेका सिलवाल र ओलीबीच भेट !
काठमाडौं । प्रहरीको फरार सूचीमा रहेका पूर्वडिआईजी नवराज सिलवालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
प्रहरीले पक्राउ पुर्जी काट्ने तयारी गरेसँगै सिलवालले नेपाल छोडेका थिए । आफू मलेसियामा आयोजित कार्यक्रममा सहभागी हुन आएको तर फरार नभएको दाबी गरेको सिलवाल अहिलेसम्म नेपाल फर्केका छैनन् । यसअघि उनी अमेरिका पुगेको बताइएको थियो । उनीसँग अमेरिकाको मल्टिपल भिषा छ ।
उपचारको क्रममा बैंककमा रहेका ओलीसँग सिलवालले भेटेको स्रोतहरुको दाबी छ । भेटमा नेपाल फर्किने वा नफर्किने भन्नेमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार नयाँ सरका गठन नबन्दासम्म सिलवाल नफर्किने भएका छन् ।
सरकारी किर्ते मुद्दामा प्रहरीले सिलवाललाई खोजि गरिरहेको छ । नेपाल फर्किने वितिक्कै प्रहरीले पक्राउ गर्ने र आरोप पुष्टि भएर सांसद पद नै गुम्न सक्ने डरले सिलवाल भागिरहेका छन् ।













