नेपालको नयाँ सरकारसँग काम गर्न भारत आतुर
काठमाडौं, २८ मंसिर । भारतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको स्वागत गरेको छ । साथै उसले नयाँ सरकारसँग काम गर्न आतुर रहेको प्रतिक्रिया दिएको छ ।
बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रवीशकुमारले पहिलो प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि सरकार र जनतालाई भारतले बधाई दिएको बताए ।
साथै उनले लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर रहेको समेत बताएका छन् ।
भारतले नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्बृद्धि होस् भन्ने चाहेको उनले बताए ।













