गोरखाको ताजा परिणामः बाबुरामले मतान्तर निकै बढाए, माकेका प्रतिनिधि नै चकित

२२ मंसिर, गोरखा । जारी मत गणनाको ताजा परिणामअनुसार नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले मतान्‍तर निकै बढाएका छन् ।

सुरुवातीमा अग्रता लिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भोट निकै घटेको छ । डा.भट्टराईले १२ हजार २०० भोट ल्याउँदा श्रेष्ठले १ हजार १० मा समित भएका छन् ।

जारी मत गणनामा श्रेष्ठलाई भन्दा भट्टराईलाई निकै बढी भोट अाइरहेको बताइएको छ ।

मत गणनास्‍थलमा रहेको माकेका प्रतिनिधिहरु सुरुमा उत्साहित भएपनि अहिलेसम्म अाउँदा निकै निरास भएका छन् ।

त्यसैगरी सिन्धुपाल्चोकको अहिलेसम्मको मतगणनाको प्रारम्भीक नतीजा पनि अाएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा १

नेपाली काँग्रेस: ११०८३

माओवादी केन्द्र: १४०५४

कुल गनीएको: ८१५१

बदर:१९५७