प्रधानमन्त्री पत्नी अारजुलाई जेलबाटै उम्मेदवारी दिएका चौधरीले पछि पारे
२२ मंसिर, धनगढी । जिल्लामा मत गणना जारी छ । सबैले चाँसो दिएको कैलालीको क्षेत्र नम्बर ५ को केहीबेरअघि सार्वजनिक भएको नतिजाअनुसार प्रधानमन्त्री पत्नी अारजु राण तेस्रो स्थानमा समित हुन पुगेकी छन् ।
प्रारम्भिक नतिजाअनुसार नेकपा एमालेका नारदमुनी रानाले ६२४ भोट प्राप्त गरी अग्रता लिएका छन् ।
त्यसैगरी जेलभित्रैबाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीले ३६० मत ल्याउँदा अारजुले ३११ मत प्राप्त गरेकी छन् ।
यो नतिजा प्रारम्भिक भएका कारण अहिले नै कसले जित्छ भन्न नसकिएपनि राना र अारजुबीच कडा प्रतिस्पर्धा हुने र सँगैसँगै चौधरीले पनि सम्मानजनक भोट ल्याउने बताइएको छ ।













