आर्थिक विकास र समृद्धिका लागि विबेकशील साझा पाटीः प्रकाश भट्ट

कैलाली जिल्ला क्षेत्र नम्बर ५ (ख) बाट प्रदेश सभा सदस्य पद मा उम्मेदवारी दिएका होटल रुवसका म्यानेजिङ डाईरेक्टर, रोटरी क्लव को चार्टर अध्यक्ष, कैलाली उद्योग बाणिज्य संघका संल्लाहकार, पार्टीका कोडिनेटर रहनु भएका प्रकाशचन्द भट्ट ज्यू संग गरेको कुराकानीको सार अंश ….

तपाई विबेकशिल साझा पार्टीबाट क्षेत्र नं. ५ (ख) बाट उम्मेदवारी दिनुभएको छ, तपाईको चुनावी प्रचारप्रसार आज अन्तिम दिन अभियान कस्तो रहयो ?

हामी परम्परागत पार्टी भन्दा फरक किसिमको एजेण्डा लिएर आएका छौं । हामीहरु घरदैलो, कोण सभा र आम सभा टुंग्यौं । हामी करिब सबै क्षेत्रमा घरदैलो सम्पन्न ग¥यौं । दोस्रो चरण पुनः साथीहरुले सबै मतदाताहरुको घर घरमा गएर मतदाता शिक्षा लिएर घरदैलो गरिराख्नु भएको छ । हामी उम्मेदवारहरु पनि कोण सभा, घरदैलोमा जहाँ–जहाँ पुग्न सकिराखेका छौं त्यहाँ उपस्थित भएर आफ्नो अभियान चलाईरहेका छौं ।

तपाई व्यावसायीको रुपमा आफ्नो छबी बनाइ सक्नु भएको छ । राजनीतिमा कसरी होमिनु भयो ?

राजनीतिक शब्द सुन्दा कहिले कहि मलाई गाह्रो लाग्छ । शब्द कस्तो कि, लिडर भनेपछि मान्छे इज्जत गर्ने, नेता भनेपछि इज्जत नगर्ने । आखिर नेता र लिडर भन्ने शब्द नेतृत्व गर्ने व्याक्ति नै जनाउँछ । तर शब्द त उही हो । यहाँ हामी कहाँनिर चुक्यो भने हामी काम नै गरेनन् र एक चरण काम भई पो हाल्छ कि भनेर गयो । यहाँको सम्भावनाहरु के के हुन ? समाधान गरी दिने निकाय कुन हो ? समाधान गरी दिने उपाय के हो ? समाधान गरी दिने निकाय पनि पायो । हामी पटक पटक प्रधानमन्त्री पायो । जल श्रोतका सम्भावना पर्यटनको सम्भावना कृषिको सम्भावनाहरु देखायो । तर समस्या जहाँको त्यही रहयो । चुनाव जित्नको लागि सबैको घोषण पत्रहरुमा सबै कुरा आए तर जितेर गएपछि नेता जनताको प्रतिनीधि हो कि शासक हो भन्ने कुरा देखियो तर हाम्रो हेराई नेता जनप्रतिनीधि हो । साशक होईन । हामी जनतासंगै गएर हरेक तीन महिनामा अन्तरक्रिया गरि जनताले चाहेको विकास निर्माणको कुरा सदनमा राख्छौं । र जनतालाई आर्थिकरुपले कसरी सम्वृद्धितिर लग्ने प्रयत्न गर्छौ । अर्को कुरा हामीले कुनैपनि समान फ्याक्त्रीबाट उत्पादन गर्नु परयो भने क्वालिटीयुक्त समान खोज्छौं । बच्चाहरुलाई शिक्षा दिदा गुणस्तरीय शिक्षा दिन खोज्छौ र क्वालिफाईट जनशक्ति खोज्छौं । यो देशकोलागि सक्षम जनशक्ति उत्पादन गर्न म्यानेजमेन्डको पाटो बलियो हुनुपर्ने देखेर यो क्षेत्रमा आएका हौं ।

के राजनीतिक क्षेत्रमा लागेका नेताहरुले अहिले सम्म जनताको लागि केही पनि गर्नु भएन भनेर नै लाग्नु भएको हो ?

केही पनि गर्नु भएन भन्दा पनि उहाँहरुले राजनीतिकरुपले धेरै गर्नु भयो उहाँहरुले गरेको काम प्रति सम्मान पनि गर्नुपर्छ । सत्ता सञ्चालन गर्ने काम गरेपनि जनताले खोजेको उपलब्धीे केहीपनि देखिएन । उहाँहरुले राजनीतिलाई लगानीको रुप लिनु भयो र सत्तामा गएर आफ्ले लगाएको लगानीको मुनाफा खोज्दै हिड्नु भयो । तर मेरो बुझाई राजनीति लगानी होईन सेवा हो । लगानी त व्यापार व्यवसायतिर गरिन्छ त्यहाँबाट मुनाफा खोजिनुपर्छ । सेवाबाट उपलब्धी खोजेर देश विग्रेको हो । अहिले सबैले म जितेर गएपछि यो बनाउछु, त्यो बनाउछु भन्दै भ्रमको खेति गर्दै हिडिरहेका छन् । तर म के भन्छु भने बनि सकेका चिजलाई व्यवस्थित गर्न व्यवस्थापन बलियो बनाई दिने हो । जस्तै उदाहरण सेती अञ्चल अस्पतालमा शैया थपेर मात्र हुदैन बरु जति छ त्यसलाई व्यवस्थित गर्न त्यहाँको व्यवस्थापन पक्ष बलियो बनाउने तिर लागौ । सबैले सहजरुपले राम्रो सेवा दिने नमुना अस्पताल बनाउने हो ।

विगतका नेताहरुले त विकास गर्न सकेनन् तर तपाई जितेर गएपछि एका एक कसरी विकास हुन्छ ? जनताले कसरी पत्याउलान यो कुरा प्रष्टयाई दिनु न ।

अहिले परम्परागत राजनीतिक सोच कार्यकर्ता बनाउनु पर्छ र जसरी हुन्छ चुनाव जित्नु पर्छ । चुनाव जित्ने बाहेक विकल्प भएन । विकास निर्माणको पातोमा शुरुवाट नै भएन । पञ्चयत कालमा निमार्ण भएका ३८ वटा उद्योग धन्दा बन्द भए । तर सबै पार्टी एकले अर्कालाई दोषारोपण गर्दै दिन वितिरहेको छ । बन्द भएको उद्योग सञ्चालन गर्न तिर होईन की भ्रम फैलाएर चुनाव जित्न तिर लागे । तर हामीले जनताको आवश्यकता के छ उहाँहरुलाई पनि घचघच्याउने हो । पार्टीसंग कन्भेन्स गर्ने पावर छ । त्यो पावर विकास निर्माण तिर लगायो भने हाम्रो देशको विकास राम्रोसंग हुन्छ । र राज्यले जनतााई औद्योगिक क्षेत्र, अन्तराष्ट्रिय नाका, पर्यटनका क्षेत्र दिएर उनीहरुलाई कन्भेन्स गरी विकास निर्माणमा जुटाई देश समृद्धितिर लाग्ने हाम्रो चाहना हो ।

तपाई व्यवसायिक भएर पनि लामो समय सम्म सामाजिक क्षेत्रमा काम गर्नु भयो र हाल उम्मेदवार पनि हो । तपाई जितेर गइसकेपछि के के विकास गर्नु हुन्छ तपाईको प्रथमिकतामा के के पर्छ बुँदागत रुपले भनिदिनु न ?

हामी जितेर गएपछि प्रतिपक्षमा हुन्छौं । भ्रष्टचारलाई सुन्यमा झार्न सरकारको ध्यानाकर्षण गराउछौं । अन्तराष्ट्रिय नाका औद्योगिक क्षेत्र, सडकको विकास गरि जनतालाई आर्थिकरुपले सम्पन्न बनाउने, सुदुरपश्चिममा भएका पर्यटकीय क्षेत्रको विकास गरि बाह्रय पर्यटक भित्रयाउन जनतालाई जागरुक बनाउने काम गछौं ।

हामी सबैले सुदुरपश्चिम पछाडी परयो भन्ने गर्छौं राज्यले किन यो क्षेत्रलाई पछाडी पारेको होला ? कस्तो लाग्छ तपाईलाई ।

यो क्षेत्रको विकासको लागि लिडर, दल अर्थात नेताहरुको इच्छा शक्ति नै भएन । दोस्रो कुरा जसले चुनाव जिटाई दिन्छ उसैको पक्षमा सँधैभरि रोमिलिराख्नु । विकास निर्माण गर्न सहि सल्लाह दिने जनशक्ति सामु उहाँहरु पुग्नु भएन । त्यसैले विकास भएन ।

तपाईलाई अहिलेको राजनीतिक संस्कार कस्तो लाग्छ ? के तपाई आफ्नो जीवन राजनीतिक यात्रामै विताउनु हुन्छ त ? कि राजनीतिक संस्कार भिन्न बनाउनु हुन्छ ?

वास्तबमा अहिलेको राजनीति फरक भईसकेको छ । उहाँहरु गठबन्धनमा गएर एउटा बास्केटमा हुनुहुन्छ र हामी एउटा बास्केटमा छौं । अब राजनीतिलाई नयाँ रुपले हेर्नु परयो । जनताको प्रतिनीधिको रुपमा र जनतालाई विकासको सम्वृद्धिको पातोमा जोडिनु परयो । अर्को कुरा प्रविधिको जसरी विकास हुन्छ त्यसरी नै नेताहरुले नयाँ पुस्तालाई आउन दिनु परयो । त्यसै ब्यूरोक्रेसीलाई एकदमै तगडा बनाउनु परयो । जनता जनमुखि हुनु परयो विकास गर्न सम्भव छ । हामी राजनीतिक अभ्यस्त भन्दा पनि सम्भावनाको खोजी गरेर अगाडी बढ्नु पर्छ भन्ने जस्तो लाग्छ ।

तपाईहरुलाई अहिले अवसरकोलागि विबेकशील साझा पार्टीमा आएको आरोप छ नि ? त्यो आरोप कसरी चिर्नुृ हुन्छ ?

हामी नक्कली आडम्बरको पछाडी लाग्दैनौ । किनकी हाम्रो लाईफ स्टाल हेर्ने हो भने जो एकदमै ठूलो नेता हो उहाँहरुको भन्दा राम्रो छ । हामी घरपरिवारलाई समय दिएका छौं । साथी भाईहरुको अगाडी सम्मानका साथ उभिएका छौं । हामी पुलिस, प्रसाशासन, न्ययालय कर्मचारी कहि कतै हस्ताक्षेप गर्दैनौं । हामी नक्कली आडम्बरमा जान्नौ । र जहिले यूवा पुस्तालाई मौका दिन्छौं । हिड्ने बाटो सिकाएर हिड्न लगाउने हो । उनीहरुको जस्तो ७०÷८० वर्षको उमेरमा पनि आफू यूवा नै हुँ भनेर नेतृत्व हस्तारण गर्न नमान्ने हाम्रो प्रवृति होईन । हामी त्यो उमेरमा रिताईर भएर नयाँ पुस्तालाई ह्यानडओभर गर्छौ र आफ्नो अनुभव स्नाउदै सामाजिक काममा निरन्तर लाग्छौ ।

जित्नेमा कतिको विश्वास्त हुनु हुन्छ ?

म एकदमै ढुक्छु । सुदुरपश्चिमका जनताहरु विकास र समृद्धिप्रति प्रमाणित भईसकेका छन् । उहाँहरु विकासको पक्षमा छन् । हामी गेटा अन्तर्राष्ट्रिय विमान स्थल बनाउन १ रुपैया चन्दा दानबाट बनायो त्यो हाम्रो पहल जनताको चाहनाबाट पुरा भएको हो । अर्को स्थानीय तहमा गोपी दाई मकैके बोट चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार भएर ११ हजार ५ सय ३७ सडर मत र ३७ सय बडर मत ल्याएर प्राजित हुनु भनेको जनता विकासको पक्षमा छन् । जनता समृद्धि चाहिरहेका छन् भन्ने कुरा प्रमाणित भईसकेका छन् । जनता अब कसैको रैती होईन । विकस खोरिहेका छन् । त्यसैले म आफूले जित्नमा ढुक्क छु ।

अन्तमा यस क्षेत्रका मतदाताहरुलाई के भन्न चाहनु हुन्छ ?

शुन्य भष्टचार, विकासका सम्वृद्धिका लागि विबेकशील साझा पार्टीको अह्वानमा तराजु चिन्हमा भोट हाली हामी सबैलाई बहुमतरुपले विजय गराउन सबैसंग अनुरोध गर्दछु ।