जोखिम मोलेर चुनावमा उठेको छु, हारे समुदाय हार्छ जिते समुदायकै जित

राजनीतिलाई व्यवसायको रुपमा लिन थालियो भन्छन् उनी । राजनीतिको यस्तो विग्रिएको छवि अब यूवाहरुले सुधार्नु पर्छ । त्यसका लागि यूवाहरुले आफै राजनीतिमा सक्रियता देखाउनु पर्छ । यी भनाई हुन् आफै पनि यूवा रहेका कृष्ण कुमार चौधरीका ।

वि.स. २०३५ भदौ १० गते आमा प्यारीदेवी चौधरीको कोखबाट जन्मेका हुन् कृष्ण कुमार । उनको बाबुको नाम छोटुराम चौधरी हो । एक किसान परिवारमा जन्मेका कृष्ण कुमारको बाल्यकाल कैलालीको गदरीया गाउमा बित्यो । विद्यार्थी जीवनदेखिनै राजनीतिमा प्रवेश गरेका उनी नेकपा एमालेको विद्यार्थी संगठनमा संगठित रहेका थिए । औपचारिक शिक्षा हासिल गरे पश्चात सि.बि.आर. प्रोजेक्टमा उनले जागिर पनि गरे । उक्त प्रोजेक्ट नेत्रविहिनहरुका लागि काम गर्ने गथ्र्यो । त्यही बेला उनले ब्रेल लिपि पढ्न सिके । ब्रेल लिपि राम्ररी पढ्न सक्छन् कृष्ण कुमारले ।

तत्कालिन नेकपा माओवदीले सञ्चालन गरेको जनयुद्धमा उनी पनि होमिन गए । त्यसबेलाका शोषक सामन्तका विरुद्ध लड्न पाउदा गर्व महसुस हुन्थ्यो भन्छन् उनी । उत्पीडित जाती वर्गका लागिनै जन्मिए जस्तो । जनयुद्धका संगैका साथीहरुको शहादत हुदा साह्रै पीडा हुने गरेको बताउछन् उनी । त्यसबेला बांच्ने मर्ने ठूलो कुरा थिएन, जनवादी क्रान्ति सफल पार्ने र उत्पीडितहरुलाई अधिकार दिलाउने कुराले बढी महत्व राख्थ्यो उनी सम्झिन्छन् ।

शसस्त्र युद्धमा होमिएको पार्टी नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो संविधान सभाको चुनावमा कैलाली क्षेत्र नं ४ बाट उनी प्रत्यक्ष उम्मेदबार बने । २७५९४ भोट ल्याएर उनी विजयी पनि भए । संविधान सभा सदस्य भएर नेपालको संविधान लेखनमा सहभागी हुनु त छदै थियो, त्यसका अलाबा उनले आफ्नो क्षेत्रको विकासका लागि काम गरे । आफ्नो क्षेत्रमा एम्बुलेन्स ल्याए । शहिदहरुको सम्झनामा शहिद स्मृति विद्यालयको स्थापना गरे ।

चुनावमा जोखिम लिएर उठेको छु । म समुदायको नेता हो । म हारे समुदाय हार्छ र जिते समुदायकै जित हुन्छ ।

डा. बाबुराम भट्टराइले माओवादीबाट राजीनामा दिएर आफ्नै पार्टी खोल्ने उद्घोष गरेपछि कृष्ण कुमारले पनि माओवादी छाडे । अहिले उनी नयाँ शक्ति पार्टी नेपालको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य, केन्द्रिय सचिवालय सदस्य त्यसैगरी प्रदेश नं ७ को प्रदेश संयोजकको जिम्मेवरी निभाइरहेका छन् । थरुहट थारुवान आन्दोलनमा कैलालीबाट उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । टीकापुर घटना पश्चात थरुहट थारुवान संयुक्त संघर्ष समितिका संयोजक लाहुराम चौधरी पक्राउ परेपछि समितिको कार्य बाहक संयोजकको जिम्मेवारी पनि कृष्ण कुमारलाई थपियो ।

आफ्नो र आफ्नो घरपरिवारको स्वार्थ भन्दा आफ्नो समुदायको स्वार्थका लागि जनयुद्धकाल देखिनै समय खर्चिने नेता हुन् कृष्ण कुमार । शसस्त्र युद्धका बेला ज्यानै दिएर जनताका अधिकारका लागि भूमिगत जीवन बिताएका कृष्ण कुमार, थरुहट आन्दोलनका बेला पनि आफ्नो सम्पूर्ण समय खर्चेर होल टाइमर आन्दोलनकारी रहेका थिए । मंसिर २१ ग्ते हुन गइरहेको चुनावमा प्रदेश सभामा कैलालीको क्षेत्र नं ३ ख बाट उम्मेदवारी दिएका कृष्ण कुमार भन्छन् यो चुनावमा जोखिम लिएर उठेको छु । म समुदायको नेता हो । म हारे समुदाय हार्छ र जिते समुदायकै जित हुन्छ । उनले उम्मेदवारी दिएको क्षेत्र थारु बाहुल क्षेत्र हो । तर बाम गठबन्धनबाट अमर साउद र नेपाली कांग्रेसबाट लक्ष्मण शाही उनका प्रतिद्धन्द्धी रहेका छन् । ठूला भनिएका यि पार्टीहरुले थारु बाहुल क्षेत्रमा थारुलाई उम्मेदवार बनाउन सकेनन् । नयाँ शक्ति पार्टीको तर्फबाट भने कृष्ण कुमारले आँखा चुनाव चिन्हबाट उम्मेदवारी दिएका छन् ।

चुनावको माहोल रहरलाग्दो छ कृष्ण कुमार भन्छन् । थारु बाहुल क्षेत्र रहेकोले त्यहाँका जनताले उनलाईनै भोट दिएर सहयोग गर्ने भन्छन् । भेटघाट, छलफल, फोनमा उनी अत्यधिक व्यस्त हुने गरेका आजकल । चुनावमा लोभ लालच, डरधाक धम्कीको गलत संस्कृतिनै रहेका बेला उनी भने आफ्ना अजेण्डाहरु प्रष्ट रुपमा लिएर भोट माग्दै गरेको बताउछन् । उनले विकास र समृद्धिलाईनै प्रमुख अजेण्डा बनाएका छन् । त्यस्तै उत्पीडित जाती, वर्ग, क्षेत्रको वकालत सधै गर्दै आएका कृष्ण कुमारले त्यसलाई पनि आफ्नो अजेण्डा बनाएका छन् ।

कृषी,पर्यटन,भैतिक पूर्वाधार निर्माण, गरीबि, बेरोजगारी हटाउन सृजनशील कार्यक्रम पनि उनका अजेण्डा भित्र पर्छन ।
नातावाद, कृपावाद, व्यापारीकरणमा अल्झिएको नेपालको राजनीति उदेकलाग्दो भएता पनि यूवाहरुले त्यसलाई परिवर्तन गर्ने गर्नपर्छ । देशको मूल नीतिनै राजनीति भएकोले राजनीति सुधार नगरेसम्म देश बन्दैन भन्ने उनको धारणा रहेको छ ।