प्रदेशमा विकासको लहर छाउने
कैलाली, २७ कात्तिक । देश नयाँ सरचनामा गईसकेपछि पहिलो पटक प्रदेश सभाको निर्वाचन हुदैछ । प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर २१ गते एकै दिन निर्वाचन हुने भएपछि यस पटक कैलालीको क्षेत्र नम्बर ५ का उम्मेदवारहरु चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा ब्यस्थ रहेका छन् । पहिलो पटक हुन थालेको प्रदेश सभा निर्वाचनका लागि सवै नयाँ अनुभवी उम्मेदवार रहेका छन् । विकासका दृष्ट्रिकोणले अन्य क्षेत्र भन्दा निकै पछि रहेको यस प्रदेशमा आफुले जिते प्रदेश नम्बर ७ मा विकासको लहर आउने दावी गरेका छन् .
प्रदेश सभाका लागि कैलालीको क्षेत्र नम्बर ५ बाट नेपाली काँगं्रेसले क. बाट जिवन राना र ख. बाट डिल्लीराज पन्तलाई उम्मेदारी बनाएको छ । त्यस्तै वाम गठबन्धनबाट क एमालेका नेपालु चौधरी तथा ख मा माओवादी केन्द्रका रमेश धामीलाई अगाडी सारेको छ ।
उहाँहरु चनावी प्रचारमा ब्यस्त बनेका छन् । राजनितीमा पहिलो अनुभब बटुलिरहेको विवेक सिल साझा पाटीले समेत क मा नारायण चौधरी र ख मा प्रकास चन्द भट्ट मैदानमा होमिएका छन् । सबै चुनावी प्रचार प्रसारको गति तिब्र पारेका ।
क्षेत्र नम्बर ५ को ख मा नेपाली काँग्रेसका डिल्लीराज पन्त र बाम गठबन्धनबाट एमालेकका नेपनलु चौधरीले आ आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । . उनिहरुले यस क्षेत्रबाट आफूले जितरेर गए विकासको लहर छाउने बताउछन् ।
क्षेत्र नम्बर ५ को ख बाट माओवादी केन्द्रका रमेश धामी र विवेकसिल साझापाटी बाट प्रकाश चन्द्र भट्टपनि चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । उनिहरुपनि दुवै जनाले अन्य उम्मेदवार भन्दा बढी नै प्रचार प्रसार गरिरहेका होमिएको बताउछन् ।
माओवादीका रमेश धामीले आफु लामो समय देखि जनताको सेवामा रहेका कारण जनताले बोट दिनेमा ढुक्क रहेको बताउछन् ।
त्यस्तै विवेक सिल साझपाटीका प्रकास चन्द भट्ट यूवाहरुको भरपुर्ण साथ र वैकल्पिक शक्तिको आडमा चुनाव जित्नेमा विस्वस्त रहेको बताउछन् ।
प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा जुन पाटीले जितेपनि म्ल्कको राजनीतिले स्पष्ट दिशाबोध प्राप्त गर्न अनुमान गरिएको छ । निर्वाचनपछि प्राप्त हुने जनादेशले नेपालमा दिगो र स्थायी शक्तिको रुपमा काम गरी नेपाल विकाको गतिमा अगाडी बढ्ने आम जनविश्वास बढेको छ ।













