निर्वाचनका कारण फारवेष्ट पशुपति कप सारियो

धनगढी, २६ कात्तिक । निर्वाचनका कारण फारवेष्ट पशुपति कपको तेस्रो संस्करणको मिति सारिएको छ । मंसिर २ गते निर्धारित प्रतियोगितालाई मंसिर २८ गते सारिएको आयोजकले जनाएको छ ।
खेलको सम्पुर्ण तयारी भएपनि निर्वाचानमा आवश्यक सुरक्षाकर्मी खटाउनले भएकोले खेललाई असर नपरोस भनि मिति सारेको अयोजनकले बताए ।
फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम बहादुर रावतले प्रतियोगितामा ए डिभिजनका एक भारतीय टिम र नेपालका १३ टिम सहभागी हुने बताए । विजेतालाई ३ लाख र उप विजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार र उत्कृष्ट डिफेन्स, गोल रक्षक, फरवार्ड लाई १०÷१० हजार रुपैयाँ पुरुस्कार दिने उनले वताए ।